भिमाद नगरपालिका को उदयमान गायक एल्विन थापा मगर

Abhiyanpost Abhiyanpost
|
शनिबार, आश्विन ७, २०७४
|
|
६० पटक हेरिएको
Shares
भिमाद नगरपालिका को उदयमान गायक एल्विन थापा मगर

सारांश

  • पोखरा, भनिन्छ एक चोटि समय सबैको आउँछ रे ।
  • मात्र त्यो समयलाई चिन्न सक्नु पर्छ ।
  • फेरि त्यसो भन्दैमा भाग्यमा लेखेको छ भनेर डोकोमा दुःख दुहुनु पनि बुद्धिमानी हुदैँन ।

पोखरा, भनिन्छ एक चोटि समय सबैको आउँछ रे । मात्र त्यो समयलाई चिन्न सक्नु पर्छ । फेरि त्यसो भन्दैमा भाग्यमा लेखेको छ भनेर डोकोमा दुःख दुहुनु पनि बुद्धिमानी हुदैँन । मिहिनेत धर्य गर्नुपर्छ आफ्नो भाग्यलाई बदल्ने सामाथ्र्य छ मानिसमा । यस्तै भएको छ गायक एल्विन थापाको जीवनमा पनि ।

सायद उनले कहिले सोचका पनि थिएनन्, एकदिन गायक बनेर चिनिन्छन् । सायद कसैले नचिनेको र नसुनेको नाम होला एल्विन थापा ? ‘हे गोरी तिम्ले भुल्न थाल्यौँ रातो पछौँरी’ यो गीत अहिले जो कोहीको मुखमा झण्डिएको हामी पाउँछौँ । सबैले चिन्ने एल्विन पहिले आफ्नो गुजारा गर्न र पढ्न कै लागि कहिले घर बनाउने काम गर्थे भने कहिले होटलमा भाँडा माझ्थे । तनहुँ माझकोट—४ सारुडाँडामा २०४८ साल पुस १४ गते मध्यम परिवारमा एल्विनको जन्म भएको हो । बुवा आमा र दुई दाजुभाई गरि चार जनाको परिवार रहेको एल्विनको बुवा धन कमाउनकै लागि विदेशिएका थिए भने आमा दैनिक गुनारा टार्न मेलापात धाउने हुनाले अभिभावकसँग धेरै समय विताउने अवसर पाएनन् उनले । दुवै बाबुआमा आफ्नो काम व्यस्त हुनाले अभिभावकको संरक्षण नपाएको जस्तो अनुभव हुन्छ उनलाई । २०६५ मा एसएलसी गरेका उनले परिक्षा दिएपछिको ३ महिना फुपुकोमा विताए । त्यो ३ महिना उनले घर बनाउने काम गर्दै कम्यूटर सिक्ने गर्थे । त्यसपछि कलेज पढ्ने सपना बोकेर पोखरा आएका उनको सपनामा तुषारापात लाग्यो ।

आर्थिक अवस्था कमजोर भएकोले १ वर्ष कलेज पढ्नै पाएन उनले । भन्छन् । जतिबेला पढ्ने खुब मन थियो त्यसबेला पैसा थिएन, अहिले पैसा छ तर समय छैन् । उनले आफ्नो गुजारा चलाउन त्यतिबेलाको पोखराको महेन्द्रपुलमा रहेको डिमाण्ड रेष्टुरेण्टमा भाँडा माझ्ने काम सुरु गरे ( अहिले त्यो रेष्टुरेण्ट छैन् ) । उनी सुनाउँछन् ः भाँडा माझ्दा खुब रुन्थे । ५ महिना त्यहाँ काम गरेपछि उनले स्टेसन फुड क्लब ( आयुष श्रेष्ठको रेष्टुरेण्ट ) मा कुक हेल्परको रुपमा काम सुरु गरे । त्यसपछि उनले पोखराको नयाँ बजारमा रहेको महेन्द्र उच्च मा.वि.मा कलेज पनि भर्ना भए । उनले त्यहि प्ल्स टु गरे भने उनको पढाई त्यतिमै सिमित भयो ।

