म्यान्माली नागरिक विस्थापित हुने क्रम जारी

Abhiyanpost Abhiyanpost
|
बिहिबार, जेठ १०, २०७५
|
|
५५ पटक हेरिएको
Shares
म्यान्माली नागरिक विस्थापित हुने क्रम जारी

सारांश

  • याङ्गोन, १० जेठ ।
  • म्यान्मारमा भैरहेको घरेलु द्वन्द्वका कारण मानिसहरु विस्थापित हुने क्रम अझै रोकिएको छैन ।
  • उत्तरी म्यान्माली क्षेत्रमा सेना र जातीय विद्रोहीबीचका झडपहरु जारी नै रहदा यहाँका स्थानीय नागरिक विस्थापनको क्रम नरोकिएको हो ।

याङ्गोन, १० जेठ । म्यान्मारमा भैरहेको घरेलु द्वन्द्वका कारण मानिसहरु विस्थापित हुने क्रम अझै रोकिएको छैन ।

उत्तरी म्यान्माली क्षेत्रमा सेना र जातीय विद्रोहीबीचका झडपहरु जारी नै रहदा यहाँका स्थानीय नागरिक विस्थापनको क्रम नरोकिएको हो ।

विगतका केही महिनादेखि उक्त क्षेत्रमा यहाँका अल्पसंख्यक मुस्लिम तथा अरु पनि केही स्थानीय अल्पसंख्यक जातीय समुदायका बीचमा विवादहरु चर्किएको समाचारमा जनाइएको छ ।

सेनाले ती उत्तरी क्षेत्रहरुमा अहिले पनि धरपकड जारी नै राखेको र यसका कारण भएको झडपमा हजारौँ सर्वसाधारण स्थानीय नागरिक विस्थापित भएको संयुक्त राष्ट्रसंघीय अधिकारीले बताएका छन् ।

चीनको सीमा क्षेत्र नजिकै रहेको म्यान्मारको कचिन राज्यमा केही महिनायता देखि नै सानातिना झडपहरु भएका छन् र यसले गर्दा उक्त क्षेत्रबाट हजारौँ मानिस विस्थापित भएका छन् ।

झडपका घटनाका कारण विस्थापित करिब १६ हजार नागरिक र आन्तरिकरूपमा विस्थापित भएर विभिन्न शिविरमा बसेका ८० हजार गरी उक्त क्षेत्रमा अहिलेसम्म करिब एक लाख सर्वसाधारण विस्थापित भएका छन् ।

स्थानीय संघसंस्थाले दिएको जानकारीअनुसार विद्रोहीको झडप भएका इलाकामा अझै कैयौँ सर्वसाधारण फसेका र मानवीय सहयोगको याचना गरिरहेका छन् ।

राष्ट्रसंघिय मानवीय मामिला समन्वय कार्यालयका प्रमुख मार्क कट्सले पछिल्ला झडपका घटनापछि उनीहरूलाई सुरक्षाको अनुभूति दिनुपर्ने अवस्था रहेको र उनीहरु अहिले नै घर फर्किने अवस्था पनि नरहेको धारणा राखे।

त्यसैगरी राष्ट्रसंघीय आयोग ओसिएचएले प्राप्त प्रतिवेदनमा केही नागरिकसमेत मारिएका भन्ने स्थानीयको दावीलाई भने अझै पुष्टि गरिसकेको छैन । यसबारे सरकारले भने केही बताएको छैन ।

उक्त क्षेत्रमा राष्ट्रसंघीय अधिकारीहरुले पनि काम गरिरहेका छन् । उनीहरुले जातीय विवाद गरी नागरिकलाई धरपकड नगर्न बारम्बार आग्रह गरिएको जनाएका छन् ।

तर यस विषयमा भने सरकारले केही प्रतिक्रिया दिएको छैन । मानवअधिकारवादीले सरकारी सुरक्षा निकायलाई जातीय अधिकारको सम्मान गर्न र धरपकड गर्न आग्रह गरिरहेका छन् ।

त्यस्तै म्यानमारबाटै जबर्जस्ती निकालिएर बङ्गलादेशमा शरणार्थीका रुपमा बस्न बाध्य भएका यहाँको अल्पसंख्यक रोहिंग्या जातिका करिब सात लाख नागरिक पनि अहिलेसम्म स्वदेश फर्किन पाएका छैनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिका, स्पेन र इटलीमा घट्यो कोरोना प्रभाव
अमेरिका, स्पेन र इटलीमा घट्यो कोरोना प्रभाव
अजरबैजान विमान दुर्घटना अपडेटः ३० भन्दा बढीको मृत्यु, २८ जनाको जीवितै उद्धार
अजरबैजान विमान दुर्घटना अपडेटः ३० भन्दा बढीको मृत्यु, २८ जनाको जीवितै उद्धार
यी हुन् जुवाडेको पैसा लुट्ने प्रहरी नायव निरीक्षक मल्ल !
यी हुन् जुवाडेको पैसा लुट्ने प्रहरी नायव निरीक्षक मल्ल !
एमाले र नेकपा माओवादी केन्द्रबीच राजनीतिक ढंगको गठबन्धन भएन: महासचिव मैनाली
एमाले र नेकपा माओवादी केन्द्रबीच राजनीतिक ढंगको गठबन्धन भएन: महासचिव मैनाली
सहिद स्मारक ए डिभिजन लिगमा च्यासल युथ क्लब संगा एपीएफ १–० ले पराजित
सहिद स्मारक ए डिभिजन लिगमा च्यासल युथ क्लब संगा एपीएफ १–० ले पराजित
एनिमलले तोड्यो जवानको रेकर्ड, २ दिनमा २३६ करोड कमायो
एनिमलले तोड्यो जवानको रेकर्ड, २ दिनमा २३६ करोड कमायो
गठबन्धन दलहरुलाई सांसद संख्याका आधारमा मन्त्री
गठबन्धन दलहरुलाई सांसद संख्याका आधारमा मन्त्री
नेपालगन्ज, बाँके, रुकुम, दाङ, बर्दिया, नवलपरासी , अछाम र ताप्लेजुङको ताजा मत पारीणाम
नेपालगन्ज, बाँके, रुकुम, दाङ, बर्दिया, नवलपरासी , अछाम र ताप्लेजुङको ताजा मत पारीणाम
यसरी लुट्छन् सरकारी कार्यालयमा, बजारभन्दा तेब्बरको बिल !
यसरी लुट्छन् सरकारी कार्यालयमा, बजारभन्दा तेब्बरको बिल !
नेविसंघका कार्यकर्ताद्वारा कञ्चनपुरमा सरकारी वकिलको कार्यालय तोडफोड
नेविसंघका कार्यकर्ताद्वारा कञ्चनपुरमा सरकारी वकिलको कार्यालय तोडफोड

तपाईंले छुटाउनुभयो कि?