खेलकुदमय पूर्वी नेपाल…सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता औपचारिक रुपमा सुरु!!!

Abhiyanpost Abhiyanpost
|
शनिबार, पौष ९, २०७३
|
|
२१४ पटक हेरिएको
Shares
खेलकुदमय पूर्वी नेपाल…सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता औपचारिक रुपमा सुरु!!!

सारांश

  • पूर्वाञ्चलमा आज सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता भव्य समारोहबीच औपचारिक रुपमा सुरु भएको छ ।
  •   राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपराह्न ३ बजे विराटनगरस्थित सहिद रंगशालामा विधिवत् रुपमा प्रतियोगिताको उद्घाटन गरेपछि पूर्वाञ्चलका १३ जिल्लामा प्रतियोगिताको शुभारम्भ भएको छ ।
  • प्रतियोगिताको भव्य उद्घाटनका लागि सहिद मैदानलाई बेहुलीझैँ सिङ्गारिएको थियो ।

पूर्वाञ्चलमा आज सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता भव्य समारोहबीच औपचारिक रुपमा सुरु भएको छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपराह्न ३ बजे विराटनगरस्थित सहिद रंगशालामा विधिवत् रुपमा प्रतियोगिताको उद्घाटन गरेपछि पूर्वाञ्चलका १३ जिल्लामा प्रतियोगिताको शुभारम्भ भएको छ । प्रतियोगिताको भव्य उद्घाटनका लागि सहिद मैदानलाई बेहुलीझैँ सिङ्गारिएको थियो । उद्घाटनका अवसरमा पूर्वाञ्चलका सांस्कृतिक झाँकी पनि प्रदर्शन गरिएको थियो  । मुलुकको पूर्वी नेपाल यतिखेर खेलकुदमय बनेको छ ।  सो अवसरमा खेलाडीको स्वागतका लागि पूर्वाञ्चलका झापा, मोरङ र सुनसरीका मुख्य चौकमा स्वागतद्वार निर्माण गरिएको थियो । खेलाडीका साथै प्रशिक्षक लगायतको बस्ने र खाने व्यवस्थासमेत सम्बन्धित जिल्लाका होटेलमा मिलाइएको छ ।  जम्मा ३० वटा खेलमा हुने प्रतिस्पर्धामध्ये सबैभन्दा बढी सुनसरीमा १२, मोरङमा १०, झापामा पाँच तथा सप्तरी, सिरहा र धनकुटामा एक–एकवटा खेलमा प्रतिस्पर्धा हुनेछ । साथै पूर्वाञ्चलमा पूर्वाधार नभएको कारणले ललितपुरको सातदोबाटोमा महिला÷पुरुषको स्क्वास, काठमाडौँमा फेन्सिङ र कास्कीको पोखरामा महिला÷पुरुष लनटेनिसको प्रतियोगिता हुने राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले जानकारी दिए ।  ३० वटा खेलको प्रतियोगितामा तीन हजार नौसय ७२ जना खेलाडीको सहभागिता रहनेछ भने ती खेलाडीले दुई सय ९४ स्वर्ण, दुई सय ९४ रजत र चार सय ४७ कास्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।

(drogueriasanjorge.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?