गोविन्द केसीका कारण टिचिङको ४१ करोड आम्दानी गुम्यो, हाडजोर्नी विभागकै बेहाल

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, श्रावण ४, २०७५
|
|
३५ पटक हेरिएको
Shares
गोविन्द केसीका कारण टिचिङको ४१ करोड आम्दानी गुम्यो, हाडजोर्नी विभागकै बेहाल

सारांश

  • काठमाडौं, ४ साउन ।
  • चिकित्सा शिक्षा र सेवा सुधारको माग गर्दै २१ दिनदेखि अनशन बसेका त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक प्रा.
  • डा.

काठमाडौं, ४ साउन । चिकित्सा शिक्षा र सेवा सुधारको माग गर्दै २१ दिनदेखि अनशन बसेका त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक प्रा.डा. गोविन्द केसीको आन्दोलनबाट शिक्षण अस्पतालले अहिलेसम्म ४१ करोडभन्दा बढी रकम गुमाउन बाध्य भएको तथ्य सार्वजनिक भएको छ । नेपाली बिद्यार्थीहरुलाई बिदेशी मेडिकल कलेजमा पढन जान बाध्य बनाउने शैक्षिक माफियाको योजनाअनुसार भर्ना हुने समयमा अनशन बस्ने र सदैव अस्पताल रोज्ने केसीका कारण टिचिङ अस्पतालले ४१ करोड २५ लाख रुपैयाँ आम्दानी गुमाउनु परेको हो ।

यतिबेला डा. केसी १५औं अनसन बसिरहेका छन् । डा. केसीले हिजोबाट पुनः शिक्षण अस्पतालमै अनशन अघि बढाएका छन् । उनले अहिलेसम्म टिचिङ अस्पतालमा १ सय ६५ दिन अनशन बसेका छन् । शिक्षण अस्पतालका अनुसार प्रतिदिन २५ लाखका दरले आम्दानी हुने गरेको छ । यसअनुसर केसीको अन्दोलनबाट ४१ करोड २५ लाख रुपैयाँ गुमेको छ । डा. केसीको अनशनको लागि चाहिने खर्च समेत अस्पतालबाटै हुने गरेको छ ।

डा. केसीले २०६९ साल असार २१ गतेबाट अनशन शुरु गरेका हुन् । त्यसपछि उनले अहिलेसम्म १ सय ८६ दिन अनशन बसेका छन् । जसमध्ये २० दिन जुम्लामा अनसन बसेका हुन् । केही दिन दाङसमेत मिलाएर बाँकी १ सय ६५ दिन डाक्टर केसीले शिक्षण अस्पतालमा नै अनशन बसेका छन् ।

अस्पतालमा कुनै प्रकारको आन्दोलन गर्न नपाइने भएपनि डा. केसीले त्रिभुवन विश्वविद्यालयको नियम मान्दिन, अनुशासन मान्दिन भन्दै आफू अनशन बस्ने र एप्रोन लगाएर आफ्ना विद्यार्थीहरुलाई पनि अस्पतालभित्रै जुलुस लगाउन लगाई बिरामीको स्लाइन थुत्न लगाउनेसम्मको काम गर्दै आएको बताइएको छ । अस्पताल स्रोतका अनुसार त्रिविले दैनिक विरामीलाई सेवा दिएबापत २५ लाख रुपैया संकलन गर्दै आएको छ । केसीको अनशनले अस्पताल नै धराशायी बनेको छ । “डा. केसीको आन्दोलन त्रिवि शिक्षण अस्पताललाई निकै महंगो सावित भएको छ । उहाँ आफू अस्पतालको कुनै नियम मान्नुहुन्न, उहाँको आदेश राणाकालीन चन्द्र शमशेरको जसरी सबैले मान्नुपर्छ”, अस्पतालका एक चिकित्सकले भने ।

