चिकित्सकको आन्दोलनमा भाइब्रेन्ट र नेमका विद्यार्थीलाई गराइयो जबर्जस्ती सहभागी
सारांश
- काठमाडौं, ३ साउन ।
- नेपाली कांग्रससहितको चिकित्सक संघको आन्दोलनमा भाइब्रेन्ट र नेम इन्स्टिच्युबाट विद्यार्थीहरुलाई जबरजस्ती आन्दोलनमा सहभागी गराइएको तथ्य बाहिर आएको छ ।
- एक विद्यार्थीले नाम नबताउने शर्तमा आन्दोलनमा नगए तिमीहरुको प्राक्टिकल नम्बर घटाउँछु भन्दै आन्दोलनमा सहभागी गराइएको थियो ।
काठमाडौं, ३ साउन । नेपाली कांग्रससहितको चिकित्सक संघको आन्दोलनमा भाइब्रेन्ट र नेम इन्स्टिच्युबाट विद्यार्थीहरुलाई जबरजस्ती आन्दोलनमा सहभागी गराइएको तथ्य बाहिर आएको छ । एक विद्यार्थीले नाम नबताउने शर्तमा आन्दोलनमा नगए तिमीहरुको प्राक्टिकल नम्बर घटाउँछु भन्दै आन्दोलनमा सहभागी गराइएको थियो ।
माइतीघरदेखि सुरु भएको आन्दोलनमा सहभागी गराएपछि विद्यार्थीहरुले असन्तुष्टि व्यक्त गरेका छन् । यतिबेला आन्दोलन बानेश्वरस्थित एभरेष्ट होटल अगाडि प्रदर्शन भइरहेको छ । आन्दोलनमा चिकित्सक भन्दा बढी विद्यार्थीहरु रहेका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया