गोरक्ष महायज्ञबाट बेवारिसे गाईबाच्छाका लागि ६७ लाख सङ्कलन

Abhiyanpost Abhiyanpost
|
आइतबार, बैशाख ३१, २०८०
|
|
५२ पटक हेरिएको
Shares
गोरक्ष महायज्ञबाट बेवारिसे गाईबाच्छाका लागि ६७ लाख सङ्कलन

सारांश

  • काठमाडौं ।
  • सडकमा छाडा छोडिएका असहाय गाईबाच्छा संरक्षणका लागि गोरक्ष महायज्ञबाट ६७ लाख सहयोग सङ्कलन भएको छ ।
  • कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित पशुपति क्षेत्र विकास कोषको नाममा रहेको जग्गामा करिब दुई सय बेवारिसे गाईबाच्छा संरक्षणका लागि आयोजित महायज्ञमा रु उक्त रकम सङ्कलन भएको हो ।

काठमाडौं । सडकमा छाडा छोडिएका असहाय गाईबाच्छा संरक्षणका लागि गोरक्ष महायज्ञबाट ६७ लाख सहयोग सङ्कलन भएको छ ।

कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित पशुपति क्षेत्र विकास कोषको नाममा रहेको जग्गामा करिब दुई सय बेवारिसे गाईबाच्छा संरक्षणका लागि आयोजित महायज्ञमा रु उक्त रकम सङ्कलन भएको हो । महायज्ञमा २१ लाख खर्च भएको थियो ।

बेवारिसे गाईबाच्छा संरक्षणका लागि सहयोग जुटाउने उद्देश्यले वैशाख २२ देखि २८ गतेसम्म आयोजना गरिएको महायज्ञमा श्रद्धालु भक्तजनको उत्साहप्रद उपस्थिति रहेको महायज्ञका संयोजक उत्तम पुडासैनीले जानकारी दिए ।

सडकमा छाडा छोडिएका गाईबाच्छा संरक्षणका लागि नेपालकै इतिहासमा पहिलो पटक आयोजना यस महायज्ञमा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलले कथावाचन गर्नुभएको उनले बताए ।

बेवारिसे गाईबाच्छा संरक्षण अभियानमा जनचासो बढ्ने क्रम पनि जारी छ । गाईबाच्छा संरक्षणका लागि कागेश्वरी मनोहरा नगरपालिकाले एम्बुलेन्स उपलब्ध गराएको थियो ।

वैशाख २२ गते उपराष्ट्रपति रामसहायप्रसाद यादवले महायज्ञ उद्घाटन गरेका थिए । वि.सं २०७५ जेठ १ गतेदेखि बेवारिसे प्रारम्भ गरिएको अभियानबाट सडकमा दुःख पाएका गाईबाच्छाको संरक्षण भएको छ । छाडा छोडिएका गाईबाच्छा संरक्षणका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने आयोजक समितिले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कुन प्रदेशमा कति मन्त्रालय ? अस्थायी राजधानी तोकिदै
कुन प्रदेशमा कति मन्त्रालय ? अस्थायी राजधानी तोकिदै
भारतीय निर्वाचनमा लफडा : राहुल गान्धी ब्रिटिश नागरिक भएको दाबी, सरकारले माग्यो स्पष्टीकरण
भारतीय निर्वाचनमा लफडा : राहुल गान्धी ब्रिटिश नागरिक भएको दाबी, सरकारले माग्यो स्पष्टीकरण
शेख रसेल कप चेसमा नेपालद्वारा पाकिस्तान पराजित
शेख रसेल कप चेसमा नेपालद्वारा पाकिस्तान पराजित
इमर्जेन्सीमा बिरामी कराइरहन्छन् तर डाक्टर आउँदैनन् !
दाईजोमा मोटरसाइकल नदिएको भन्दै श्रीमतिको हत्या गरेपछि !
Приложения MostBet для Android, IOs и Window
२० लाखले वामदेव गौतमलाइ तनाब, महानिरीक्षक संग पैशा माग्न काे पत्रकार गएकाे थियाे ?
लाओसलाई हराउँदै नेपाल दोस्रो चरणमा प्रवेश
लाओसलाई हराउँदै नेपाल दोस्रो चरणमा प्रवेश
अमेरिकी डलरमा सामान्य गिरावट, कुन मुद्रा कतिमा हुँदै छ कारोबार?
अमेरिकी डलरमा सामान्य गिरावट, कुन मुद्रा कतिमा हुँदै छ कारोबार?
अस्पताललाई १० प्रतिशत निःशुल्क उपचार गर्न मन्त्री बस्नेतको निर्देशन
अस्पताललाई १० प्रतिशत निःशुल्क उपचार गर्न मन्त्री बस्नेतको निर्देशन

तपाईंले छुटाउनुभयो कि?