खोला बढेपछि भरतपुर–ठोरी सडक अवरुद्ध

Abhiyanpost Abhiyanpost
|
मंगलबार, भाद्र ३१, २०७६
|
|
३४ पटक हेरिएको
Shares
खोला बढेपछि भरतपुर–ठोरी सडक अवरुद्ध

सारांश

  • सोमबर रातिदेखि परेको वर्षाका कारण अधिकांश खोलामा बाढी आएकाले भरतपुर–माडी–ठोरी सडकखण्ड अवरुद्ध भएको छ ।
  • जिल्ला प्रहरी कार्यालयका अनुसार माडी नगरपालिका–९ मा रहेको बगई र घाँगर खोलामा आएको बाढीले सडक अवरुद्ध बनाएको हो ।
  • त्यसैगरी माडी नगरपालिका–८ को खरकट्टा र रिउ खोला पनि बढेका छन् ।

सोमबर रातिदेखि परेको वर्षाका कारण अधिकांश खोलामा बाढी आएकाले भरतपुर–माडी–ठोरी सडकखण्ड अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार माडी नगरपालिका–९ मा रहेको बगई र घाँगर खोलामा आएको बाढीले सडक अवरुद्ध बनाएको हो । त्यसैगरी माडी नगरपालिका–८ को खरकट्टा र रिउ खोला पनि बढेका छन् । सडकमा पर्ने अधिकांश खोलामा पानीको बहाव बढेकाले भरतपुर र माडी–ठोरी यातायात बन्द भएको छ । माडीमा रहेको खहरे खोलामा पनि बाढी आएकाले आज बिहान ७ बजेदेखि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?