क्षेप्यास्त्र प्रहारपछि अमेरिकी सैन्य आधार शिविर क्षति भएको छैन : ट्रम्प

Abhiyanpost Abhiyanpost
|
बिहिबार, पौष २४, २०७६
|
|
४७ पटक हेरिएको
Shares
क्षेप्यास्त्र प्रहारपछि अमेरिकी सैन्य आधार शिविर क्षति भएको छैन : ट्रम्प

सारांश

  • बीबीसी।
  • अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इराकस्थित अमेरिकी सैन्य आधार शिविरहरूमा क्षेप्यास्त्र प्रहार गरेपछि इरान तल परेको जस्तो देखिएको बताएका छन्।
  • ह्वाइट हाउसबाट टेलिभिजनमार्फत् सम्बोधन गर्दै ट्रम्पले इरानी आक्रमणमा अमेरिकी वा इराकी नागरिकहरूको मृत्यु नभएको र अमेरिकी सैन्य आधार शिविरहरूमा पनि खासै क्षति नभएको बताएका हुन्।

बीबीसी। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इराकस्थित अमेरिकी सैन्य आधार शिविरहरूमा क्षेप्यास्त्र प्रहार गरेपछि इरान तल परेको जस्तो देखिएको बताएका छन्।

ह्वाइट हाउसबाट टेलिभिजनमार्फत् सम्बोधन गर्दै ट्रम्पले इरानी आक्रमणमा अमेरिकी वा इराकी नागरिकहरूको मृत्यु नभएको र अमेरिकी सैन्य आधार शिविरहरूमा पनि खासै क्षति नभएको बताएका हुन्।

आफ्ना एकजना सैन्य जेनरलको हत्याको बदला लिन भन्दै इरानले बुधवार इराकस्थित अमेरिकी सैन्य आधार शिविरहरूमा क्षेप्यास्त्र प्रहार गरेको थियो।

इरानले इराकस्थित एर्बिल र अल असदमा रहेका त्यस्ता शिविरहरूमा क्षेप्यास्त्र प्रहार गरको बताइएको छ।

उक्त हमलालाई इरानका सर्वोच्च नेता आयातोल्लाह खामेनेईले अमेरिकाकी मुखमा हानिएको थप्पड भनेका थिए।

ट्रम्पले चाहिँ उक्त हमलाले इरान तल परेको र त्यो सबै सम्बन्धितहरूका लागि राम्रो भएको बताए।

यसैबीच अमेरिकी उपराष्ट्रपति माइक पेन्सले इरानी सैन्य जेनरल कासिम सुलेमानी मारिएपछि अब अमेरिकी नागरिकहरू सुरक्षित भएको बताएका छन्।

सीबीएस न्यूजसँगको एउटा अन्तर्वार्तामा उनले इरानले उसको मिलिसियालाई अमेरिकी लक्ष्य र उसका नागरिकमाथि हमला नगर्न भनेको गुप्तचरी सूचना अमेरिकाले पाएको थियो भनेका छन्।

त्यसको केही समयअघि अमेरिकी सेनाका प्रमुखले अहिले नै इरानले अमेरिकी स्वार्थमाथि थप हमला गर्छ कि गर्दैन भनेर बताउनु निकै हतार हुने बताएका थिए।

अमेरिकी सेनाका संयुक्त प्रमुख जेनरल मार्क मिलीले भनेका छन्( बुधवार इरानले गरेको बलिस्टिक क्षेप्यास्त्र हमलाको उद्देश्य अमेरिकी नागरिकहरूलाई मार्नु, सैन्य उपकरणहरूमा क्षति पुर्‍याउनु र इराकस्थित अमेरिकी सैन्य आधार शिविरहरूमा नोक्सान गर्नु रहेको थियो।

तर अझै पनि व्यावसायिक गुप्तचरहरूले इरानको पूर्ण उद्देश्यबारे विश्लेषण गरिरहेको मिलीले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नीजि क्षेत्रले प्रधानमन्त्रीलाई भने ‘दोहोरो करले आतंकित बनायो, तत्काल हटाइयोस्’
नीजि क्षेत्रले प्रधानमन्त्रीलाई भने ‘दोहोरो करले आतंकित बनायो, तत्काल हटाइयोस्’
प्रधानमन्त्रीसँग प्रश्नोत्तर- १० सांसदको प्रश्नमा प्रधानमन्त्रीको जवाफ (पूर्णपाठ)
प्रधानमन्त्रीसँग प्रश्नोत्तर- १० सांसदको प्रश्नमा प्रधानमन्त्रीको जवाफ (पूर्णपाठ)
चलचित्र ‘मेरी मामु’को शीर्ष गीतमा ६ बर्षिय आयुव सेनकाे तारिफ याेग्य अभिनय
चलचित्र ‘मेरी मामु’को शीर्ष गीतमा ६ बर्षिय आयुव सेनकाे तारिफ याेग्य अभिनय
मृत घोषित महिलाले पाँच घण्टापछि कफिन’ ढकढक्याएपछि…..
मृत घोषित महिलाले पाँच घण्टापछि कफिन’ ढकढक्याएपछि…..
शेयर, घरजग्गा र सवारी कर्जाको जोखिम भार संशोधन
शेयर, घरजग्गा र सवारी कर्जाको जोखिम भार संशोधन
प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगे देउवा
प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगे देउवा
पुँजीगत खर्च वृद्धि नभएकामा सर्वत्र चिन्ता र चासो
पोखरा बिमानस्थल ‘रवीन्द्र’को नाममा राख्न व्यवसायीको माग
पोखरा बिमानस्थल ‘रवीन्द्र’को नाममा राख्न व्यवसायीको माग
मिटरमा सञ्चालन नहुने ट्याक्सीको जरिवाना बढ्यो
मिटरमा सञ्चालन नहुने ट्याक्सीको जरिवाना बढ्यो
डमरुसहित बाघ देखिएपछि क्षति रोक्न सक्रियता
डमरुसहित बाघ देखिएपछि क्षति रोक्न सक्रियता

तपाईंले छुटाउनुभयो कि?