गच्छदार ओझेल पर्दा कांग्रेसमा कसलाई फाइदा ?
सारांश
- काठमाडौं।
- उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छेदारलाई भ्रष्टाचार मुद्धा लागे संगै नेपाली काग्रेसभित्र आन्तरिक रुपमा यसले महाधिवेशनको जोड घटाउमा पार्ने प्रभावका बारेमा पनि चर्चा हुन थालेको छ।
- महाधिवेशनको कार्यतालिका सार्वजनिक गरिसकेको काग्रेस भित्र गच्छेदार साईड लाग्दा को को नेतालाई प्रत्यक्ष फाइदा पुग्छ ?
काठमाडौं। उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छेदारलाई भ्रष्टाचार मुद्धा लागे संगै नेपाली काग्रेसभित्र आन्तरिक रुपमा यसले महाधिवेशनको जोड घटाउमा पार्ने प्रभावका बारेमा पनि चर्चा हुन थालेको छ। महाधिवेशनको कार्यतालिका सार्वजनिक गरिसकेको काग्रेस भित्र गच्छेदार साईड लाग्दा को को नेतालाई प्रत्यक्ष फाइदा पुग्छ ?काग्रेसले २०७७ फागुन ७ देखि १० सम्म काठमाडौंमा १४औं महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरे संगै काग्रेसका शीर्ष नेताहरु नेतृत्व हत्याउने जोडघटाउका साथ कार्यकर्तामाझ रणनीति बनाउन थालिसकेका छन्।
तत्कालीन मधेशी जनअधिकार फोरम लोकतान्त्रिक पार्टीको नेतृत्व गरिरहेका गच्छेदारले गत आम निर्वाचनमा आफ्नो पार्टीलाई नेपाली काग्रेसमा समायोजन गराएका थिए। तराई क्षेत्रमा प्रभावशालि पार्टीको रुपमा रहेको फोरम लोकतान्त्रिकलाई काग्रेसमा समायोजन गरेसंगै गच्छेदारलाई सभापति शेरवहादुर देउवाले उहालाई पार्टीको उपसभापति तथा संसदीय दलको उपनेता बनाइएको थियो। देउवा गुटका गच्छेदार आगामी महाधिवेशनमा पनि उपसभापति हुने चर्चा थियो।
काग्रेस भित्र मुख्य रुपमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौलाको तीन गुट रहेको छ। अन्य प्रभावशालि नेताहरुको थप उपगुट भएपनि यी तीन गुटको भागवण्डामा काग्रेसभित्रको आन्तरीक राजनीति अघि बढिरहेको छ। गच्छेदारलाई भ्रष्टाचारमुद्धा लागेसंगै उनलाई पन्छाउन सकेमा महाधिवेशनमा यसको प्रत्यक्ष फाइदा कुन कुन नेतालाई हुन्छ?
भेगिए हिसावले राजनीतिक हिसाबले गच्छेदार र नीधि समान हुन्।गच्छेदार पन्छिँदा नीधिलाई नै फाइदा हुन्छ। साथै यसको फाइदा निधीलाई मात्र हैन देउवा गुटलाई नै हुने भन्दै कांग्रेसका एक नेताले भने, ‘गच्छेदार पन्छिए भने सभापति देउवालाई पनि महाधिवेशनमा टिम मिलाउन सजिलो हुन्छ । सभापति देउवा आफ्नो फाइदाको लागि जे पनि गर्छन भन्दै ति नेता थप्छन–एक उपसभापति मिलाउन पाए भने महामन्त्रि लगाएत अन्य पदाधिकारी मिलाउन पनि देउवालाई सजिलो हुन्छ ।’
भ्रष्टाचार मुद्धा खेपेका गच्छेदार प्रति शुरुमा काग्रेस जति कडा रुपमा प्रस्तुत भएको थियो अहिले त्यतिनै नरम रुपमा प्रस्तुत हुन थालिसकेको छ। गत मंगलबार बसेको काग्रेस केन्द्रीय समिति बैठकले यो मुद्धामा गच्छेदारले कानुनी रुपमा प्रतिवाद गर्ने र पार्टीले राजनैतिक रुपमा प्रतिवाद गर्ने निर्णय गरेको छ भने वुधवार विहान बसेको संसदिय दलको बैठकले अवरुद्ध संसद सुचारु गर्ने निर्णय गरेको छ।
सभापति देउवा आनतरीक राजनीतिमा प्रतिशतको भागवण्डामा रमाउने भएकोले गच्छेदार पन्छिएसँग महाधिवेशनमा आफ्नो टिम मिाउन सजिलो हुने देउवा गुटका अन्य नेताहरुको बुझाइ रहेको छ। गच्छेदार गए पनि निधी रहने र निधी पनि फुत्कने अवस्था आएमा देउवाले पौडेल गुटका प्रकाशमान सिंहालाई उपसभापति बनाउने रणनीति अपनाएको देउवा गुटका एक नेता बताउँछन
काग्रेसको अधिवेशन कार्यतालिका अनुसार गाउँरनगर वडा अधिवेशन २०७७ कात्र्तिक १६ गते छ भने गाउँरनगरपालिका अधिवेशन २०७७ कात्र्तिक १८ गते छ । प्रदेश सभा क्षेत्रीय अधिवेशन २०७७ कात्र्तिक २१ गते, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २०७७ कात्र्तिक २३ गते र एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २०७७ कात्र्तिक २५ गते छ । प्रदेश अधिवेशन–२०७७ मंसिर २९ गते गर्ने कार्यतालिका सार्वजनीक भैसकेको छ।
प्रतिक्रिया