दुई समूहबीच ‘ग्याङ फाइट’ हुँदा पाँच जना घाइते

Abhiyanpost Abhiyanpost
|
आइतबार, श्रावण २५, २०७७
|
|
५२ पटक हेरिएको
Shares
दुई समूहबीच ‘ग्याङ फाइट’ हुँदा पाँच जना घाइते

सारांश

  • कैलाली, साउन २५ ।
  • जिल्लाको टीकापुरमा दुई समूहबीच झडप हुँदा पाँच जना घाइते भएका छन् ।
  • टीकापुर नगरपालिका वडा नं ६ र वडा नं ९ का युवाबीच शनिबार साँझ झडप हुँदा वडा नं ६ प्रसेनीका दिनेश साउद, किरण रावल र सुरज चौधरी र वडा नं ९ बैदीका तपेन्द्र साउद र भुवन साउद घाइते भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

कैलाली, साउन २५ । जिल्लाको टीकापुरमा दुई समूहबीच झडप हुँदा पाँच जना घाइते भएका छन् । टीकापुर नगरपालिका वडा नं ६ र वडा नं ९ का युवाबीच शनिबार साँझ झडप हुँदा वडा नं ६ प्रसेनीका दिनेश साउद, किरण रावल र सुरज चौधरी र वडा नं ९ बैदीका तपेन्द्र साउद र भुवन साउद घाइते भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

घाइतेमध्ये दिनेश साउद, भुवन साउद र सुरज चौधरीको अवस्था गम्भीर रहेकाले टीकापुर अस्पतालमा उपचारपछि थप उपचारका लागि नेपालगञ्ज सिफारिस गरिएको सो प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक मधुसुधन न्यौपानेले बताए ।

बाँकी दुई जनाको टीकापुर अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार टीकापुरको खक्रौलास्थित बालुवाटारमा भएको झडपमा दुई समूहले एक–अर्कालाई धारिलो हतियार प्रहार गरेका थिए । घटनास्थलबाट प्रहरीले टीकापुर प्रसेनीका रवन साउद र लोकेन्द्र कडायतलाई नियन्त्रणमा लिएको छ । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यसकारण नेपाली हवाई सेवा अझै युरोपियन युनियनको प्रतिबन्धमा
यसकारण नेपाली हवाई सेवा अझै युरोपियन युनियनको प्रतिबन्धमा
आजको मौसम : तराईमा हुस्सु र कुहिरो, पहाडमा बदली
आजको मौसम : तराईमा हुस्सु र कुहिरो, पहाडमा बदली
सवारी दुर्घटनामा टर्कीमा छ जनाको मृत्यु, ३६ घाइते
सवारी दुर्घटनामा टर्कीमा छ जनाको मृत्यु, ३६ घाइते
त्रिभुवन विमानस्थलबाट बरामद सुनको तौल जम्मा जम्मा ६० किलो ७८९ ग्राम मात्र
त्रिभुवन विमानस्थलबाट बरामद सुनको तौल जम्मा जम्मा ६० किलो ७८९ ग्राम मात्र
नेकपाले दियो घुस प्रकरणमा मुछिएका पाठकको भिडियो
पाकिस्तानको जोर चलेन भारत विरुद्ध, विश्वकपमा भारतको अपराजित यात्रा
पाकिस्तानको जोर चलेन भारत विरुद्ध, विश्वकपमा भारतको अपराजित यात्रा
कोरियाको सहमतिपछि सबै आवेदकले ईपीएस परीक्षा दिन पाउने
कोरियाको सहमतिपछि सबै आवेदकले ईपीएस परीक्षा दिन पाउने
टोपबहादुर सहित १४ जनालाई हिरासतमा राख्न अदालतको अनुमति
टोपबहादुर सहित १४ जनालाई हिरासतमा राख्न अदालतको अनुमति
चुम्बन, अङ्कमाल वा हात मिलाउनुको सट्टा ‘नमस्कार’
चुम्बन, अङ्कमाल वा हात मिलाउनुको सट्टा ‘नमस्कार’
रञ्जु दर्शनाको विषयमा भ्रामक समाचार छापेको आरोपमा अर्का अनलाइन सञ्चालक पक्राउ
रञ्जु दर्शनाको विषयमा भ्रामक समाचार छापेको आरोपमा अर्का अनलाइन सञ्चालक पक्राउ

तपाईंले छुटाउनुभयो कि?