गलत काम गरेको स्थितिमा कारबाही गर्न विद्यमान कानून नै पर्याप्तः व्यवसायी महासंघ

Abhiyanpost Abhiyanpost
|
बुधबार, श्रावण ३०, २०७५
|
|
५९ पटक हेरिएको
Shares
गलत काम गरेको स्थितिमा कारबाही गर्न विद्यमान कानून नै पर्याप्तः व्यवसायी महासंघ

सारांश

  • काठमाडौँ, ३० साउन ।
  • नेपाल निर्माण व्यवसायी महासंघले आगामी भदौ १ गतेबाट लागू हुने मुलुकी अपराध (संहिता) ऐनका केही प्रावधानले सम्पूर्ण निर्माण क्षेत्रलाई नै धराशायी बनाउने भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
  • महासंघले यहाँ आज पत्रकार सम्मेलन गरी निर्माण व्यसायीले गलत काम गरेको स्थितिमा व्यवसायीलाई कारबाही गर्न हालको विद्यमान कानून नै पर्याप्त रहेको अवस्थामा नयाँ कानून ल्याउनुको कुनै अर्थ नरहेको जनाएको छ ।

काठमाडौँ, ३० साउन । नेपाल निर्माण व्यवसायी महासंघले आगामी भदौ १ गतेबाट लागू हुने मुलुकी अपराध (संहिता) ऐनका केही प्रावधानले सम्पूर्ण निर्माण क्षेत्रलाई नै धराशायी बनाउने भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले यहाँ आज पत्रकार सम्मेलन गरी निर्माण व्यसायीले गलत काम गरेको स्थितिमा व्यवसायीलाई कारबाही गर्न हालको विद्यमान कानून नै पर्याप्त रहेको अवस्थामा नयाँ कानून ल्याउनुको कुनै अर्थ नरहेको जनाएको छ ।

कार्यक्रममा महासंघका अध्यक्ष विष्णुभाई श्रेष्ठले ऐनका त्यस्ता प्रावधान फिर्ता नभए देशभरका व्यवसायीले आ–आफ्नो अनुमतिपत्र सरकारलाई बुझाउने चेतावनी दिए। निर्माण कार्यमा कमजोरी देखिनुमा व्यवसायीको मात्र दोष नरहेको भन्दै अध्यक्ष श्रेष्ठले दोषी रहेका अन्य सबै पक्षलाई पनि कानूनी कठघरामा उभ्याउनुपर्ने धारणा व्यक्त गरे । महासंघका पूर्वअध्यक्ष जयराम लामिछानेले सरकारले उचित मुआब्जा दिन नसक्दा काठमाडौँका सडक निर्माण प्रभावित भइरहेको सन्दर्भमा एकोहोरो ढंगले व्यवसायीलाई मात्र आक्षेप लगाउनुको कुनै अर्थ नरहेको बताए ।

महासंघका सल्लाहकार यक्षध्वज कार्कीले यस्ता कानूनी झण्झटका कारण स्वदेशी निर्माण व्यवसायी निरुत्साहित हुने र नेपालमा विदेशी व्यवसायीले प्राथमिकता पाउने भन्दै आशङ्का व्यक्त गरे । महासंघका वरिष्ठ उपाध्यक्ष लक्ष्मणकुमार रानाले नयाँ लागू हुने कानूनका प्रावधानका कारण नेपाली निर्माण व्यवसायी व्यवसाय नै गर्न नसक्ने अवस्थामा पुग्ने धारणा राखे । महासचिव रामशरण देउजाले नयाँ लागू हुने कानूनका प्रावधानले निर्माण व्यवसायीप्रति गलत नियत राखेको भन्दै त्यसको प्रतिवाद गर्नुको विकल्प नरहेको धारणा व्यक्त गरे । महासंघका प्रवक्ता विष्णु बुढाथोकीले निर्माण व्यवसाय क्षेत्रलाई व्यवस्थित तथा मर्यादित बनाउन सरकार जिम्मेवार ढङ्गले प्रस्तुत हुनुपर्ने बताए ।

मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा २५० मा निर्माणसम्बन्धी काम वा अन्य कुनै काम गर्ने जिम्मेवारी लिएको व्यक्तिले वा निजकोतर्फबाट काम गर्ने कुनै व्यक्तिले बेइमानीका नियतले निर्धारित मापदण्ड वा गुणस्तरको माल प्रयोग नगरी वा प्रयोग हुने मालको परिमाण घटीबढी पारी वा अन्य कुनै किसिमबाट निर्धारित गुणस्तरभन्दा फरक पारी निर्माण कार्य वा अन्य काम गर्न वा गराउन नहुने र यदि गराइएमा कसुर गर्ने व्यक्तिलाई १० वर्षसम्म कैद र रु एक लाखसम्म जरिवाना हुनेछ भनी उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नागरिकताको विवाद यसरी अदालतमा घुम्दैछ
नागरिकताको विवाद यसरी अदालतमा घुम्दैछ
स्थानीय तहलाई नै तालमेलको जिम्मा दिने एमाले निर्णय
स्थानीय तहलाई नै तालमेलको जिम्मा दिने एमाले निर्णय
‘राष्ट्रियस्तरको हस्तलेखन प्रतियोगिता–२०७६’ का विजेताहरु पुरस्कृत
‘राष्ट्रियस्तरको हस्तलेखन प्रतियोगिता–२०७६’ का विजेताहरु पुरस्कृत
एसएसपी पिताम्बर अधिकारीले सडकमा गाडी रोकेर यस्तो गरेपछि…
एसएसपी पिताम्बर अधिकारीले सडकमा गाडी रोकेर यस्तो गरेपछि…
माथिल्लो तामाकोशीको ठाडो सुरुङमा पेनस्टक पाइप जडान
माथिल्लो तामाकोशीको ठाडो सुरुङमा पेनस्टक पाइप जडान
एक सातामा प्रदेश सरकारले पूर्णता पाउँछ : मुख्यमन्त्री जमकट्टेल
एक सातामा प्रदेश सरकारले पूर्णता पाउँछ : मुख्यमन्त्री जमकट्टेल
शिक्षकहरुको आन्दोलन आज पनि जारी
शिक्षकहरुको आन्दोलन आज पनि जारी
प्रहरीसँग  ‘सेटिङ’ मिलिसकेको भन्दै  म्यानपावर व्यवसायीले दिए श्रम मन्त्रीलाई खुलेअाम चुनौती !
प्रहरीसँग ‘सेटिङ’ मिलिसकेको भन्दै म्यानपावर व्यवसायीले दिए श्रम मन्त्रीलाई खुलेअाम चुनौती !
चाबहिल–साँखु सडकखण्ड : धुलोले आक्रान्त ट्राफिक प्रहरी
चाबहिल–साँखु सडकखण्ड : धुलोले आक्रान्त ट्राफिक प्रहरी
विदेशी शक्तिले चुनावमा लगानी गरेर राजनीतिमा विकृति ल्याउन खोजेको आरोप
विदेशी शक्तिले चुनावमा लगानी गरेर राजनीतिमा विकृति ल्याउन खोजेको आरोप

तपाईंले छुटाउनुभयो कि?