गृहमन्त्रालयले भन्यो ‘भारतीय मालवाहक गाडीलाई जहाँसुकै चेकजाँच गर’

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आषाढ ३, २०७६
|
|
४९ पटक हेरिएको
Shares
गृहमन्त्रालयले भन्यो ‘भारतीय मालवाहक गाडीलाई जहाँसुकै चेकजाँच गर’

सारांश

  • भारतबाट भित्रिने मालवाहक गाडीमा शंका लागे प्रहरीले जुनसुकै समय र स्थानमा चेकजाँच गर्न सक्ने गृहमन्त्रालयले जनाएको छ ।
  • एक महिना पहिले गृहमन्त्रालयले २२ जिल्ला प्रशासनलाई परिपत्र गर्दै प्रहरीलाई अनावश्यक चेकजाँच नगर्न निर्देशन गरेको थियो ।
  • तर गृह उक्त निर्देशनको सर्वत्र विरोध र आलोचना भएको थियो ।

भारतबाट भित्रिने मालवाहक गाडीमा शंका लागे प्रहरीले जुनसुकै समय र स्थानमा चेकजाँच गर्न सक्ने गृहमन्त्रालयले जनाएको छ । एक महिना पहिले गृहमन्त्रालयले २२ जिल्ला प्रशासनलाई परिपत्र गर्दै प्रहरीलाई अनावश्यक चेकजाँच नगर्न निर्देशन गरेको थियो । तर गृह उक्त निर्देशनको सर्वत्र विरोध र आलोचना भएको थियो । विरोध र आलोचना बढ्द गएपछि गृहले आफ्नो पूर्व निर्देशनलाई सच्चाउँदै त्यसको बचाउमा पछिल्लो विज्ञप्ति जारी गरेको हो ।

यसअघि भारतबाट भित्रिने मालवाहक साधनलाई अनावश्यक दुःख नदिन भन्दै परिपत्र गरेको गृह मन्त्रालयले अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र सम्बद्ध सुरक्षा निकायले शंका लागेमा जहाँ र जुनसुकै समयमा चेकजाँच गर्नसक्ने जनाएको हो ।

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले भनेका छन्, ‘कुनै व्यवसायप्रति आग्रह र पूर्वाग्रह राखी कसैप्रति लक्षित भई परिपत्र गरिएको हैन । उद्योगमैत्री वातावरण गर्न प्रशासनलाई परिपत्र गरिएको हो ।’

उक्त परिपत्र नेपाल प्रवेश गरिसकेपछि सडकमा हुने गरेको दुःख हैरानीका सम्बन्धमा आएका गुनासा सम्बोधन गर्ने प्रयोजनका लागि मात्रै गरिएको गृहको पछिल्लो दाबी छ । यसअघि जेठ २ गते गृह मन्त्रालयका शाखा अधिकृत दीपक पौडलले हस्ताक्षर गरेको परिपत्रमा बाटामा ट्राफिक प्रहरीले दुःख दिएको भन्दै चेकजाँच नगर्न निर्देशन दिइएको थियो ।

बाटोमा ट्राफिक प्रहरीले ओभरलोड भनेर ट्रक र ट्रेलर समाती दुःख दिने, जरिवाना तिराउने, २–३ दिनसम्म होल्ड राख्ने गरेको उद्योगीको गुनासोपछि यस्तो निर्देशन गर्नुपरेको गृह मन्त्रालयले जनाएको थियो ।

नियमन गर्ने छुट्टै निकाय भएकाले उनीहरूले आग्रह गरेमा शान्ति सुरक्षाको व्यवस्था गरे पनि अनावश्यक दुःख नदिन परिपत्रमा भनिएको थियो । नियामक निकायको समन्वय र अनुरोधबिना क्षेत्राधिकारविपरीत रोक्ने, हैरानी दिने कार्य नगर्न गृहमन्त्री रामबहादुर थापाको निर्णय भन्दै गरिएको आफ्नै परिपत्र विपरित गृहले सोमबार विज्ञप्ति जारी गरेको हो ।

(buildersmerchant.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शुक्रबारको विनिमयदर : अमेरिकी डलर र युरो दुवैको भाउ घट्यो
शुक्रबारको विनिमयदर : अमेरिकी डलर र युरो दुवैको भाउ घट्यो
पाइलटले त्यही जहाज सोमबार क्यानडाबाट बंगलादेश ल्याएका थिए, दुर्घटनाले उब्जाएका सात प्रश्न
भारतसँग अन्तिम गोली रहेसम्म लड्ने पाकिस्तानको चेतावनी
भारतसँग अन्तिम गोली रहेसम्म लड्ने पाकिस्तानको चेतावनी
दाङमा अचेत अवस्थामै ज्यान गुमाएकी महिलामा कोरोना पुष्टि
नेपाली सेनाको टोलीबाट सगरमाथा हिमालको सफल आरोहण
नेपाली सेनाको टोलीबाट सगरमाथा हिमालको सफल आरोहण
अम्पायरसँगकाे असन्तुष्टि सन्दिपलाई पर्याे भारी !
अम्पायरसँगकाे असन्तुष्टि सन्दिपलाई पर्याे भारी !
आतङ्कवादी आक्रमणमा सम्लग्नलाई हदैसम्म कडा कारबाही हुनुपर्छः अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्प !
सहयोगीका भरमा प्रशासन कार्यालय
सहयोगीका भरमा प्रशासन कार्यालय
माइनस पाँच डिग्री तापक्रममा मतपेटिका कुर्दै दलका कार्यकर्ता
माइनस पाँच डिग्री तापक्रममा मतपेटिका कुर्दै दलका कार्यकर्ता
डरलाग्दो छ विदेशी भूमिमा नेपाली श्रमिकको मृत्युदर
डरलाग्दो छ विदेशी भूमिमा नेपाली श्रमिकको मृत्युदर

तपाईंले छुटाउनुभयो कि?