गाउँले दूषित पानी पिउन बाध्य

Abhiyanpost Abhiyanpost
|
बुधबार, मंसिर १२, २०७५
|
|
५८ पटक हेरिएको
Shares
गाउँले दूषित पानी पिउन बाध्य

सारांश

  • जुम्ला, १२ मङ्सिर, स्रोत, संरचना सबै हुँदा पनि तातोपानी गाउँपालिका–२ जर्मी गाउँमा महीनौँदेखि खानेपानीको हाहाकार भइरहेको छ ।
  • पानी छोड्ने चौकीदारले एकाएक पानी नछोडेपछि पूरै गाउँले दूषित नदीको पानी खान बाध्य भएका हुन् ।
  • आफूलाई गाउँलेले तलब पनि नदिएको र केही टाठाबाठाले खानेपानी आयोजनाका सामग्रीमा अनियमितता गरेको भन्दै धारा बन्द गरेको चौकीदार दीपक बूढाले बताउनुभयो ।

जुम्ला, १२ मङ्सिर, स्रोत, संरचना सबै हुँदा पनि तातोपानी गाउँपालिका–२ जर्मी गाउँमा महीनौँदेखि खानेपानीको हाहाकार भइरहेको छ । पानी छोड्ने चौकीदारले एकाएक पानी नछोडेपछि पूरै गाउँले दूषित नदीको पानी खान बाध्य भएका हुन् । आफूलाई गाउँलेले तलब पनि नदिएको र केही टाठाबाठाले खानेपानी आयोजनाका सामग्रीमा अनियमितता गरेको भन्दै धारा बन्द गरेको चौकीदार दीपक बूढाले बताउनुभयो ।
मानवीय आधारभूत आवश्यकता खानेपानी पछिल्लो समय निकै अभाव हुन थालेको छ । वन फँडानीले मुहान सुकेपछि पानीको हाहाकार भएको हो भने कतै, स्रोत हुँदा पनि व्यवस्थापन नहुँदा पानीको अभाव भएको छ भने, कतै बनेका धारा पाटी पौवा दीर्घकालीन नहुँदा पनि पानीको अभाव कर्णालीका नागरिकले भोगिरहेका छन् ।
चौकीदार दीपक बूढाले भन्नुभयोे, “एकातर्फ शुल्क उठाउन जाँदा गाँउलेले मान्दैनन् । अर्कोतर्फ, गाउँका केही ठूलाबडाले आफ्नो प्रयोजनका लागि सार्वजनिक पाइप प्रयोग गरी ठाउँठाउँमा पाइप लाइन काटेर, पानी चुहावट गरेकाले धारा बन्द गरेको उल्लेख गर्नुभयो । हुँदाहुँदा अनियमितता, दैनिक पिउने पानीमा पनि देखियो, उहाँले भन्नुभयो, गाउँमा पानी छैन, तर केही व्यक्ति, पाइप लगाएर घरमा लिन्छन्, यसो किनभन्दा कुनै प्रतिक्रिया आउँदैन र भद्रभलाद्मी पनि मौन देखिएपछि धारानै बन्द गर्न पुगेको उहाँको भनाइ छ ।

जबसम्म, आफ्नो तलब र सार्वजनिक जिन्सी सामग्रीका विषयमा छलफल हुँदैन, तबसम्म कुनै हालतमा पानी नछोड्ने चेतावनी चौकीदार बूढाले दिनुभयो । तर अहिले जर्मी गाउँका अधिकांश स्थानीय नदीको पानी प्रयोग गरिरहेका छन् भने, कोही घण्टौँको बाटो हिँडेर पानी ल्याउने गर्दछन् । स्थानीय महिला कुइरी दमाईंले भन्नुभयो, “धारा बन्द भएपछि, नदीको पानी खाएर रुघाखोकी लाग्ने अवस्था छ ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Deadpool 2 – Censor Board Passed the Movie with shocking No of Cuts
Deadpool 2 – Censor Board Passed the Movie with shocking No of Cuts
आगलागीमा परी बहिनीको मृत्यु, दिदी घाइते
आगलागीमा परी बहिनीको मृत्यु, दिदी घाइते
सरकारको बिषयमा भ्रमित भैराख्न पर्दैन् यो देश केपिअोलिको सरकारले बनाउछ: युवासंघ अध्यक्ष पौडेल
सरकारको बिषयमा भ्रमित भैराख्न पर्दैन् यो देश केपिअोलिको सरकारले बनाउछ: युवासंघ अध्यक्ष पौडेल
सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर, बजार व्यवस्थापन अझै चुनौती
सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर, बजार व्यवस्थापन अझै चुनौती
Why Are Many Public Meeting People Abroad Through International Online dating sites?
बाबुको काजकिरिया गर्दै छोरी
बाबुको काजकिरिया गर्दै छोरी
पोर्चुगलको नागरिकता पाउनेमा नेपाली टपटेनमा, नागरिकता पाउने नेपाली ३ बर्षमा तेब्बर
पोर्चुगलको नागरिकता पाउनेमा नेपाली टपटेनमा, नागरिकता पाउने नेपाली ३ बर्षमा तेब्बर
युक्रेनको जापोरिजिया क्षेत्रका दुई शहरतर्फ रूसी आक्रमण तीब्र
युक्रेनको जापोरिजिया क्षेत्रका दुई शहरतर्फ रूसी आक्रमण तीब्र
अबको निर्वाचन पछि के. पि. ओलिको नेतृत्वमा दुई तिहाइ बहुमत सहितको सरकार
अबको निर्वाचन पछि के. पि. ओलिको नेतृत्वमा दुई तिहाइ बहुमत सहितको सरकार
बाढीबाट औषधि गुमाएका नुवाकोटका ज्येष्ठ नागरिकलाई सिर्खलीमा निःशुल्क विशेषज्ञ सेवा
बाढीबाट औषधि गुमाएका नुवाकोटका ज्येष्ठ नागरिकलाई सिर्खलीमा निःशुल्क विशेषज्ञ सेवा

तपाईंले छुटाउनुभयो कि?