गाउँपालिकाकाे सुचना अब माेबाइलमा

Abhiyanpost Abhiyanpost
|
बिहिबार, मंसिर ६, २०७५
|
|
३६ पटक हेरिएको
Shares

सारांश

  • सोलुखुम्बु, ६ मंसिर ।
  •   थुलुङदूधकोशी गाउँपालिकाले सूचनामूलक मोबाइल एप सार्वजनिक गरेको छ ।
  • गाउँपालिकाको सम्पूर्ण विवरणसहित सो एप सार्वजनिक गरिएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिनुभयो ।

सोलुखुम्बु, ६ मंसिर ।  थुलुङदूधकोशी गाउँपालिकाले सूचनामूलक मोबाइल एप सार्वजनिक गरेको छ । गाउँपालिकाको सम्पूर्ण विवरणसहित सो एप सार्वजनिक गरिएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिनुभयो । सो एपमा सुझाव तथा गुनासो, समस्या दर्ता, हाम्रो बारेमा, सेवाहरु, कार्यक्रम तथा परियोजना, सूचना तथा जानकारी, वडा विवरण, महत्वपूर्ण स्थान र आपत्कालीन सम्पर्क नम्बरको पूर्ण विवरण राखिएको छ ।

गाउँपालिका अध्यक्ष राईले भन्नुभयो, “जो कोहीले भोगेको समस्या, गुनासो, गाउँपालिका वा जनप्रतिनिधिका बारेका सुझाव मोबाइल एपबाट नै दर्ता गर्न सकिन्छ ।” अध्यक्ष राईले भन्नुभयो, “अब विश्वको जुनसुकै कुनाबाट पनि गाउँपालिकाका बारेमा आफ्नो धारणा राख्न सकिन्छ ।” मोबाइलको एप स्टोरमा गएर thulungduddkoshi ruralmunicipality मा क्लिक गरी एप डाउनलोड गरी गाउँपालिकाको बारेमा सम्पूर्ण जानकारी हेर्न सकिने अध्यक्ष राईको भनाइ छ । ल्लाका सात गाउँपालिकामध्ये मोबाइल एप सार्वजानिक गर्नेमा थुलुङदूधकोशी पहिलो बनेको छ । सोलुदूधकुण्ड नगरपालिकाले भने केही महीनाअघि नै मोबाइल एप सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?