खिजीदेम्बा अल्ट्रा म्याराथनको दोस्रो संस्करण फागुन १९ मा

Abhiyanpost Abhiyanpost
|
मंगलबार, माघ २८, २०७६
|
|
४१ पटक हेरिएको
Shares
खिजीदेम्बा अल्ट्रा म्याराथनको दोस्रो संस्करण फागुन १९ मा

सारांश

  • ओखलढुङ्गामा ‘खिजीदेम्बा अल्ट्रा म्याराथन’ दौडको दोस्रो संस्करण यही फागनु १९ गने आयोजना गरिने भएको छ ।
  • जिल्लाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ओखलढुङ्गा पर्यटन विकास समितिको आयोजनामा अल्ट्रा म्याराथन हुन लागेको हो ।
  • ४२ किलोमिटरको म्याराथन दौड स्वदेशी तथा अन्तर्रा्ष्ट्रिय खेलाडीको सहभागितामा आयोजना गर्न लागिएको आयोजक ओखलढुङ्गा पर्यटन विकास समितिका अध्यक्ष ङावा ङिमा शेर्पाले काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बताए ।

ओखलढुङ्गामा ‘खिजीदेम्बा अल्ट्रा म्याराथन’ दौडको दोस्रो संस्करण यही फागनु १९ गने आयोजना गरिने भएको छ । जिल्लाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ओखलढुङ्गा पर्यटन विकास समितिको आयोजनामा अल्ट्रा म्याराथन हुन लागेको हो ।

४२ किलोमिटरको म्याराथन दौड स्वदेशी तथा अन्तर्रा्ष्ट्रिय खेलाडीको सहभागितामा आयोजना गर्न लागिएको आयोजक ओखलढुङ्गा पर्यटन विकास समितिका अध्यक्ष ङावा ङिमा शेर्पाले काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बताए ।

खिजीदेम्बा गाउँपालिका, नेपाल पर्यटन बोर्ड र नेपाल माउन्टेनरिङ एशोसिएशनसँगको समन्वयमा हुन लागेको म्याराथन दौडले नेपाल भ्रमण वर्षलाई समेत सहयोग पुग्ने अध्यक्ष शेर्पाले दावी गरे ।

खिजी फलाँटेबाट सुरु हुने म्याराथन दौड चुप्लुभञ्याङ, थोलेदेम्बा, ताक्लुङ, ल्ह्मुचे, बुलबुले, दोराखर्क, ताउर हुँदै पुनः खिजीफलाटेमा आएर समापन हुने आयोजकको भनाई छ । महिला पुरुषबीच प्रतियोगितात्मक रूपमा हुने म्याराथनको विजेताले नगद ७० हजार, उपविजेताले ५५ हजार र तेस्रो हुनेले ४० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगितामा सहभागिता जनाउन चाहनेले फागुन ८ गतेभित्र नाम दर्ता गरिसक्ने पर्ने आयोजककले सूचनामा उल्लेख गरेको छ । पत्रकार सम्मेलनमा सांसद यज्ञराज सुनुवार, ओखलढुङ्गा कला साहित्य समाजका अध्यक्ष गम्बु शेर्पा, सगरमाथा आरोही पेम्बा शेर्पा, शेर्पा पर्यटन व्यवसायी सङ्घका अध्यक्ष आङ् पेम्बा शेर्पा, पूर्व सांसद रामहरि खतिवडा लगायत उपस्थित भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?