गलत नक्सा र निसान छापबारे सरकारकाे यस्ताे ‘एक्शन !

Abhiyanpost Abhiyanpost
|
आइतबार, भाद्र २४, २०७५
|
|
४९ पटक हेरिएको
Shares
गलत नक्सा र निसान छापबारे सरकारकाे यस्ताे ‘एक्शन !

सारांश

  • काठमाडौं,२४ भदाै।
  •   सरकारले नेपालको गलत नक्सा र निसान छाप प्रयोग नगर्न सबैलाई निर्देशन दिएको छ ।
  • नापी विभागले प्रकाशित गरेको आधिकारिक नेपालको नक्सा र निसान छापमात्र प्रयोग गर्न सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सञ्चारमाध्यमलाई निर्देशन दिइएको हो ।

काठमाडौं,२४ भदाै।  सरकारले नेपालको गलत नक्सा र निसान छाप प्रयोग नगर्न सबैलाई निर्देशन दिएको छ । नापी विभागले प्रकाशित गरेको आधिकारिक नेपालको नक्सा र निसान छापमात्र प्रयोग गर्न सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सञ्चारमाध्यमलाई निर्देशन दिइएको हो । यसअघि नेपालका भूभाग नै नभएका गलत नक्सा र निशान छाप नै नक्कली प्रयोग भइरहेको समाचार सार्वजनिक भएको थियो । आइतबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले पत्रकार सम्मेलन नै गरी नापी बिभागले प्रकाशित गरेको आधिकारिक नेपालको नक्सा र निसान छापमात्रै प्रयोग गर्न आग्रह गरिन् । सबै सरकारी निकायलाई यसबारे आइतबारै पत्राचार गरिने उनले जानकारी दिइन् ।

उनले नक्सा र निसान छापमा कसरी त्रुटी भयो भन्ने कुरा पत्ता लगाइने पनि बताइन् ।अनधिकृत नक्सालाई विस्थापित र आधिकारिक नक्सा स्थापित गर्न अनुगमन गर्ने उनको भनाइ छ । अनुगमनको लागि परराष्ट्र मन्त्रालयका सचिवसमेत रहेको समिति बनाइएको छ । अनधिकृत नक्सालाई विस्थापित र आधिकारिक नक्सा स्थापित गर्न अनुगमन नै गरेर जाने भन्दै उनले नापि विभागले सकेसम्म निःशुल्क र नसके कम शुल्कमा आधिकारिक नक्सा उपलब्ध गराउने उनले जानकारी दिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बार अनुसार कुन देवताको कसरी पूजा गर्ने ?
बार अनुसार कुन देवताको कसरी पूजा गर्ने ?
प्रचण्डको दाबी : जनताको तागतमा कांग्रेस–एमालेको सत्ता पल्टाउँछौं
प्रचण्डको दाबी : जनताको तागतमा कांग्रेस–एमालेको सत्ता पल्टाउँछौं
केभने बामदेव गौतमले हरे पछि-विज्ञप्ति सहित !
सरकारलाई समर्थन कि फिर्ता भन्नबारे राजपा अलमलमा
सरकारलाई समर्थन कि फिर्ता भन्नबारे राजपा अलमलमा
फिलिपिन्स काट्रियोना भईन मिस यूनिभर्स नेपालकी मनिता उत्कृष्ट १० बाट आउट
फिलिपिन्स काट्रियोना भईन मिस यूनिभर्स नेपालकी मनिता उत्कृष्ट १० बाट आउट
​ प्रचण्ड सरकार विरुद्ध बुटवलमा जनलहर….
​ प्रचण्ड सरकार विरुद्ध बुटवलमा जनलहर….
बालश्रमविरुद्व एम्नेष्टीको अभियान सुरु (फोटोफिचर सहित)
बालश्रमविरुद्व एम्नेष्टीको अभियान सुरु (फोटोफिचर सहित)
प्रधानमन्त्री डढेलधुरामा, कांग्रेस–एमाले उम्मेद्धवारवीच आरोप–प्रत्यारोप : विकास नै भएन, देउवाले नगरे कसले गर्यो त ?
प्रधानमन्त्री डढेलधुरामा, कांग्रेस–एमाले उम्मेद्धवारवीच आरोप–प्रत्यारोप : विकास नै भएन, देउवाले नगरे कसले गर्यो त ?
चीनले अघि बढायो केरुङ सिंगाछे रेल अध्ययन
चीनले अघि बढायो केरुङ सिंगाछे रेल अध्ययन
नयाँ जिल्ला न्यायाधीशमा १६ जना सिफारिश, नाम सहित
नयाँ जिल्ला न्यायाधीशमा १६ जना सिफारिश, नाम सहित

तपाईंले छुटाउनुभयो कि?