चितुवा बजार पसेपछि…

Abhiyanpost Abhiyanpost
|
बिहिबार, चैत्र ९, २०७९
|
|
५४ पटक हेरिएको
Shares
चितुवा बजार पसेपछि…

सारांश

  • कुश्मा।
  • पर्वतको कुश्मा बजारमा आज बिहानै चितुवा देखा पर्‍यो।
  • चितुवा बजार छिरेको थाहा पाएपछि कुश्माबासी ‘बाघ आयो रे बाघ’ भन्दै तँछाडमछाड गर्दै कुश्मा नगरपालिका-४ भण्डारी टोलमा पुगे।

कुश्मा। पर्वतको कुश्मा बजारमा आज बिहानै चितुवा देखा पर्‍यो। चितुवा बजार छिरेको थाहा पाएपछि कुश्माबासी ‘बाघ आयो रे बाघ’ भन्दै तँछाडमछाड गर्दै कुश्मा नगरपालिका-४ भण्डारी टोलमा पुगे।

पहिले बारीको टनेलभित्र पसेको चितुवा मान्छेको भीड देखेपछि भाग्नलाई बाटो खोज्यो। त्यसपछि छेउमा अवस्थित ओमबहादुर रेग्मीको पहेँलो घरको भान्छा कोठामा पस्यो। नेपाल प्रहरी, सशस्त्र प्रहरी र वनका कर्मचारी तैनाथ भइसकेका थिए। घरका परिवारलाई बाहिर निकालेर प्रहरीले ढोकामा साँचो लगायो।

“करिब तीन घण्टामा चितुवालाई सकुशल नियन्त्रणमा लियौँ”, जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक प्रकाश राउतले भने, “कुनै पनि अप्रिय घटना हुन पाएन। पोखरा वन कार्यालयको उद्धार टोलीले चितुवालाई सुरक्षित तरिकाले नियन्त्रणमा लिएर पोखरा लगिसकेको छ।”

चितुवा हेर्न आउनेको भीड हटाउन प्रहरीलाई मुस्किल परेको थियो। डिभिजन वन कार्यालय पर्वतमा चितुवा नियन्त्रण गर्न सक्ने विशेषज्ञ टोली र आवश्यक उपकरण नभएपछि कास्कीबाट आएको टोलीले चितुवा नियन्त्रणमा लिनुपरेको थियो।

“हामीले भेटेरिनरी डाक्टर, वन अधिकृत र सशस्त्र वन रक्षक टोलीसहित वन्यजन्तु एम्बुलेन्स पठाएका थियौँ”, वन कार्यालय कास्कीका सहायक वन अधिकृत शालिकराम पराजुलीले भने, “भान्छा कोठाको ढोकामा खोर राख्यौँ र छेउको झ्यालबाट जिस्क्याएपछि चितुवा खोरमा पस्यो। बेहोस नबनाइकनै सकुशल नियन्त्रणमा लिन सक्यौँ।”

नियन्त्रित चितुवालाई प्राकृतिक वासस्थानमा नै छाडिने वन कार्यालय कास्कीका सहायक वन अधिकृत पराजुलीले जानकारी दिए। “भाले चितुवा भएको भए कास्की वन्यजन्तु उद्धार केन्द्रमा राख्ने सोचेका थियौँ। तर, त्यो पोथी चितुवा रहेछ। हामीसँग पोथी चितुवा भएकै स्थितिमा फेरि अर्को पोथी चितुवालाई साथमै उद्धार केन्द्रमा राख्न सक्दैनौँ”, उनले भने।

चितुवाका कारण पर्वत सामाजिक सञ्जालमा चर्चित बन्ने गरेको छ। डेढ वर्षअघि पनि पर्वतमा बिरामी अवस्थामा रहेको चितुवाको घाँटीमा डोरीले बाँधेर बजार घुमाएको भिडिओ र तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो। दुई हप्ताअघि पनि फलेवासमा मान्छेले चितुवालाई बोकेर गाउँ डुलाएको भिडियो र तस्बिर सामाजिक सञ्जालमा भाइरल भएका थिए। तर, उक्त चितुवा जिउँदो नभएर मरिसकेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गोविन्द केसी पक्राउ परे कांग्रेसले देखायो गाईजात्रा
गोविन्द केसी पक्राउ परे कांग्रेसले देखायो गाईजात्रा
सुदूरपश्चिममा जसपा गठबन्धनबाट बाहिरियो
सुदूरपश्चिममा जसपा गठबन्धनबाट बाहिरियो
रानीबारी हत्याकाण्डका अभियुक्त मनराज र प्रमेशलाई सर्वस्वसहित जन्मकैदको सजाय
रानीबारी हत्याकाण्डका अभियुक्त मनराज र प्रमेशलाई सर्वस्वसहित जन्मकैदको सजाय
मन्त्रीको नाम टुंगो लगाउन बोलाइएको माओवादी हेडक्वार्टर बैठक स्थगित
मन्त्रीको नाम टुंगो लगाउन बोलाइएको माओवादी हेडक्वार्टर बैठक स्थगित
प्रदेश नंं. १ मा कांग्रेस र माओवादीको जोड्दा पनि एमाले झण्डै दोब्बरले अघि
प्रदेश नंं. १ मा कांग्रेस र माओवादीको जोड्दा पनि एमाले झण्डै दोब्बरले अघि
पर्सा : छिपहरमाई गाउँपालिकामा माओवादी विजयी
पर्सा : छिपहरमाई गाउँपालिकामा माओवादी विजयी
चार पटकसम्म परीक्षा दिए पनि दुई एसपी फेलको फेल
चार पटकसम्म परीक्षा दिए पनि दुई एसपी फेलको फेल
रेशम चौधरी पछि दीपक मनाङेको सपथ खाने चर्चा, वास्तविकता यस्तो छ
रेशम चौधरी पछि दीपक मनाङेको सपथ खाने चर्चा, वास्तविकता यस्तो छ
फोहरबाट आम्दानी गर्दै कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताल
फोहरबाट आम्दानी गर्दै कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताल
दाजुभाईको सम्झनामा शालिक निर्माण गर्दा खुसी थियौं : सावित्री श्रेष्ठ
दाजुभाईको सम्झनामा शालिक निर्माण गर्दा खुसी थियौं : सावित्री श्रेष्ठ

तपाईंले छुटाउनुभयो कि?