गठबन्धनका कारण नमिठो स्वाद पनि चाखेका छौंः धनराज गुरुङ

Abhiyanpost Abhiyanpost
|
सोमबार, जेठ ९, २०७९
|
|
४७ पटक हेरिएको
Shares
गठबन्धनका कारण नमिठो स्वाद पनि चाखेका छौंः धनराज गुरुङ

सारांश

  • काठमाडौं, ९ जेठ ।
  • नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले गठबन्धनका कारण पार्टीले नमिठो स्वाद चाखेको बताएका छन् ।
  • हिजो राति प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन् कार्यक्रम’ का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गुरुङले भने, “हिजो मैले गठबन्धन गर्न हुँदैन भनेकै हुँ ।

काठमाडौं, ९ जेठ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले गठबन्धनका कारण पार्टीले नमिठो स्वाद चाखेको बताएका छन् ।
हिजो राति प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन् कार्यक्रम’ का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गुरुङले भने, “हिजो मैले गठबन्धन गर्न हुँदैन भनेकै हुँ । त्यसमा म सैद्धान्तिक रुपमा विचलित छैन । तर पार्टीको केन्द्रीय कार्यसमितिले गठबन्धन गरेर जाने भनेपछि मैले त्यसलाई स्वीकार गर्नैपर्छ । अहिले आएर पार्टी निर्णयभन्दा अघि कसले के भन्यो भन्नुको कुनै अर्थ छैन ।”
गठबन्धनका कारण ३० प्रतिशत मत बदर भएको पनि उनले औंल्याए । गुरुङले भने, “पक्कै पनि तालमेलले उत्साह पनि जगाएको छ । तालमेलका कारण नमिठो स्वाद पनि चाखेका छौं । त्यसमा नजरअन्दाज गर्नुहुँदैन । तालमेलका कारण ३० प्रतिशत मत बदर भएका छन् । गठबन्धन गरेको ठाउँमा हारेका छौं, एक्लै लडेको ठाउँमा जितेका छौं ।”
स्थानीय तह निर्वाचनको जस अपजस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पाउनु स्वाभाविक भएको पनि गुरुङको टिप्पणी छ । उनले भने, “हामीले अघिल्लो निर्वाचनमा पनि पहिलो जस अपजस पार्टी सभापतिले लिनुपर्छ र त्यसपछिको जिम्मा हामी लिन तयार छौं भन्दै आएकै हौं । यसपटक हाम्रो आशा योभन्दा बढी थियो । यद्यपि यसलाई नराम्रो पनि भन्न मिल्दैन । यसमा हामी मख्ख हुनुहुँदैन । सचेत भएर अघि बढ्नुपर्ने अवस्था छ ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतीय प्रधानमन्त्री मोदीले मजदूरको खुट्टा मिचिमिची धोइदिएपछि…
भारतीय प्रधानमन्त्री मोदीले मजदूरको खुट्टा मिचिमिची धोइदिएपछि…
उड्दै गरेको विमानको शौचालय भरिँदा सिटैसिटमा पुग्यो फोहोर, त्यसपछि….
उड्दै गरेको विमानको शौचालय भरिँदा सिटैसिटमा पुग्यो फोहोर, त्यसपछि….
राजपालाई चुनाव ल्याउनु नै सरकारको ठूलो सफलता हुनेछः मन्त्री मण्डल
राजपालाई चुनाव ल्याउनु नै सरकारको ठूलो सफलता हुनेछः मन्त्री मण्डल
प्रधानमन्त्रीको संकल्पमा सबैभन्दा बढी उर्जा मन्त्रालयको योगदान : मन्त्री पुन
प्रधानमन्त्रीको संकल्पमा सबैभन्दा बढी उर्जा मन्त्रालयको योगदान : मन्त्री पुन
प्रत्यक्ष निर्वाचित राष्ट्रपति बनाउने कुरामा सहमत भइसक्याे :  ‘प्रचण्ड’
प्रत्यक्ष निर्वाचित राष्ट्रपति बनाउने कुरामा सहमत भइसक्याे : ‘प्रचण्ड’
दोलखामा सत्ता गठबन्धनको अग्रता कायमै
दोलखामा सत्ता गठबन्धनको अग्रता कायमै
कसरी विश्वकै नमुना बन्यो नेपालको निर्वाचन ?
कसरी विश्वकै नमुना बन्यो नेपालको निर्वाचन ?
हातमा झाडू लिएका मन्त्रीहरुले धमाधम सडक सफा गर्न थालेपछि।।।
हातमा झाडू लिएका मन्त्रीहरुले धमाधम सडक सफा गर्न थालेपछि।।।
माघ ८ गते पत्रपत्रिकाहरुको मुख्य समाचारहरु
माघ ८ गते पत्रपत्रिकाहरुको मुख्य समाचारहरु
जुगल आरोहण खुल्ला गरेपछि स्थानीयमा खुसी
जुगल आरोहण खुल्ला गरेपछि स्थानीयमा खुसी

तपाईंले छुटाउनुभयो कि?