‘खजुरे ब्रो’को ट्रेलर सहकारीको ठगी विषयलाई प्राथमिकता

Abhiyanpost Abhiyanpost
|
सोमबार, बैशाख १७, २०८१
|
|
३६ पटक हेरिएको
Shares
‘खजुरे ब्रो’को ट्रेलर सहकारीको ठगी विषयलाई प्राथमिकता

सारांश

  • काठमाडौं।
  • वैशाख २८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘खजुरे ब्रो’को ट्रेलर सार्वजनिक गरिएको छ।
  • राजधानी काठमाडौंमा एक कार्यक्रम गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।

काठमाडौं। वैशाख २८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘खजुरे ब्रो’को ट्रेलर सार्वजनिक गरिएको छ। राजधानी काठमाडौंमा एक कार्यक्रम गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। गीत र टिजर सार्वजनिक गरेसँगै चर्चामा रहेको फिल्मका निर्माण टिमले प्रचारलाई तिव्र बनाउदै फिल्मको ट्रेलर सार्वजनिक गरेका हुन्। सार्वजनिक ट्रेलरमा फिल्मका मुख्य पात्रहरुलाई केन्द्रमा रखिएको छ।

कमेडी शैलीमा निर्माण भएको फिल्मको ट्रेलरमा कमेडीले नै प्राथमिकता पाएको छ। ट्रेलरमा सहकारीको ठगी विषय पनि समेटिएको छ। यसले फिल्ममा सहकारीको ठगीको विषय पनि रहेको अनुमान लगाउन सकिन्छ । ट्रेलरमा फिल्मका मुख्य कलाकार नीति शाह, रेअर राई, महेश त्रिपाठी, नवीन मानन्धर, विनिता थापाले नै प्राथमिकता पाएका छन्।

फिल्ममा दुई तीनवटा थिमबाट निर्माण भएको निर्देशक सुरज सुनुवारले बताए। ‘अहिले टिकटक जेनरेशनले गर्दा एक मिनेटको भिडियोमा पूर्ण कथा खोज्ने दर्शक छन्। त्यसैले एउटै थिममा २, ३ घण्टा तन्काउनुभन्दा पनि एउटै थिम भित्र साना–साना ३ वटा कथा समेत भन्ने प्रयास फिल्ममा गरेको छु’,सुनुवारले भने। फिल्ममा फेन्ससिप, रोमान्स र सामाजिक विषय समेत रहेको सुनुवारले खुलाए। ‘फिल्म पूर्ण मनोरञ्जनात्मक हिसाबले निर्माण भएको छ। दर्शकले रुचाउने अपेक्षा छ’ उनले थपे।

फिल्ममा खजुरे ब्रोको भूमिका निर्वाह गरेका अभिनेता रेअर राईले आफ्नो भूमिकाले दर्शकलाई राम्रोसँग हँसाउने बताए। फिल्ममा ‘खजुरे’ को चरित्रबाट धेरै कुरो सिक्न र जान्न मिलेको उनको धारणा थियो।

त्यस्तै अभिनेता महेश त्रिपाठीले फिल्मको कथा फरक भएकोले आफू फिल्मसँग जोडिएको बताए। फिल्मले दर्शकलाई केही नयाँ र भिन्न अनुभूति दिने उनले धारणा राखे। फिल्म कर्मसियल रूपमा पनि सफल हुने आफू विश्वस्त रहेको सुनाए।

अभिनेत्री नीतिले फिल्ममा डेब्यु अवसरका लागि निर्माण युनिटलाई धन्यवाद दिइन्। उनले फिल्मको ट्रेलरमा आफ्नो उपस्थिति धेरै नभए पनि फिल्ममा राम्रो उपस्थिति रहेको बताइन्।

दिव्य दृश्य इन्टरटेन्मेन्टले मान्द्रो प्रोडक्सन तथा मल्टी प्रपोज प्रालिसँगको सहकार्यमा निर्माण गरेको फिल्मको निर्माता नविन मानन्धर तथा सुरज सुनुवार हुन्। सुनील श्रेष्ठ, अनिल मानन्धर र पिकेश मानन्धर सह–निर्माता हुन्। डायमण्ड उप्रेती कार्यकारी निर्माता रहेको ‘खजुरे ब्रो’ मा शिशिर विशंखेको छायाङ्कन रहेको छ भने सम्पादक मित्र डि गुरुङ हुन्। अनमोल गुरुङको संगीत रहेको फिल्मलाई रोहित रत्नको आरआर फिल्मस्ले वितरण गर्दैछ।

फिल्ममा नीति शाह, रेअर राई, महेश त्रिपाठी, नवीन मानन्धर, विनिता थापा, पुस्कर कार्की, प्रकाश भुजेल, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई, दिप चन्द्र राई,शान्तिला तामाङ लगायतका कलाकारहरुको अभिनय छ। चलचित्रको वितरण आरआर फिल्म्सले गर्नेछ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    pilllow

    obviously like your website but you need to test the spelling on quite a few of your posts Several of them are rife with spelling problems and I to find it very troublesome to inform the reality on the other hand Ill certainly come back again

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?