गुफा डाँडामा आन्तरिक पर्यटकको चहलपहल

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, पौष २२, २०७९
|
|
३७ पटक हेरिएको
Shares
गुफा डाँडामा आन्तरिक पर्यटकको चहलपहल

सारांश

  • काठमाडौँ ।
  • सिन्धुपाल्चोकको मेलम्ची–९ गुफा डाँडामा आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।
  • विसं २०७५ मा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको जलवायु सम्मेलनपछि एकाएक चर्चा चुलिएको गुफा डाँडामा पर्यटन प्रवर्द्धनका लागि आवश्यक पूर्वाधार निर्माण हुन थालेपछि गुफा डाँडा जलवायु उद्यान पर्यटकको आकर्षक गन्तव्य स्थल बन्न थालेको छ ।

काठमाडौँ । सिन्धुपाल्चोकको मेलम्ची–९ गुफा डाँडामा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । विसं २०७५ मा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको जलवायु सम्मेलनपछि एकाएक चर्चा चुलिएको गुफा डाँडामा पर्यटन प्रवर्द्धनका लागि आवश्यक पूर्वाधार निर्माण हुन थालेपछि गुफा डाँडा जलवायु उद्यान पर्यटकको आकर्षक गन्तव्य स्थल बन्न थालेको छ ।

मेलम्ची नगरपालिका–९ मा अवस्थित गुफा डाँडा जलवायु उद्यान आकर्षक र मनमोहक छ । यहाँबाट विभिन्न हिमशृङ्खलासँगै धुलिखेल, नगरकोटलगायत उच्च पहाडी भेगको दृश्यावलोकन गर्न सकिन्छ । स्वच्छ हावापानी, धार्मिक, सांस्कृतिक, पुरातात्त्विक महत्त्व र जडीबुटीका हिसाबले पनि गुफा डाँडा भू स्वर्गजस्तै छ ।

प्रथम राष्ट्रिय जलवायु सम्मेलन पूर्व चौँरी खर्क मात्रै रहेको ठाउँमा जलवायु सम्मेलनपश्चात् पर्यटकीय गन्तव्यको विकाससँगै गुफा डाँडा जलवायु उद्यान घुम्न पर्यटकको घुइँचो लाग्ने गरेको छ । यहाँको वातावरणमा रमाउन पाउँदा खुसी लागेको काभ्रेपलाञ्चोकका आशाकाजी श्रेष्ठले बताउनुभयो । 

चौताराबाट आउनुभएकी बिन्दु सापकोटा दोस्रो पटक घुम्न आएको बताउनुहुन्छ । लामाहरू ज्ञान प्राप्तिका लागि गुफा बसेका कारण गुफा डाँडा भनिएको किंवदन्ती रहेको पछिल्लो समय आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले बताउनुभयो । 

विभिन्न सङ्घसंस्थाको बैठक, गोष्ठीलगायतका कार्यक्रमसमेत गुफा डाँडा जलवायु उद्यानमा आयोजना हुन थालेपछि चहलपहल बढेको छ । गुफा डाँडाको प्रचार–प्रसारसँगै स्थानीयको आयआर्जनमा पनि टेवा पुगेको मेलम्ची नगरपालिका–९ का युवराज पुरी बताउनुहुन्छ ।

पर्यटक पर्खाइमा बसेको डाँडामा पुग्न भने बर्खा याममा सकस हुने गरेको छ । यहाँ होटल तथा होमस्टेको अभाव छ । पर्यटन प्रवर्द्धनका लागि गुरुयोजना बनाएर यो क्षेत्रमा चिया बगान, वनभोज स्थल, भ्यूटावर, रिसोर्ट, खेलमैदान, संस्कृति झल्किने सङ्ग्रहालयलगायत स्थापना गर्ने उद्देश्य रहेको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चीन, अमेरिका विवादका कारण एपेक बैठक घोषणापत्र विना नै  समाप्त
चीन, अमेरिका विवादका कारण एपेक बैठक घोषणापत्र विना नै समाप्त
संघ, प्रदेश र स्थानीय तहबीच शक्ति टकराव हुनसक्छ : अध्यक्ष तिमिल्सिना
संघ, प्रदेश र स्थानीय तहबीच शक्ति टकराव हुनसक्छ : अध्यक्ष तिमिल्सिना
युक्रेनी जहाज मिसाइल हानेर खसालिएको आशंका
युक्रेनी जहाज मिसाइल हानेर खसालिएको आशंका
सिन्धुपाल्चोकको गुम्बा गाउँमा कोरोना नभएको पुष्टि
सिन्धुपाल्चोकको गुम्बा गाउँमा कोरोना नभएको पुष्टि
कात्तिक १३ गते बिहिवारको राशिफल यस्तो छ
कात्तिक १३ गते बिहिवारको राशिफल यस्तो छ
आजको मौसमः चार प्रदेशमा पानी पर्ने
आजको मौसमः चार प्रदेशमा पानी पर्ने
युवासंघ नेपालले भाद्रमा अाफ्नो राष्ट्रिय महाँधिबेसन् गर्दै ।
युवासंघ नेपालले भाद्रमा अाफ्नो राष्ट्रिय महाँधिबेसन् गर्दै ।
शासनपद्धति जीवन पद्धतिसँग जोडिनुपर्दछ : प्रदेश प्रमुख गुरुङ
शासनपद्धति जीवन पद्धतिसँग जोडिनुपर्दछ : प्रदेश प्रमुख गुरुङ
फेसबुक चलाएर बस्ने विमानास्थलका कर्मचारीलाई कारवाही हुन्छ, चलाउनेको फोटो संकलन भइसक्योः पर्यटनमन्त्री भट्टराई
फेसबुक चलाएर बस्ने विमानास्थलका कर्मचारीलाई कारवाही हुन्छ, चलाउनेको फोटो संकलन भइसक्योः पर्यटनमन्त्री भट्टराई
उपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई झण्डै पाँच हजार मतले पछाडि पार्दै पद्मा अर्याल
उपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई झण्डै पाँच हजार मतले पछाडि पार्दै पद्मा अर्याल

तपाईंले छुटाउनुभयो कि?