गोविन्द केसी आजको रात पनि हिरासतमै रहने, भोलिमात्रै बहस
सारांश
- काठमाडौं, पुस २५ ।
- अदालतको अवहेलना गरेको भन्दै पक्राउ परेका डाक्टर गोविन्द केसीको मुद्दामा बहस भने भोलि (बुधबार)मात्र हुने भएको छ ।
- तर केसकिो मुद्दामा बयान भने सकिएको छ ।
काठमाडौं, पुस २५ । अदालतको अवहेलना गरेको भन्दै पक्राउ परेका डाक्टर गोविन्द केसीको मुद्दामा बहस भने भोलि (बुधबार)मात्र हुने भएको छ । तर केसकिो मुद्दामा बयान भने सकिएको छ ।
न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदार चालिसेको इजलासमा दिउँसै बहस सुरू गर्ने तयारी भएपनि बयान नसकिदाँ बहस सरेको हो ।
केसीको पक्षमा ९२ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले बहसको नेतृत्व गर्नेछन् । भण्डारीसँगै केसीका पक्षमा ओमप्रकाश अर्याल, बाबुराम गिरी, दिनेश त्रिपाठी, सुरेन्द्र भण्डारीलगायत वकिलले बहसका लागि नाम लेखाएका छन् ।
केसीको विपक्षमा रमण श्रेष्ठ, उपेन्द्रकेशरी न्यौपाने, श्याम खरेल, लक्ष्मण थपलिया र दीपक बिष्टले बहस गर्नेछन् ।
केसीलाई आज पनि सिंहदरबार स्थित हिरासतमै राखिने भएको छ । हिरासतमा समेत अनसनमा रहेका केसीको साथमा प्रहरीले डाक्टर समेत राखेको छ ।
प्रतिक्रिया