गल्फ सङ्कटले कतार एयरवेजको ‘ट्रान्जिट ब्यापार’ मा चुनौती

Abhiyanpost Abhiyanpost
|
सोमबार, जेठ २९, २०७४
|
|
५० पटक हेरिएको
Shares
गल्फ सङ्कटले कतार एयरवेजको ‘ट्रान्जिट ब्यापार’ मा चुनौती

सारांश

  • दुबई, २९ जेठ ।
  • कतार एयरवेजले आपूmलाई बिगतका केही वर्षदेखिको गल्फ क्षेत्रको एक प्रमुख हवाई सेवाका रुपमा विकास गरिरहेको छ ।
  • र यसले कतारको राजधानी दोहालाई एक प्रमुख ट्रान्जिट बनाउने गरेको छ ।

दुबई, २९ जेठ । कतार एयरवेजले आपूmलाई बिगतका केही वर्षदेखिको गल्फ क्षेत्रको एक प्रमुख हवाई सेवाका रुपमा विकास गरिरहेको छ । र यसले कतारको राजधानी दोहालाई एक प्रमुख ट्रान्जिट बनाउने गरेको छ ।

लगभग विश्वकै एक प्रमुख ट्रान्जिटका रुपमा रहेको दोहा सहरको यो ट्रान्जिट आकर्षणले पछिल्लो समयमा गल्फमा देखा परिरहेको सङ्कटका कारण निरन्तरता पाउलाजस्तो देखिँदैन ।

गल्फलाई कतार एयरलाइन्सले मात्र नभएर गल्फका अरु देशका राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय हवाई सेवाहरुले दोहालाई प्रमुख ट्रान्जिटका रुपमा विकास गरिरहेका थिए ।

जस्तै दुबईको एमिरेट्स एयरलाइन्स् तथा इत्तेहादले पनि कतारलाई नै प्रमुख ट्रान्जिटका रुपमा विकास गरिरहेका थिए । यसरी गल्फ र अरु पनि विश्वका कतिपय हवाई सेवाहरुले कतारलाई विश्वकै एक प्रमुख केन्द्रका रुपमा विकास गरेका थिए ।

यसरी विभिन्न हवाई सेवाहरुले कतारलाई प्रमुख ट्रान्जिट बनाएकोले गर्दा कतारको दोहा सहर एक व्यापारिक केन्द्रका रुपमा पनि बिगतका केही वर्षयतादेखि विकास हुदै आएको थियो ।

गत हप्तामात्र कतारसँगको कूटनीतिक सम्बन्ध तोड्ने निर्णय गल्फकै कतिपय देशले गरेका छन् । यसले कतारलाई विभिन्न क्षेत्रमा समस्या उत्पन्न त गरेकै छ । त्यो भन्दा पनि ठूलो समस्या उनीहरुले यात्रा अनुमति रद्ध गरेको कारणले कतारलाई थप समस्यामा पारेको बताइएको छ ।

अबदेखि कतारको आकासमा आफ्ना जहाजहरु उड्न नदिने र आफ्नो आकासमा पनि कतारको उड्डयन हुन नदिनेगरी गल्फ राष्ट्रले यस्तो प्रतिबन्ध लगाएका छन् ।

कतारसँग उसका छिमेकी देशहरु साउदी अरेबिया, युनाइटेड अरब इमिरेट्स, बहराइन, इजिप्टलले सम्बन्ध अकस्मात विच्छेद गरेको जनाएका थिए । यससँगै ती देशहरुले कतारसँगको यात्रा अनुमतिमा पनि प्रतिबन्ध लगाएका छन् ।

यो सङ्कटपछि कतार एयरलाइन्सले दिनहुँ दर्जनौँको सङ्ख्यामा उडान रद्ध गर्नु परिरहेको छ । त्यस्तै दोहामा ट्रान्जिट भएर आउने कैयौं एयरलाइन्स पनि आउन सकिरहेका छैनन् ।

यो सङ्कटपछि इस्लामिक रिपब्लिक र इरानले भने आफ्ना आकासको हवाई सेवामा कतार एयरलाइन्सलाई बढी स्थान दिएका छन् । तर त्यो मात्रा बहराइनको भन्दा पनि कम छ । बहराइनले धेरै मात्रमा कतार एयरवेजलाई आफ्नो आकासमा उडान भर्न दिने गरेको थियो ।

यो अवस्था लामो समयसम्म रहने हो भने वास्तवमै कतारको अर्थतन्त्रमा नै ठूलो असर गर्नसक्ने विज्ञहरुको भनाई छ ।

(https://www.riverbendresort.us)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Office assistant fired ‘for being Dalit’ seeks justice
Office assistant fired ‘for being Dalit’ seeks justice
प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक आज बस्दै
प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक आज बस्दै
कांग्रेस महासमिति बैठक मंसिर ११ देखि १३ सम्म गर्ने निर्णय
कांग्रेस महासमिति बैठक मंसिर ११ देखि १३ सम्म गर्ने निर्णय
नेकपामा यसरी मिल्यो भागबण्डाको सेटिङ
नेकपामा यसरी मिल्यो भागबण्डाको सेटिङ
सरकारलाई प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न हम्मेहम्मे, सर्यो मन्त्रिपरिषद बैठक
सरकारलाई प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न हम्मेहम्मे, सर्यो मन्त्रिपरिषद बैठक
भूकम्पमा घाइते भएका अपांगहरूले भत्ता नपाएको गुनासो, छाक टार्नै समस्या..
भूकम्पमा घाइते भएका अपांगहरूले भत्ता नपाएको गुनासो, छाक टार्नै समस्या..
बहुविधाका सर्जक डा. बच्चुकैलाश कैनीका पाँच कृति लोकार्पण
बहुविधाका सर्जक डा. बच्चुकैलाश कैनीका पाँच कृति लोकार्पण
कोपा अमेरिकाः समूह विजेता बन्दै उरुग्वे क्वाटरफाइनलमा
कोपा अमेरिकाः समूह विजेता बन्दै उरुग्वे क्वाटरफाइनलमा
त्रिविको उपकुलपतिमा आवेदन दिनेमध्ये १४ जना अन्तर्वार्ताका लागि छनौट
त्रिविको उपकुलपतिमा आवेदन दिनेमध्ये १४ जना अन्तर्वार्ताका लागि छनौट
सार्वजनिकस्थलमा सुर्तिजन्य पदार्थको प्रयोगकर्तालाई कारवाही गरिने
सार्वजनिकस्थलमा सुर्तिजन्य पदार्थको प्रयोगकर्तालाई कारवाही गरिने

तपाईंले छुटाउनुभयो कि?