गर्भवती तथा सुत्केरीले निःशुल्क सेवा पाउनुपर्ने माग

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, माघ २६, २०७४
|
|
३८ पटक हेरिएको
Shares
गर्भवती तथा सुत्केरीले निःशुल्क सेवा पाउनुपर्ने माग

सारांश

  • राजविराज, २६ माघ, स्वास्थ्य सेवाअन्तर्गत गर्भवती तथा सुत्केरी महिलाले निःशुल्क सेवा पाउनुपर्ने पाँचसूत्रीय माग राख्दै जनस्वास्थ्य कार्यालयमा बिहीबार ज्ञापनपत्र बुझाइएको छ ।
  • स्वास्थ्य अधिकार तथा सूर्तीजन्य नियन्त्रण जिल्ला सञ्जाल, सप्तरीका संयोजक पार्थो सरकारको नेतृत्वमा ज्ञापनपत्र बुझाइएको हो ।
  • जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख ज्ञानबहादुर बस्नेतलाई गर्भवती तथा सुत्केरी महिलाले पाउनुपर्ने निःशुल्क स्वास्थ्य सेवा सुविधा पाउन नसकेकाले आवश्यक व्यवस्था गर्नुपर्ने, आमा सुरक्षा कार्यक्रमअन्तर्गत गर्भावस्थामा तोकिएको मितिमा चार पटक गर्भ जाँच गराएबापत पाउनुपर्ने रु ४०० तथा सुत्केरी गराउन सरकारी स्वास्थ्य संस्थामा गएबापत पाउनुपर्ने यातायात खर्च कुनै अवरोधबिना समयमा पाउनुपर्ने मागसमेत गरिएको छ ।

राजविराज, २६ माघ, स्वास्थ्य सेवाअन्तर्गत गर्भवती तथा सुत्केरी महिलाले निःशुल्क सेवा पाउनुपर्ने पाँचसूत्रीय माग राख्दै जनस्वास्थ्य कार्यालयमा बिहीबार ज्ञापनपत्र बुझाइएको छ ।

स्वास्थ्य अधिकार तथा सूर्तीजन्य नियन्त्रण जिल्ला सञ्जाल, सप्तरीका संयोजक पार्थो सरकारको नेतृत्वमा ज्ञापनपत्र बुझाइएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख ज्ञानबहादुर बस्नेतलाई गर्भवती तथा सुत्केरी महिलाले पाउनुपर्ने निःशुल्क स्वास्थ्य सेवा सुविधा पाउन नसकेकाले आवश्यक व्यवस्था गर्नुपर्ने, आमा सुरक्षा कार्यक्रमअन्तर्गत गर्भावस्थामा तोकिएको मितिमा चार पटक गर्भ जाँच गराएबापत पाउनुपर्ने रु ४०० तथा सुत्केरी गराउन सरकारी स्वास्थ्य संस्थामा गएबापत पाउनुपर्ने यातायात खर्च कुनै अवरोधबिना समयमा पाउनुपर्ने मागसमेत गरिएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयले अनुगमन सशक्त बनाउनुपर्ने, राजविराज नगरपालिका क्षेत्रमा प्रभावकारी रुपमा लामखुट्टे नियन्त्रण, गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालबाट पाउने निःशुल्क औषधि वितरण प्रभावकारी नभएको र सप्तरी जिल्लाको अधिकांश स्वास्थ्य चौकीमा वडापत्र नरहेको भन्दै नियमित सुधार हुनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।

बिपी विचार समाजका अध्यक्ष रामकुमार यादव, एकल महिला समूहकी अध्यक्ष अनिता देवकोटा, ग्रिन नेपालका अध्यक्ष खेलानन्दकुमार दास, शिक्षा यूनेस्को केन्द्रका अध्यक्ष रमेशप्रसाद शाह, जिल्ला मतदाता अधिकार मञ्चका सचिव सीता प्रसाद यादवसहितका उपस्थितमा जिल्ला जनस्वास्थ्य कार्यालय पुगेर ज्ञापनपत्र बुझाइएको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालकोट हत्या प्रकरण: स्कुटरको लाइसेन्स लिन आएका कुलप्रसाद परीक्षा नदिई अस्ताए
बालकोट हत्या प्रकरण: स्कुटरको लाइसेन्स लिन आएका कुलप्रसाद परीक्षा नदिई अस्ताए
पन्ध्र दिनभित्र प्रहरी समायोजन प्रक्रिया टुङ्याउन प्रधानमन्त्रीको निर्देशन
पन्ध्र दिनभित्र प्रहरी समायोजन प्रक्रिया टुङ्याउन प्रधानमन्त्रीको निर्देशन
स्वदेशमै टर्कीपालन गरी आयआर्जन
स्वदेशमै टर्कीपालन गरी आयआर्जन
डीपीएलः सोमपालको विष्फोटक ब्याटिङले धनगढीको जित
डीपीएलः सोमपालको विष्फोटक ब्याटिङले धनगढीको जित
पप्पु कन्स्ट्रक्सनका निलम्बित सांसद रौनियारले ३ करोड ५० लाख बुझाए
पप्पु कन्स्ट्रक्सनका निलम्बित सांसद रौनियारले ३ करोड ५० लाख बुझाए
“एउटा सबल र समुन्नत नेपाल निर्माण गर्न कटिबद्ध रहौँ”, राष्ट्रपति
“एउटा सबल र समुन्नत नेपाल निर्माण गर्न कटिबद्ध रहौँ”, राष्ट्रपति
भीम रावल भन्छन् : एमालेमै बस्न अन्तिम बिन्दुसम्म प्रयास गर्नेछु
भीम रावल भन्छन् : एमालेमै बस्न अन्तिम बिन्दुसम्म प्रयास गर्नेछु
सञ्चारमाध्यममा स्वनियमनलाई प्राथमिकता दिई आमसञ्चार ऐन ल्याइँदै
सञ्चारमाध्यममा स्वनियमनलाई प्राथमिकता दिई आमसञ्चार ऐन ल्याइँदै
पञ्चशीलका आधारमा परराष्ट्र नीति : प्रधानमन्त्री दाहाल
पञ्चशीलका आधारमा परराष्ट्र नीति : प्रधानमन्त्री दाहाल
चुरोट चोरेको आरोपमा विवाद हुँदा साथीको हत्या
चुरोट चोरेको आरोपमा विवाद हुँदा साथीको हत्या

तपाईंले छुटाउनुभयो कि?