गोली प्रहारबाट एक युवाको ज्यान गएपछि काभ्रेको मेथीनकोटमा अझै मतदान सुरु हुन सकेन !

Abhiyanpost Abhiyanpost
|
आइतबार, बैशाख ३१, २०७४
|
|
५६० पटक हेरिएको
Shares

सारांश

  • काभ्रे, वैशाख ३१– काभ्रेको नमोबुद्ध नगरपालिका ४, मेथीनकोटमा गोली प्रहारबाट नवराज पाठकको ज्यान गएपछि मतदान सुरु हुन सकेको छैन ।
  • गोली हान्नेलाई कारबाहीको माग गर्दै मतदाता मतदानमा सहभागी नभएका हुन् ।
  • उनीहरुले घटनाको निष्पक्ष रुपमा छानविन गर्न माग गरेका छन् ।

काभ्रे, वैशाख ३१– काभ्रेको नमोबुद्ध नगरपालिका ४, मेथीनकोटमा गोली प्रहारबाट नवराज पाठकको ज्यान गएपछि मतदान सुरु हुन सकेको छैन । गोली हान्नेलाई कारबाहीको माग गर्दै मतदाता मतदानमा सहभागी नभएका हुन् । उनीहरुले घटनाको निष्पक्ष रुपमा छानविन गर्न माग गरेका छन् ।

निर्वाचन अधिकृतले मतदानमा सहभागी हुन आग्रह गरिरहेपनि उनीहरुले सहभागिता जनाएका छैनन् । यस्तै काभ्रेको धुलिखेल नगरपालिका वडानम्बर १२ मा पनि आज मतदान भएको छैन ।

चार दिन अघि राप्रपाका वडा सदस्यका उम्मेदवार शुकबहादुर तामाङको निधन भएपछि त्यहाँ मतदान रोकिएको हो । त्यहाँ जेठ ३ गतेका लागि चुनाव तोकिएको छ । काभ्रेका अरु मतदान केन्द्रमा भने मतदान भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?