बाल्यकालमा धेरै नृत्य गर्ने एल्विन एसएलसी दिएपछि भने गायमा रुची बढेको सुनाउँछन् । उनले स्टेसनमा काम गर्दा जोजिजुमा तीर्थ पोखरेलसँग गीत सिक्न जाने गर्दथे । उनले २०७० मा लेखनाथ महोत्सवमा आयोजना हुने गण्डकी तारामा सहभागीता जनाएर टप टेन सम्म पुग्न सफल भएका थिए । त्यसपछि गाउँदै जाँदा उनको गायन क्षेत्रमा रुची बढ्यो र विभिन्न कार्यक्रम, मेला, महोत्सवमा गीत गाउने गर्दथे । उनको त्यो प्रतिभा देखेर उनका साथीहरु किरण गुरुङ र विजय तामाङले पनि उनलाई होसला प्रदान गर्दै गायन क्षेत्रमा अझ अगाडी बढ्न प्ररित गर्थे । त्यसैले उनले आफ्ना साथीहरु प्रेरणाका स्रोत मान्छन् । उनले आयुष श्रेष्ठलाई पनि आफ्नो प्रेरणाका स्रोत मान्छन् । आयुषले नै उनलाई गीत सिक्न पठाउने भने आयुषलेको गरेको संघर्ष देखेर नै उनमा थप उर्जा मिल्थ्यो । उनले स्टेसनमा ५ वर्ष काम गरे पछि पहिलो काम गरेको रेष्टुरेण्ट डिमाण्डका सबै सामान किनेर आफैले लेखनाथको पावरहाउसमा ससेज पोइन्ट खोले । त्यसपछि उनको जीवनशैली नै बद्लियो । अहिले उनी ३ वटा रेष्टुरेण्टका मालिक भएका छन् । उनको परिवारको आर्थिक अवस्था पनि परिवर्तन भएको छ । परिवार पनि उनीसँगै बस्छन् ।

परिवारका सदस्य उनका ३ वटा रेष्टुरेण्ट जिम्मा लिएका छन् भने उनी भने गीतलाई नै आफ्नो जीन्दगी बनाएर अगाडी बढिरहेका छन् । सानोमा ममीले चामल भिजाएर खुवाएको अझै याद छ उनलाई । आर्थिक अवस्था कमजोर भएकै कारणले उनका परिवारलाई आफन्तले राम्रो व्यवहार गर्दैनथे । त्यहि हुनाले पनि उनमा केही त गर्नैपर्छ भन्ने ईख पलायो । त्यहि ईख र मिहिनेतले उनी आज सक्षम छन् । मिङ्मा शेर्पा, यशकुमार जस्ता गायको गीत प्राय सुन्ने उनको पहिलो गीत ‘हे गोरी’ ले नै उनलाई चर्चाको शिखरमा पु¥यायो । उनको अर्को गीत उनको दोस्रो गीत ‘लजाएर मुस्कुराउने’ भन्ने गीत पनि यू—टुवमा हेर्न सकिन्छ । उनको अर्को गीत पनि आउने तयारीमा रहेको छ । कमल खत्रीको शब्द र संगीत खत्री र प्रकाश नेपाली रहेको ‘तिम्रो मिठो बोलीमा’ भन्ने आउने तयारीमा रहेको छ । गीत स्वर एल्विन र रेणुका गुरुङको रहने छ । एउटा गीत निर्माण गर्ने कुरा पनि त कम्ता गाह्रो कुरा होइन् । उनको पहिलो गीतको लागी काठमाण्डौँ १०÷१५ चोट जान आउन पथ्र्यो । मान्छे चिनेको थिए, धेरै दुःख र आर्थिक खर्च र समस्या भएको उनको भनाई । उनले गायनकै क्रम विभिन्न कार्यक्रममा सहभागीता जनाउन बाग्लुङ, सर्लाही, लम्जुङ, गृहजिल्ला तनहुँ घुमेका छन् । आफुले हात पारेको सफला देखेर परिवार पनि खुसी छन् भने नाचेर हिढ्ने मान्छे गायक भएको देखेर आफन्त, छरछिमेक र साथीभाई पनि दङ्ग छन् । तर उनलाई आफु सफल भएको जस्तो कहिले लाग्दैन रे । कारण सफल हुन निरन्तर मिहिनेत र परिश्रम गर्नुपर्छ । जुन जीवनमा गरेर कहिले सकिदैँन । उनले जीवनलाई संघर्ष, धर्य र सहनशिलताको रुपमा बुझेका छन् । स—साना काममा पनि सन्तुष्ट हुनुपर्ने सकेका छन् । अनि जति दुःख परे पनि आत्तिनुहुदैँन भन्ने जानेका छन् ।

