खारेज हुने भनिएका कार्यालय धमाधम बन्दै

Abhiyanpost Abhiyanpost
|
सोमबार, माघ २२, २०७४
|
|
५१ पटक हेरिएको
Shares
खारेज हुने भनिएका कार्यालय धमाधम बन्दै

सारांश

  • काठमाडौं, २२ माघ – सरकारले आउँदो चैतदेखि जिल्ला सदरमुकाममा रहेका अधिकांश कार्यालय नरहने बताएको छ ।
  • सदरमुकामबाट खारेज भएर स्थानीय तहमा समायोजन हुन लागेका हुन् ।
  • खारेज हुने निश्चित भएका सरकारी कार्यालयका भवन भने सदरमुकाम धुन्चेमा धमाधम निर्माण भइरहेका छन् ।

काठमाडौं, २२ माघ – सरकारले आउँदो चैतदेखि जिल्ला सदरमुकाममा रहेका अधिकांश कार्यालय नरहने बताएको छ । सदरमुकामबाट खारेज भएर स्थानीय तहमा समायोजन हुन लागेका हुन् । खारेज हुने निश्चित भएका सरकारी कार्यालयका भवन भने सदरमुकाम धुन्चेमा धमाधम निर्माण भइरहेका छन् । यो खबर बलराम घिमिरेले आजको कान्तिपुरमा लेखेका छन्।

सदरमुकाममा नरहने निश्चित भएका कार्यालय मध्य जिल्ला कृषि विकास कार्यालय, जिल्ला पशुसेवा कार्यालय, खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालय, सहरी विकास तथा भवन सव डिभिजन कार्यालय, महिला तथा बालबालिका कार्यालय र सिंचाइ विकास सव डिभिजन कार्यालयको भवन निर्माण भइरहेको छ ।

स्थानीय तह हुनुभन्दा अगाडि नै उक्त भवनको डिजाइन भइ ठेक्का लागिसकेकाले निर्माण भइरहेको सहरी विकास तथा भवन सवडिभिजन कार्यालयका प्रमुख धिर फडेराले बताए । ‘महिला तथा बालबालिका कार्यालय भवन मन्त्रालयबाट निर्माण भएको हो,’ फडेराले भने, ‘अन्य कार्यालय भवन भूकम्पले क्षति गरेको हुनाले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत निर्माण भइरहेको छ ।’

सदरमुकाममा नरहने निश्चित भएका कार्यालयको भवन निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट करोडौं बजेट आएको छ । ती भवनको काम २० प्रतिशत सकिएको छ । अहिले निर्माण भइरहेका कार्यालय दुई वर्षभित्र सम्पन्न हुनेछ । जिल्लाका कार्यालय स्थानीय तहमा समायोजन हुने कार्यक्रम आउनु पूर्व नै भवन निर्माणको कार्यक्रम सुरु भएको सहरी विकास तथा भवन सव डिभिजन कार्यालयले जनायो ।

खारेजीको तयारीमा रहेका जिल्ला शिक्षा कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति र मालपोत कार्यालय गत वर्ष नै निर्माण सम्पन्न भइसकेका छन् । सरकारले भनेअनुसारको हुने हो भने चैत महिनापछि निर्माण सम्पन्न भएका र निर्माणाधीन भवन प्रयोगमा आउने देखिँदैन । जिल्ला कृषि विकास कार्यालयका प्रमुख दिनेशबाबु तिवारीले कार्यालय खारेजको बारेमा माथिबाट अहिलेसम्म कुनै पनि औपचारिक जानकारी नआएको बताए । ‘हामीले पनि हल्ला सुनेका छौं चैतबाट कार्यालय खारेजी हुन्छ,’ उनले भने । जिल्ला पशुसेवा

कार्यालयका प्रमुख डा. विनोद कट्टेलको भनाइ पनि उस्तै रहेको छ । कार्यालय खारेजीको बारेमा अहिलेसम्म माथिबाट कुनै निर्देशन नआएको उनले बताए । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत भवन निर्माण भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पसलैपिच्छे एलपी ग्यासमा फरक मूल्य लिइँदै, उपभोक्ता मारमा
पसलैपिच्छे एलपी ग्यासमा फरक मूल्य लिइँदै, उपभोक्ता मारमा
विश्वकप क्रिकेटः नेपाल समूहमा रहेको दक्षिण अफ्रिकाकाको लगातार तेस्रो जित
विश्वकप क्रिकेटः नेपाल समूहमा रहेको दक्षिण अफ्रिकाकाको लगातार तेस्रो जित
नवलपरासीका देवचुली नगरपालिकामा काँग्रेस विजयी !
नवलपरासीका देवचुली नगरपालिकामा काँग्रेस विजयी !
तनहुँ-१ र चितवन-२ मा शानदार मतले विजयी रास्वपा बारा-२ मा चौथो स्थानबाट संघर्षरत
तनहुँ-१ र चितवन-२ मा शानदार मतले विजयी रास्वपा बारा-२ मा चौथो स्थानबाट संघर्षरत
प्रदेश नम्बर २ : १५ स्थानीय तहको नतिजा आउँदा कांग्रेस र एमालेको बराबरी
प्रदेश नम्बर २ : १५ स्थानीय तहको नतिजा आउँदा कांग्रेस र एमालेको बराबरी
देउवाद्धारा दोस्रो पटक मन्त्रिमण्डल विस्तार : १९ मन्त्री थपिए (सूची)
देउवाद्धारा दोस्रो पटक मन्त्रिमण्डल विस्तार : १९ मन्त्री थपिए (सूची)
विकासका रुजु सूचीमार्फत परीक्षण गर्ने व्यवस्था मिलाउन सुशासन समितिद्वारा निर्देशन
विकासका रुजु सूचीमार्फत परीक्षण गर्ने व्यवस्था मिलाउन सुशासन समितिद्वारा निर्देशन
किन बाहिरिए राष्ट्रपतिका विज्ञ सल्लाहकार प्याकुरेल ?
किन बाहिरिए राष्ट्रपतिका विज्ञ सल्लाहकार प्याकुरेल ?
रंगशालाको बार भत्काउने नेकपाका दुई कार्यकर्ता निलम्वन
रंगशालाको बार भत्काउने नेकपाका दुई कार्यकर्ता निलम्वन
आमाको निन्द्रा जोगाउदै र छोराको सपना पूरा गर्नेगरी अब खुल्ने छ ठमेल र दरबारमार्ग २४ सै घन्टा
आमाको निन्द्रा जोगाउदै र छोराको सपना पूरा गर्नेगरी अब खुल्ने छ ठमेल र दरबारमार्ग २४ सै घन्टा

तपाईंले छुटाउनुभयो कि?