चितवन २ को उपनिर्वाचन वैशाख १० गते हुने

Abhiyanpost Abhiyanpost
|
सोमबार, फाल्गुन १, २०७९
|
|
५१ पटक हेरिएको
Shares
चितवन २ को उपनिर्वाचन वैशाख १० गते हुने

सारांश

  • काठमाडौं।
  • चितवन जिल्ला निर्वाचन क्षेत्र नं.
  • २ को उपनिर्वाचन २०८० साल वैशाख १० गते हुने भएको छ।

काठमाडौं। चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ को उपनिर्वाचन २०८० साल वैशाख १० गते हुने भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादका कारण सांसद पद गएपछि निर्वाचन आयोगको आज बसेको बैठकले वैशाख १० गते उपनिर्वाचन गर्ने गरी निर्वाचनको मिति तोकेको छ।

नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले चितवन निर्वाचन क्षेत्र नम्बर २ मा आफूलाई स्वतः विजयी घोषणा गर्न माग गर्दै निवेदन दिएपपनि आयोगले यो क्षेत्रमा उपचुनाव नै गर्ने भएको हो।

नेपालको संविधानको धारा ८४ को उपधारा ७ मा प्रतिनिधि सभाको कार्यकाल ६ महिनाभन्दा बढी बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो सोही प्रक्रियाद्वारा पूर्ति गरिनेछ भन्ने व्यवस्था रहेको छ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ ले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत निर्वाचित कुनै सदस्यको पद प्रतिनिधि सभाको अवधि ६ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले रिक्त भएमा आयोगले तोकेको मितिमा त्यस्तो रिक्त सदस्यको पद उपनिर्वाचनद्वारा पूर्ति गरिने व्यवस्था भए बमोजिम आयोगले उपनिर्वाचनको मिति तोकेको हो।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७ बमोजिम आयोगले आज स्वीकृत गरेको उपनिर्वाचन सम्बन्धी निर्वाचन कार्यक्रम अनुसार फागुन १ गतेदेखि २०७९ चैत १६ गतेसम्म मतदाता नमावली अद्यावधिक कार्यक्रम सञ्चालन हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

त्यसैगरी उम्मेदवारको मनोनयन दर्ता २०७९ चैत २० गते, उम्मेदवारको विरोधमा उजुरी दिने चैत २१ गते, मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने चैत २२ गते, उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्य चैत २३ गते हुनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ११ पुग्यो
संसद् बैठकमा ढिलाइ, अवरोध गर्ने एमालेको तयारी
संसद् बैठकमा ढिलाइ, अवरोध गर्ने एमालेको तयारी
मितेरी पार्टीकोे चुनावी एजेण्डा, एमसीसी खारेजी, मासिक पाँच हजार सामाजिक सुरक्षा भत्ताको व्यवस्था
मितेरी पार्टीकोे चुनावी एजेण्डा, एमसीसी खारेजी, मासिक पाँच हजार सामाजिक सुरक्षा भत्ताको व्यवस्था
मधेसको विकासन गर्ने पार्टी भनेकै एमाले : एकनाथ ढकाल
मधेसको विकासन गर्ने पार्टी भनेकै एमाले : एकनाथ ढकाल
गण्डकी विकास बैंककाे ७७ अाै शाखा  धनगढीमा !
गण्डकी विकास बैंककाे ७७ अाै शाखा  धनगढीमा !
मेघगर्जन र चट्याङसहित वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
नेपाल रेल्वे कम्पनीमा खुल्यो जागिर, यी पदमा १२९ जनाको माग
वीर अस्पतालमा डाक्टरको चर्तिकला, प्रहरीको घेराबन्दीमा आँगनमा उपचार
वीर अस्पतालमा डाक्टरको चर्तिकला, प्रहरीको घेराबन्दीमा आँगनमा उपचार
फिलिपिन्स काट्रियोना भईन मिस यूनिभर्स नेपालकी मनिता उत्कृष्ट १० बाट आउट
फिलिपिन्स काट्रियोना भईन मिस यूनिभर्स नेपालकी मनिता उत्कृष्ट १० बाट आउट
ओखलढुङ्गामा गाउँपालिका प्रमुखले आफ्नै कर्मचारी कुटे
ओखलढुङ्गामा गाउँपालिका प्रमुखले आफ्नै कर्मचारी कुटे

तपाईंले छुटाउनुभयो कि?