“गाउँमा नाम मात्रको स्वास्थ्य चौकी छ, नत यहाँ कुनै औषधी छ नत स्वास्थ्यकर्मी नै ।”- स्थानिय बासिन्दा ।

Abhiyanpost Abhiyanpost
|
बुधबार, कार्तिक १५, २०७४
|
|
३२ पटक हेरिएको
Shares
“गाउँमा नाम मात्रको स्वास्थ्य चौकी छ, नत यहाँ कुनै औषधी छ नत स्वास्थ्यकर्मी नै ।”- स्थानिय बासिन्दा ।

सारांश

  • स्वास्थ्य चौकीमा स्वाथ्यकर्मी नियमित नभएपछि खार्पुनाथ स्वास्थ्य चौकीमा स्थानीय युवाहरूले ताला लगाइदिएका छन् ।
  • हुम्लाकाे  खार्पुनाथ गाउँपालिका– ५ मा रहको स्वास्थ्य चौकीमा लामो समय देखि औषधी र स्वास्थ्यकर्मी दुवै नभएको र दैनिक स्वास्थ्य चौकी जाने बिरामीको उपचारमा समस्या आएको भन्दै स्थानीय युवाहरुले स्वास्थ्य चौकीमा ताला लगाएको स्थानीय कमल शाहीले बताए ।
  • उनका अनुशार चौध वर्षका जनक शाहीको टाउकोमा गहिरो चोट लागेर तीनवटा टाँका लगाएको १५ दिन बितिसक्दा पनि स्थानीय स्वास्थ्य संस्थामा टाँका खोल्ने स्वास्थ्यकर्मी नभएपछि स्वास्थ्य कार्यालय पुगेर आक्रोसित भएका युवाहरुले ताला लगाइएको हो ।
स्वास्थ्य चौकीमा स्वाथ्यकर्मी नियमित नभएपछि खार्पुनाथ स्वास्थ्य चौकीमा स्थानीय युवाहरूले ताला लगाइदिएका छन् । हुम्लाकाे  खार्पुनाथ गाउँपालिका– ५ मा रहको स्वास्थ्य चौकीमा लामो समय देखि औषधी र स्वास्थ्यकर्मी दुवै नभएको र दैनिक स्वास्थ्य चौकी जाने बिरामीको उपचारमा समस्या आएको भन्दै स्थानीय युवाहरुले स्वास्थ्य चौकीमा ताला लगाएको स्थानीय कमल शाहीले बताए ।
उनका अनुशार चौध वर्षका जनक शाहीको टाउकोमा गहिरो चोट लागेर तीनवटा टाँका लगाएको १५ दिन बितिसक्दा पनि स्थानीय स्वास्थ्य संस्थामा टाँका खोल्ने स्वास्थ्यकर्मी नभएपछि स्वास्थ्य कार्यालय पुगेर आक्रोसित भएका युवाहरुले ताला लगाइएको हो । गएको दुई महिना बढीको समयदेखि स्वास्थ्य चौकीका स्वाथ्य इन्चार्ज कर्णजीत शाही लगायतका स्वास्थ्यकर्मी स्वास्थ्य चौकी आएका छैन्न आक्रोसित मुद्रामा आएका शाहीले भने “गाउँमा नाम मात्रको स्वास्थ्य चौकी छ, नत यहाँ कुनै औषधी छ नत स्वास्थ्यकर्मी नै ।”
जिल्लामा गए गउँकै स्वास्थ्य संस्थामा यथेष्ट औषधी पठाइएको भन्ने तर गाउँमा स्वास्थ्य संस्थाको कहिल्यै ढोका नखुल्ने भएपछि स्वास्थ्य चौकीनै बन्द गर्न आफूहरु बाध्य भएको स्थानीयले दावी गरे

(www.speedclean.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?