ती चिकित्सकका अनुसार केसीको नेतृत्वमा रहेको हाडजोर्नी विभागकै बेहाल भएको छ । अहिले विरामीले शल्यक्रियाका लागि कम्तीमा ६ महिना कुर्नुपर्छ । सो विभागमा काम नगर्ने अन्य चिकित्सकलाई समेत काम गर्न नदिने भएकाले हाडजोर्नी विभागका अधिकांश बिरामी महंगो मूल्य तिरेर निजी अस्पतालमा उपचार लिन बाध्य भएका छन् । जसको कारण टिचिङ अस्पतालले ठूलै आम्दानी गुमाउनु परेको छ । “मेडिकल माफियाको स्वार्थमा डाक्टर केसीले आफ्नै अस्पताल बर्वाद बनाए । उनको समर्थकले एकपटक डाक्टर केसीले सेवा दिने हाडजोर्नी विभाग हेर्दा सबै जानकारी हुन्छ”, ती चिकित्सकले भने, “नेपालका गरिब जनताले स्वास्थ्य सुविधा पाउने अस्पताललाई बर्बाद बनाए ।”

चिकित्सा शिक्षाको क्षेत्रमा सुधारको लागि गठित केदारभक्त माथेमा अयोगका सदस्य समेत रहेका डा. भगवान कोइरालाले पनि केसीका कारण आफू त्रिवि शिक्षण अस्पतालको निर्देशकबाट राजीनामा दिएर हिड्नु परेको सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् । डा. केसीका समर्थकले स्लाइन समेत थुतेर फाल्ने, अस्पताललाई अराजक भीड बनाउने काम भएपछि आफू मन थाम्न नसकी हिडेको कोइरालाको भनाई छ । डा. केसीले अनशन थालेपछि सरकार परिवर्तन लगत्तै आफ्नो अनशनको ब्यापार अघि बढाएको बताइन्छ ।

२०६९ असार २१ गतेदेखि अनशन शुरु गरेका डा. केसीले पहिलो र दोस्रो अनशन डा. बाबुराम भट्टराई, तेस्रो र चौथो अनशन खिलराज रेग्मी, पाचौं, छैटौं र सातौं अनशन सुशील कोइराला, आठौं अनशन केपी शर्मा ओली, नवौं र दशौं अनशन पुष्पकमल दाहाल, एघारौं, बाह्रौं, तेह्रौं र चौधौं अनशन शेरबहादुर देउवा गरी सबै प्रधानमन्त्रीको पालामा बसिसकेका छन् । विगतमा डा. केसीलाई अनशन बसाएर नेपालमा अस्थिरता सिर्जना गर्दै नेपालका विद्यार्थीहरुलाई विदेश पठाएर कमिशन खान पल्केका गिरोह आज डा. केसीको माध्यमबाट सत्ता पल्टाउन सकिन्छ कि भनेर चलखेल गरिरहेको जानकारहरु बताउँछन् ।

दैनिकीबाट

प्रतिक्रिया

9 कमेन्ट

    Comment Author

    Anita Lamsal

    Gumera kehi hunna kina tehi paisale netaharu thailand upachar garna.xadik gumera kehi hunna dirgakalin yojanako laagi arba gumepani kehi xaina chetana vaya.

    Comment Author

    Rajkumar Dulal

    Nepal ma arouw doctor Chhaina ra

    Comment Author

    Mani Raj Bhattarail

    यस्ले नेताले लुटेको अरबौ नदेख्ने रैछ।

    Comment Author

    Damkala Chhetri

    गरिब जनता को स्वास्थ को पिर छैन पैसा डुबेको पिर भयो वा

      Comment Author

      गणेश शर्मा

      डि आर जति आन्दोलनमा कस्ले हेर्नै गरिबको स्वास्थ्य?

    Comment Author

    Shiraraj Karki

    yeslai tiraunu

    Comment Author

    Nabin Prasad Adhikari

    के यो shikhar news डा के सि को विपक्षी हो ?

    Comment Author

    Narendra Tandan

    केसी को माग हरेक नगरिक लाई देखाउनु वा पढेर सुनाउनु कस्ले नराम्रो भन्छ।।आफ्नो लागि माग गर्ने लाई नै गाली गर्ने कस्तो हामी नगरिक??? कहिले सम्म नेता को हनुमान भएर राम्रो कुरा लाई नि नराम्रो भन्ने???माग जायज छन की नाई?

    Comment Author

    Lal Bahadur

    Gobinda ko karan hoina sarkar ko karan ho

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 9
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?