जो व्यक्त स्वदेशमा केही नदेखेर विदेशिएका छन्, उनीलाईलाई पहिले के मा आफ्नो ईच्छा र ज्ञान छ त्यसमा सिप सिक्नुपर्ने एल्विनले सुझाउँछन् । स्वदेशमा नै केही गर्न सकिने उनको बुझाई छ । अहिले संगीत सिक्ने क्रममा काठमाण्डौँ बस्दै आएका एल्विन आगामी दिनमा पनि संगीत सिक्दै, बुझ्दै, डुब्दै, रमाउँदै जाने र संगीतबाटै अगाडी जाने सोच छ । लाईफमा म्यूजिकले खान देला, नदेला तर यसैका भविष्य अगाडी बढाउँछु उनी भन्छन् । अन्त्यमा गायक एल्विन थापाले आफुलाई माया, साथ दिने, सपोर्ट गर्ने र हौसला थपिदिने सम्पूर्ण शुभचिन्तक, आफन्त, साथीभाई, गुरुवर्ग र श्रोता दर्शकलाई धन्यवाद ज्ञापन गरेका छन् । साथै उनले आगामी दिनमा पनि यस्तै साथ, सहयोग र हौसला प्रदान गर्न आग्रह गरेका छन् ।

(Adipex)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओखलढुंगामा निर्वाचनका लागि एक हजार १२८ कर्मचारी खटाइने
ओखलढुंगामा निर्वाचनका लागि एक हजार १२८ कर्मचारी खटाइने
नागरिकता विधेयक पारित गरी नागरिकता वितरणलाई सहज बनाइने छ : प्रधानमन्त्री दाहाल
नागरिकता विधेयक पारित गरी नागरिकता वितरणलाई सहज बनाइने छ : प्रधानमन्त्री दाहाल
३४ लाख मोबाइल सेट आयात, ४३ लाख सिम बिक्री
३४ लाख मोबाइल सेट आयात, ४३ लाख सिम बिक्री
हात्तीको आक्रमणमा परी एकको मृत्यु
हात्तीको आक्रमणमा परी एकको मृत्यु
पशुपति वृद्धाश्रमको बेहाल देखेपछि कड्किए सांसद
पशुपति वृद्धाश्रमको बेहाल देखेपछि कड्किए सांसद
ओली र प्रचण्डले स्थायी कमिटि बैठकको एजेण्डा तय गरे
ओली र प्रचण्डले स्थायी कमिटि बैठकको एजेण्डा तय गरे
नगरपालिका र जिल्ला प्रशासन कार्यालयलाइ समेत टेरेनन् अतिक्रमणकारीहरूले
नगरपालिका र जिल्ला प्रशासन कार्यालयलाइ समेत टेरेनन् अतिक्रमणकारीहरूले
पल शाहले आँचललाई गाली नगर्न आफ्ना शुभचिन्तकलाई आग्रह गरे…
पल शाहले आँचललाई गाली नगर्न आफ्ना शुभचिन्तकलाई आग्रह गरे…
नेपाली काग्रेसले पार्टिलाई अन्तरघात गर्ने २४ जनालाई कारवार्हीको लागी सिफारीस !
नेपाली काग्रेसले पार्टिलाई अन्तरघात गर्ने २४ जनालाई कारवार्हीको लागी सिफारीस !
सुरक्षा खतरा रहेको प्रमाण देखाउन सरकारलाई चुनौती !
सुरक्षा खतरा रहेको प्रमाण देखाउन सरकारलाई चुनौती !

तपाईंले छुटाउनुभयो कि?