खाडीमै बिते लीलमती र भक्तबहादुरका तीन छोरा: रित्तियो काख

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, चैत्र १६, २०७४
|
|
५० पटक हेरिएको
Shares
खाडीमै बिते लीलमती र भक्तबहादुरका तीन छोरा: रित्तियो काख

सारांश

  • रुम (बेनी) : मालिका-२ रुमका ६९ वर्षीय धनबहादुर रोका दस वर्षदेखि नसा रोगले ग्रसित छन्।
  • दिनहुँ औषधि सेवन नगर्ने हो भने उनको हातखुट्टा चल्दैन।
  • भित्र-बाहिर गर्न पनि सहयोगी चाहिन्छ।

रुम (बेनी) : मालिका-२ रुमका ६९ वर्षीय धनबहादुर रोका दस वर्षदेखि नसा रोगले ग्रसित छन्। दिनहुँ औषधि सेवन नगर्ने हो भने उनको हातखुट्टा चल्दैन। भित्र-बाहिर गर्न पनि सहयोगी चाहिन्छ।रोकाकी श्रीमती ६४ वर्षीया लीलमतीलाई पे्रसरको समस्या छ। पछिल्लो समय ग्यास्ट्रिक बढेपछि उनले पे्रसर र ग्यास्ट्रिक दुवैको औषधि खाइरहेकी छन्। रोगले थलिएको यो दम्पतीले पछिल्ला १२ वर्षमा जे भोगेको छ, त्यो अझ कहालीलाग्दो छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

चार छोरामध्ये तीन भाइको वैदेशिक रोजगारी क्रममा खाडी मुलुकमै मृत्यु भइसकेको छ। चैत १० गते मलेसियमा सुरक्षागार्डमा कार्यरत कान्छा छोरा धर्मलाल कोठामै मृत अवस्थामा भेटिएका थिए। ठिक १२ वर्षअघि माइला छोरा भक्तबहादुरको कतारमा मृत्यु भएको थियो। त्यसको दुई वर्षपछि जेठा छोरा समबहादुरको पनि मलेसियामै मृत्यु भयो। तीनै जनामा कुनै किसिमको रोग थिएन।

बिहीबार रातो काठको बाकसमा कान्छा छोराको शव हेरेपछि धनबहादुर भक्कानिए। धर्मलालको शव घर पुर्‍याएर बिहीबार नै अन्येष्टि गरिएको छ। लीलमती अर्धमूर्छित छिन्। रोका दम्पतीका अब साइँला छोरा थमबहादुर मात्रै छन्। दुई छोरीको विवाह भइसकेको छ। थमबहादुर र धर्मलाल सात महिनाको अन्तरालमा मलेसिया पुगेका थिए।

थमबहादुर चैत ८ गते मात्रै घर आइपुगेका हुन्। उनी घर आइपुगेको दुई दिनमै भाइको यस्तो घटना भएको हो। ‘माइला दाजु कतार जानुभएको २१ महिनामा बित्नुभएको हो। भर्खर विवाह गरेर जानुभएको उहाँले गर्भको छोराको मुख पनि हेर्न पाउनुभएन। त्यसपछि घरको दुःखले जेठा दाजु मलेसिया जानुभयो, उहाँको पनि १० महिनामा उतै मृत्यु भयो’, थमबहादुरले भने, ‘केही वर्ष त हामी दुवैले यहाँ नै केही गर्‍यौँ तर केही नलागेपछि मलेसिया जाने निर्णय गर्‍यौं।’

कम्पनी फरक भए पनि थमबहादुर र धर्मलालको महिना दिनमा भेट भइरहन्थ्यो। ‘भाइले तपाईं पहिला जानु, म दसैँमा आउँछु भन्यो। दसैँमा आएर विवाह गर्ने हो दाइ भन्थ्यो’, थमबहादुर थपे, ‘खै घरमा के भएको कुन्नि, यस्तो विपत आइलाग्यो।’

