गरिबीको रेखामाथि उठाउन गठबन्धनः नेता विष्ट

Abhiyanpost Abhiyanpost
|
बिहिबार, कार्तिक ३०, २०७४
|
|
५६ पटक हेरिएको
Shares
गरिबीको रेखामाथि उठाउन गठबन्धनः नेता विष्ट

सारांश

  • गुल्मी, ३० कात्तिक : नेकपा (एमाले)का केन्द्रीय सचिव एवं गुल्मी क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार गोकर्ण विष्टले मुलुकलाई गरिबीको रेखाबाट माथि उठाउन एउटा नयाँ अभियान जरुरी रहेको बताउनुभएको छ ।
  • बुधबार धुर्कोट गाउँपालिकामा चुनावीसभालाई सम्बोधन गर्दै देशमा विकासको अभियानलाई अगाडि बढाउन वाम गठबन्धन भएको समेत उहाँले बताउनुभयो ।
  • अहिले निर्वाचनका लागि गठबन्धन भएको र त्यसपछि पार्टी एकता हुने भन्दै उहाँले चुनावपछिको सरकारले मुलुकको विकास निर्माणलाई अभियानका रुपमा अघि बढाउने बताउनुभयो ।

गुल्मी, ३० कात्तिक : नेकपा (एमाले)का केन्द्रीय सचिव एवं गुल्मी क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार गोकर्ण विष्टले मुलुकलाई गरिबीको रेखाबाट माथि उठाउन एउटा नयाँ अभियान जरुरी रहेको बताउनुभएको छ ।

बुधबार धुर्कोट गाउँपालिकामा चुनावीसभालाई सम्बोधन गर्दै देशमा विकासको अभियानलाई अगाडि बढाउन वाम गठबन्धन भएको समेत उहाँले बताउनुभयो ।

अहिले निर्वाचनका लागि गठबन्धन भएको र त्यसपछि पार्टी एकता हुने भन्दै उहाँले चुनावपछिको सरकारले मुलुकको विकास निर्माणलाई अभियानका रुपमा अघि बढाउने बताउनुभयो ।

उहाँले विगतका चुनावमा काँग्रेसले पटकपटक बहुमत ल्याए पनि मुलुकको विकास अगाडि बढ्न नसकेको भन्दै अब निर्वाचनपछि बन्ने वामपन्थीको स्थायी सरकारले मुलुकलाई विकासको अभियानमा लैजाने दाबी गर्नुभयो ।

“अब पनि देशलाई अविकसित रहिरहन दिन सकिँदैन,” उहाँले भन्नुभयो “यसैले यसपटकको चुनावमा एमाले र माओवादी केन्द्र एक भएकाले दुई तिहाइभन्दा बढी बहुमत ल्याउँछ ।” उहाँले चुनावपछिको सरकारले मुलुकलाई मुलुक नयाँ दिशामा अगाडि बढाउँदै पाँच वर्ष स्थायी सरकार चलाउने स्पष्ट पार्नुभयो ।

नेता विष्टले जिल्लाको विकास निर्माणमा आफू सधैँ गुल्मेली जनताको साथमा रहेकाले पनि जनताले धेरै माया गरे निर्वाचनमा अत्यधिक मतदानले विजयी बनाउने आशा गरेको बताउनुभयो ।

उक्त कार्यक्रममा प्रदेशसभा सदस्य माओवादी पोलिटब्यूरो सदस्य दिनेश पन्थीले आर्थिक समृद्धिसहितको मुलुक निर्माणका लागि वाम एकता भएर चुनावी मैदानमा आएको बताउनुभयो । उहाँले मुलुकमा रहेको गरिबी, अशिक्षा, बेरोजगारी लगायतका समस्या निर्वाचनपछि बन्ने सरकारले न्यूनीकरण गर्ने पनि बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

३३ केजि सुन प्रकरण:  सनमकी गलफ्रेण्ड निशाले दिएको बयान यस्तो छ !
३३ केजि सुन प्रकरण: सनमकी गलफ्रेण्ड निशाले दिएको बयान यस्तो छ !
अदालतमै गोविन्द केसीले प्रधानन्यायाधीशलाई माफिया भनेपछि…
चार महिनामै १४ जनाविरुद्ध रेडकर्नर नोटिस, को-को छन् खोजीको सूचीमा?
चार महिनामै १४ जनाविरुद्ध रेडकर्नर नोटिस, को-को छन् खोजीको सूचीमा?
कार्यकर्तालाई ‘शेरबहादुर जिन्दावाद’ भन्न सिकाएको भन्दै पौडेल यसरी बम्किए
कार्यकर्तालाई ‘शेरबहादुर जिन्दावाद’ भन्न सिकाएको भन्दै पौडेल यसरी बम्किए
सन्दीप लामिछानेलाई थुनामै राख्नुपर्ने मागसहित सर्वोच्चमा निवेदन दर्ता
सन्दीप लामिछानेलाई थुनामै राख्नुपर्ने मागसहित सर्वोच्चमा निवेदन दर्ता
प्रधानमन्त्रीले सचिवहरुलाई दिएको ३० बुँदे निर्देशनमा के छ ? (पूर्णपाठ)
प्रधानमन्त्रीले सचिवहरुलाई दिएको ३० बुँदे निर्देशनमा के छ ? (पूर्णपाठ)
ताला तोडेर पुनःनिर्माण कार्यालय सञ्चालनमा
ताला तोडेर पुनःनिर्माण कार्यालय सञ्चालनमा
ओलीको भीम रावलमाथि व्यङ्ग्यः ‘‘तिनलाई श्रीमतीले कसरी खान दिइन् होला ?”
त्रिशुलीमा बस खस्यो, ३ जनाको मृत्यु, १२ जना घाईते
त्रिशुलीमा बस खस्यो, ३ जनाको मृत्यु, १२ जना घाईते
जनताले सरकार छोड्न भनिसकेपछि देउवाले गरेका निर्णयले राज्यलाई घाटैघाटा : अपार
जनताले सरकार छोड्न भनिसकेपछि देउवाले गरेका निर्णयले राज्यलाई घाटैघाटा : अपार

तपाईंले छुटाउनुभयो कि?