चुम र नुब्री भ्याली आसपासका क्षेत्रमा हिमपात

Abhiyanpost Abhiyanpost
|
मंगलबार, मंसिर १९, २०८०
|
|
५७ पटक हेरिएको
Shares
चुम र नुब्री भ्याली आसपासका क्षेत्रमा हिमपात

सारांश

  • गोरखा।
  • उत्तरी गोरखाको सामागाउँलगायतका उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ।
  • जिल्लाको चुम र नुब्री भ्याली आसपासका क्षेत्रमा सोमबारदेखि हिमपात भएको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए।

गोरखा। उत्तरी गोरखाको सामागाउँलगायतका उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ। जिल्लाको चुम र नुब्री भ्याली आसपासका क्षेत्रमा सोमबारदेखि हिमपात भएको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए।

चुम भ्यालीको चुम्चेत र छेकम्पार तथा नुब्री भ्यालीको ल्हो, प्रोक र सामागाउँलगायतका क्षेत्रमा हिमपात परेको उनले बताए। “हिजोदेखि ल्हो भन्दामाथि हिउँ परिरहेको छ”, उनले भने, “ल्हो, प्रोक र सामागाउँ तथा साम्दोमा पनि हिउँ परिरहेकाले चिसो अत्यधिक बढेको छ।”

हिमपात सुरु भएसँगै दैनिक जनजीवन प्रभावित हुन थालेको साम्दोका होटल व्यवसायी निमादोर्जे लामाले बताए। हिमपातका कारण गाईवस्तुलाई चराउन र घाँसपातका लागि समेत कठिनाइ हुन थालेको उनको भनाइ छ। अत्यधिक चिसोका कारण अहिले खानेपानीका मुहानमा पानी जम्न थालेपछि पानीको समस्या हुन थालेको छ।

चिसोले वृद्धवृद्धा र बालबच्चालाई बढी समस्या भएको उनले बताए। साम्दो गाउँ समुद्री सतहबाट तीन हजार पाँच सय ५० मिटर उचाइमा पर्दछ। उच्च हिमाली क्षेत्र भएका कारण त्यहाँ अन्य क्षेत्रमा भन्दा बढी हिमपात हुने गर्दछ। त्यस्तैगरी चुम भ्यालीतर्फको अन्तिम गाउँ निलेमा पनि हिमपात भइरहेको स्थानीयवासी छाङदोर्जे लामाले जानकारी दिए।

हिमपातका कारण घरपालुवा पशुवस्तुलाई चरन क्षेत्रमा लैजान समस्या भएको लामाको भनाइ छ। निलेगाउँ समुद्री सहतबाट तीन हजार तीन सय मिटर उचाइमा पर्दछ। हिमपात पर्न सुरु भएसँगै मनास्लु पदमार्गमा जाने स्वदेशी तथा विदेशी पर्यटकलाई समेत समस्या भएको छ।

मनास्लु क्षेत्रमा पुगेका पर्यटक अहिले होटलमै आश्रय लिएर बसिरहेको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)को कार्यालयले जनाएको छ। चुम भ्यालीको चुम्चेत र छेकम्पारमा पनि सोमबारदेखि नै हिमपात भएकाले चिसो बढेको स्थानीवासीको भनाइ छ। हिमपात हुन थालेपछि किसान भने खुसी भएका छन्।

हिमपातका भएपछि सुक्खा भएको जमिनलाई पानी मिल्ने र उब्जनी राम्रो भएकाले किसान खुसी भएका हुन्। लामो समयसम्म पानी नपर्दा जमिन सुक्खा हुने भएका कारण हिउँ पर्दा खेतीबालीलाई राम्रो हुने विश्वास गरिन्छ। साथै अहिले परेको हिउँले यार्सागुम्बा पनि राम्रो निस्कने साम्दोका व्यवसायी निमादोर्जे लामाले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्डको प्रधानमन्त्री प्रस्तावलाई देउवाले मान्लान् ?
प्रचण्डको प्रधानमन्त्री प्रस्तावलाई देउवाले मान्लान् ?
दोस्रोपटक बजेटको आकार घटाइयो, यसवर्ष पूँजीगत खर्च ६७ प्रतिशत मात्रै हुने अनुमान
दोस्रोपटक बजेटको आकार घटाइयो, यसवर्ष पूँजीगत खर्च ६७ प्रतिशत मात्रै हुने अनुमान
‘काेटेश्वर-कलंकी सडक जाम हटाउन विदेशी पाहुनालार्इ सवार गराउनु पर्ने हाे ?- महेश बस्नेत
‘काेटेश्वर-कलंकी सडक जाम हटाउन विदेशी पाहुनालार्इ सवार गराउनु पर्ने हाे ?- महेश बस्नेत
डा बाबुराम भट्टराईकाे याे कस्ताे राज माेह !
डा बाबुराम भट्टराईकाे याे कस्ताे राज माेह !
राहुल गान्धी सेयरबाट कमाउँछन् मासिक १४ लाख भन्दा बढी
राहुल गान्धी सेयरबाट कमाउँछन् मासिक १४ लाख भन्दा बढी
यी हुन बाम  गठबंधनको बर्चस्वका कारण -निर्मल भट्टराई
यी हुन बाम गठबंधनको बर्चस्वका कारण -निर्मल भट्टराई
बालुवाटार जग्गा छानबिनमा खटिएका डिएसपी सरुवा
“बाडुलीले”दर्सक को मन जित्दै!!
“बाडुलीले”दर्सक को मन जित्दै!!
टीकापुर काण्डका योजनाकारलाई करोडौं दिइएकोमा विरोधसहित सेनाले पठायो सन्देश : पर्यो फसाद
टीकापुर काण्डका योजनाकारलाई करोडौं दिइएकोमा विरोधसहित सेनाले पठायो सन्देश : पर्यो फसाद
प्रधानमन्त्री देउवाका स्वकीय सचिव भन्छन्, “प्रधानमन्त्री पदमुक्त भइसक्नुभएको छ, एउटै व्यक्ति कतिचोटी पदमुक्त हुन्छ ?”
प्रधानमन्त्री देउवाका स्वकीय सचिव भन्छन्, “प्रधानमन्त्री पदमुक्त भइसक्नुभएको छ, एउटै व्यक्ति कतिचोटी पदमुक्त हुन्छ ?”

तपाईंले छुटाउनुभयो कि?