धनबहादुर र लीलमतीले महिनामा पाँच हजार रुपैयाँको त औषधि मात्रै खानुपर्छ। त्यसमाथि जेठा र माइलाको छोराछोरी पाल्नुपर्ने जिम्मेवारी पनि छ। जेठातर्फ दुई र माइलाको एक छोरा छ। उनीहरूको पालनपोषण र शिक्षादीक्षाको सम्पूर्ण जिम्मेवारी आफ्नो काँधमा आएको थमबहादुरको भनाइ छ। ‘पहिला त भाइ पनि थियो, हामी दुईजना मिलेर घर खर्च चलाएका थियौं। अब मलाई कसरी चलाउने भन्ने पीर छ। म पनि किन बाँच्ने भन्ने लाग्छ’, थमबहादुरले आफ्नो पीडा पोखे। कान्छी छोरी शशिकला रोकाले धर्मलालले हरेक महिना आमाबुवालाई औषधि किन्ने खर्च पठाउने गरेको बताइन्।

‘दसैँमा आउँदा दुई दिदीलाई सुनको सिक्री ल्याइदिन्छु भन्दै फोन गर्थे, अहिले नबोल्ने भएर आएछ’, उनी भक्कानिँदै थिइन्, ‘अब बुबा-आमालाई कसले औषधि दिन्छ ? ’ तीन छोरा गुमाएपछि रोका परिवार आर्थिक समस्यामा परेको छ। मालिका गाउँपालिका प्रमुख श्रीप्रसाद रोकाले गाउँपालिकाको तर्फबाट सहयोग गर्ने आश्वासन दिएका छन्। ‘किरिया खर्चदेखि छोराछोरीको पढाइमा सहयोग गर्नेछौं’, उनले भने। रोका परिवारलाई बिहीबार विभिन्न संघ-संस्था र व्यक्तिहरूले ३० हजार रुपैयाँ किरिया खर्च हस्तान्तरण गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भीषण वर्षा र आँधीका कारण जापानको राजधानी टोकियो अस्तव्यस्त
भीषण वर्षा र आँधीका कारण जापानको राजधानी टोकियो अस्तव्यस्त
थप ५० जनामा कोभिड-१९ को संक्रमण पुष्टि
थप ५० जनामा कोभिड-१९ को संक्रमण पुष्टि
प्रदेश नंं. १ मा कांग्रेस र माओवादीको जोड्दा पनि एमाले झण्डै दोब्बरले अघि
प्रदेश नंं. १ मा कांग्रेस र माओवादीको जोड्दा पनि एमाले झण्डै दोब्बरले अघि
नेपाल एयरलाइन्सले मलेसिया–भैरहवा नियमित उडान सुरु गर्दै,  यस्तो छ भाडादर
नेपाल एयरलाइन्सले मलेसिया–भैरहवा नियमित उडान सुरु गर्दै, यस्तो छ भाडादर
तिलोत्तमा गोल्डकपको उपाधि रुस्लान थ्रीस्टार क्लवले चुम्यो (हेर्नुहोस् १९ तस्वीरमा)
तिलोत्तमा गोल्डकपको उपाधि रुस्लान थ्रीस्टार क्लवले चुम्यो (हेर्नुहोस् १९ तस्वीरमा)
पियनले चलाउँछिन् कक्षा
पियनले चलाउँछिन् कक्षा
पोखरामा चट्याङ लागेर एकको मृत्यु, तीन घाइते
पोखरामा चट्याङ लागेर एकको मृत्यु, तीन घाइते
एनसेलको लाभकर सम्बन्धी मुद्दा फेरि अर्को मोडमा पुग्यो, सरकारले तोकेको तिर्न नपर्ने
एनसेलको लाभकर सम्बन्धी मुद्दा फेरि अर्को मोडमा पुग्यो, सरकारले तोकेको तिर्न नपर्ने
बालुवाटार जग्गा अनुसन्धान ब्युरोका डीएसपी सरुवा
बालुवाटार जग्गा अनुसन्धान ब्युरोका डीएसपी सरुवा
डडेलधुरामा शेरबहादुर देउवा विजयी, सागरले पाए १३ हजार मत
डडेलधुरामा शेरबहादुर देउवा विजयी, सागरले पाए १३ हजार मत

तपाईंले छुटाउनुभयो कि?