गठबन्धनलाई लाग्यो धक्का, केपी र उपेन्द्रबीच चुनावी सहकार्यबारे छलफल

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, भाद्र २४, २०७९
|
|
६८ पटक हेरिएको
Shares
गठबन्धनलाई लाग्यो धक्का, केपी र उपेन्द्रबीच चुनावी सहकार्यबारे छलफल

सारांश

  • काठमाडौं ।
  • आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि उम्मेदवार सिफारिशमा दलहरु व्यस्त छन् ।
  • सत्ता गठबन्धनमा पनि सिट बाँडफाँटको अन्तिम गृहकार्य भैरहेको छ ।

काठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि उम्मेदवार सिफारिशमा दलहरु व्यस्त छन् । सत्ता गठबन्धनमा पनि सिट बाँडफाँटको अन्तिम गृहकार्य भैरहेको छ । तर, गठबन्धनको मुख्य घटक जनता समाजवादी पार्टी, नेपाल भने गठबन्धन छोड्ने अन्तिम तयारीमा जुटेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले आफूहरुलाई सम्मानजनक व्यवहार नभए गठबन्धनबाट बाहिरिने चेतावनी दिईसकेका छन् ।

पछिल्लो समय उनले गठबन्धन छोडेर एमालेसँग सहकार्य गर्न खोजेका छन् । त्यसको लागि उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको सम्पर्क बढाएको स्रोतको दाबी छ । यादवले गठबन्धनको बैठक चलिरहेको अवस्थामै हालसालै एमाले अध्यक्ष ओलीसँग भेटेर चुनावी सहकार्यबारे छलफल गरेको बुझिएको छ । उक्त छलफलमा मधेश प्रदेशमा ३२ सिटमा एमाले–जसपाले १६र१६ सिट लिएर जानेबारे सहमति गरेको बुझिएको छ ।

मधेस प्रदेशका ८ जिल्लामा प्रतिनिधिसभामा ३२ र प्रदेशसभामा ६४ सिट छन् । यादवले ३२ मा १६ सिट प्रतिनिधिसभातर्फ लिने र प्रदेशसभातर्फ पनि ५०र५० प्रतिशत सिट लिएर जान सकिने प्रस्ताव राखेका थिए । यादवको प्रस्ताव ओली सकारात्मक देखिएका छन् ।

आजरभोलिभित्रै दुई नेताबीच छलफल हुने र निश्कर्षमा पुगिने दुवै पार्टीका दोस्रो तहका नेताहरुको दाबी छ । सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसले मधेश प्रदेशको ३२ सिटमा एक्लै १६ सिटमा दाबी गरेपछि यादव बिच्किएका छन् । उनले सत्ता गठबन्धन कुनैपनि बेला छोड्न सकिने र एक्लै चुनाव लड्नुपर्ने परिस्थिति आउने भन्दै तयारी अवस्थामा रहन नेता तथा कार्यकर्ता पँक्तिलाई आग्रह गरिसकेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरी रिपोर्ट लिने प्रणालीमा समस्या
प्रहरी रिपोर्ट लिने प्रणालीमा समस्या
पानीजहाज निर्माण क्षेत्रमा आवेदन गरेकाले उत्पादन क्षेत्रको भाषा परीक्षामा पनि निवेदन दिन पाउने
पानीजहाज निर्माण क्षेत्रमा आवेदन गरेकाले उत्पादन क्षेत्रको भाषा परीक्षामा पनि निवेदन दिन पाउने
रसुवागढी नाकामा चहलपहल बढ्यो
रसुवागढी नाकामा चहलपहल बढ्यो
डा. गोविन्द केसीको स्वास्थ्य स्थिति गम्भीर, सेनाकाे हेलिकप्टरबाट काठमाडाैं ल्याइयाे
विदेशबाट फर्किएका काभ्रेलीमा कोरोना भाइरस नेगेटिभ
विदेशबाट फर्किएका काभ्रेलीमा कोरोना भाइरस नेगेटिभ
निर्णायक खेलमा नेपालको लज्जास्पद हार, टि–२० विश्वकप खेल्ने सपना चकनाचुर
निर्णायक खेलमा नेपालको लज्जास्पद हार, टि–२० विश्वकप खेल्ने सपना चकनाचुर
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, १४औं महाधिवेशनकाे कार्यतालिकाका विषयमा छलफल हुने
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, १४औं महाधिवेशनकाे कार्यतालिकाका विषयमा छलफल हुने
भ्रष्ट छवी भएकाहरूको राजनीतिक नियुक्ति तत्काल खारेज गर्न माग गर्दै  ४३ केन्द्रीय सदस्यले बुझाए अध्यक्षद्वय ओली र प्रचण्डलाई ज्ञापनपत्र।
भ्रष्ट छवी भएकाहरूको राजनीतिक नियुक्ति तत्काल खारेज गर्न माग गर्दै ४३ केन्द्रीय सदस्यले बुझाए अध्यक्षद्वय ओली र प्रचण्डलाई ज्ञापनपत्र।
राष्ट्रिय गानका सङ्गीतकार गुरुङको स्मृतिमा ग्रन्थ प्रकाशित
राष्ट्रिय गानका सङ्गीतकार गुरुङको स्मृतिमा ग्रन्थ प्रकाशित
ताइवानमा रेल दुर्घटना, ३६ जनाको मृत्यु
ताइवानमा रेल दुर्घटना, ३६ जनाको मृत्यु

तपाईंले छुटाउनुभयो कि?