चक्रपथ विस्तारका लागि राजधानीमा विद्युत् कटौती

Abhiyanpost Abhiyanpost
|
मंगलबार, भाद्र १३, २०७४
|
|
५० पटक हेरिएको
Shares
चक्रपथ विस्तारका लागि राजधानीमा विद्युत् कटौती

सारांश

  • काठमाडौँ, १३ भदौ ।
  • काठमाडौँ उपत्यकाको सडक विस्तार तथा ट्राफिक व्यवस्थापनलाई सहयोग गर्न सडक किनारमा राखिएका पोल सार्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले आज केही स्थानमा विद्युत् कटौती गरेको छ ।
  • प्राधिकरणका अनुसार आज दिनभरजसो महाराजगञ्ज वितरण केन्द्र मातहतका सबै स्थानमा विद्युत् कटौती गर्न लागिएको हो ।

काठमाडौँ, १३ भदौ । काठमाडौँ उपत्यकाको सडक विस्तार तथा ट्राफिक व्यवस्थापनलाई सहयोग गर्न सडक किनारमा राखिएका पोल सार्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले आज केही स्थानमा विद्युत् कटौती गरेको छ ।

प्राधिकरणका अनुसार आज दिनभरजसो महाराजगञ्ज वितरण केन्द्र मातहतका सबै स्थानमा विद्युत् कटौती गर्न लागिएको हो ।

ट्राफिक प्रहरीले अभियानका रुपमा नै अगाडि बढाएको चक्रपथ सुधार तथा विस्तार कार्यमा प्राधिकरणको पोलले अवरोध गरेपछि त्यसलाई हटाउन ट्राफिक प्रहरी प्रमुख सर्वेन्द्र खनालले पोल हटाइदिन प्राधिकरणलाई आग्रह गर्नुभएको थियो ।

सडक विस्तार तथा चक्रपथ सुधार कार्यलाई व्यवस्थित बनाउन सहयोग गर्ने लक्ष्यका साथ आज दिनभर विद्युत् कटौती गर्न लागिएकाले आज दिनभर महाराजगञ्ज क्षेत्र प्रभावित हुने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार टोखा रोड ग्राण्डी, गंगालाल र न्यूरो अस्पताललगायतका क्षेत्रमा विद्युत् कटौती हुनेछ । यस्तै सामाखुसी चोक, टोखा रोड, टोखा बजारलगायत फिडरबाट वितरण भएका विद्युत्समेत कटौती हुनेछ ।

त्यसैगरी चक्रपथ चोक, धापासी, वसुन्धारा चोक आसपासका क्षेत्रमा समेत विद्युत् कटौती हुने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालकुमारी घटनाको छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने सहमति
बालकुमारी घटनाको छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने सहमति
रसायनिक आक्रमण पुष्टि भएमा असद र सहयोगीलाई छोडिने छैनः बेलायती प्रधानमन्त्री
रसायनिक आक्रमण पुष्टि भएमा असद र सहयोगीलाई छोडिने छैनः बेलायती प्रधानमन्त्री
कम्बोडियाली आमनिर्वाचनः हुन सेनको प्रधानमन्त्रीत्वकाल पुनः थप हुने
कम्बोडियाली आमनिर्वाचनः हुन सेनको प्रधानमन्त्रीत्वकाल पुनः थप हुने
सवारी दुर्घटनामा मृत्यु
सवारी दुर्घटनामा मृत्यु
मदिराले मातेका मित्रको छुरा प्रहारबाट पोर्चुगलमा एक नेपालीको मृत्यु
मदिराले मातेका मित्रको छुरा प्रहारबाट पोर्चुगलमा एक नेपालीको मृत्यु
वीरगञ्ज भन्सारद्वारा ७६ अर्ब ६३ करोड राजस्व सङ्कलन
वीरगञ्ज भन्सारद्वारा ७६ अर्ब ६३ करोड राजस्व सङ्कलन
प्रदेश १ को योजना आयोगको उपाध्यक्षमा सुवोधराज प्याकुरेल नियुक्त
प्रदेश १ को योजना आयोगको उपाध्यक्षमा सुवोधराज प्याकुरेल नियुक्त
पेट्रोलियम पदार्थको मूल्य नघटदा उपभोक्ता मारमा
पेट्रोलियम पदार्थको मूल्य नघटदा उपभोक्ता मारमा
सहकार्य र समन्वयबाट सभा सञ्चालनः उपाध्यक्ष अर्याल
सहकार्य र समन्वयबाट सभा सञ्चालनः उपाध्यक्ष अर्याल
कार्यकताका भावना कदर नहुनु नै एमालेको पराजय : बिशाल सुबेदी
कार्यकताका भावना कदर नहुनु नै एमालेको पराजय : बिशाल सुबेदी

तपाईंले छुटाउनुभयो कि?