छोराको नाममा पहिलो पटक बोले सैफ:छोरा जन्माएको एक महिनामै करिनाले घटाइन् तौल !

Abhiyanpost Abhiyanpost
|
बिहिबार, माघ १३, २०७३
|
|
१४२९ पटक हेरिएको
Shares
छोराको नाममा पहिलो पटक बोले सैफ:छोरा जन्माएको एक महिनामै करिनाले घटाइन् तौल !

सारांश

  • करिना कपुर मंगलबार दिउँसो एक सैलुन बाहिर देखिइन् ।
  • यो क्रममा उनी नयाँ लुकमा देखिएकी थिइन् ।
  • कालो पाइन्ट र कालै टिसर्ट लगाएकी उनले ओलिभ ग्रीन ज्याकेट लगाएकी थिइन् ।

करिना कपुर मंगलबार दिउँसो एक सैलुन बाहिर देखिइन् । यो क्रममा उनी नयाँ लुकमा देखिएकी थिइन् । कालो पाइन्ट र कालै टिसर्ट लगाएकी उनले ओलिभ ग्रीन ज्याकेट लगाएकी थिइन् । यसका साथै, उनको नयाँ हेयरस्टाइलका कारण उनको पूरा गेटअप निकै भिन्न देखिएको थियो । उनको यो स्वरुप देखेर उनले छोरा तैमुरलाई जन्म दिएको एक महिनामा नै निकै तौल घटाएको प्रस्ट देखिन्छ ।

– करिना गत २० डिसेम्बरमा छोरालाई जन्म दिइन् जसको नाम तैमुर अली खान पटौदी राखिएको छ ।

– यद्यपी, यो नामका कारण सोसल मिडियामा करिना र सैफको निकै आलोचना पनि भएको थियो ।

उक्त विवादमाथि सैफले पहिलो पटक सफाई दिएका छन् । उनले भने, ‘म इतिहास र टर्कीका शासकबारे निकै जानकार छु । मेरो छोराको नाम उनीसँग प्रभावित भएर राखिएको होइन ।’

‘ उनी तिमुर थिए तर मेरो छोराको नाम तैमुर हो । सायद यसको जरा एउटै हुनसक्ला तर नामको अर्थ भिन्न छ । तैमुर प्राचिन फारसी शब्द हो जसको अर्थ फलाम हुन्छ,’ उनले भने ।

उनले भने, ‘मलाई र करिनालाई यो शब्दको अर्थ निकै मन पर्यो । मैले करिनालाई जति पनि नाम दिएँ उनलाई ती सबै नामभन्दा यो नै धेरै मनपर्यो किनभने यो नाम राम्रो मात्र नभई दमदार पनि छ ।’

मे महिनादेखि करिनाले सुटिङ थाल्नेः

– बच्चा जन्माउनुभन्दा पहिले करिना अनिल कपुरकी छोरी रिया कपूरले निर्माणमा बनिरहेको फिल्म ‘विरे दी वेडिङ’ को सुटिङ गरिरहेकी थिइन् ।

– यद्यपी, अहिले यो फिल्म पूरा हुन पाएको छैन ।

– ताजा रिपोर्टका अनुसार करिनाले यसैवर्षको मे महिनादेखि फिल्मको पुनः छायांकन गर्नेछिन् ।

– यो फिल्ममा उनीसँग सोनम कपुर पनि देखिनेछिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुषित पानीका कारण गाउँका सबै झाडापखालाबाट बिरामी
द्रुतमार्गको निमार्ण प्रभावकारी बनाउन छुट्टै ऐन ल्याइने
द्रुतमार्गको निमार्ण प्रभावकारी बनाउन छुट्टै ऐन ल्याइने
नयाँ आइफोनको डमी मोडल सार्वजनिक
नयाँ आइफोनको डमी मोडल सार्वजनिक
युनाइटेड स्प्रिट्सले सवा तीन करोड पूँजीगत लाभकर तिर्यो, लाभकरपछि मात्रै स्वामित्व परिवर्तन
युनाइटेड स्प्रिट्सले सवा तीन करोड पूँजीगत लाभकर तिर्यो, लाभकरपछि मात्रै स्वामित्व परिवर्तन
अरुण काबेली हाइड्रोपावरको लाभांश घोषणा
अरुण काबेली हाइड्रोपावरको लाभांश घोषणा
भ्रष्ट र चाकडीवाजले कसरी सिध्याए राष्ट्रिय प्रकृति संरक्षण कोष ?
भ्रष्ट र चाकडीवाजले कसरी सिध्याए राष्ट्रिय प्रकृति संरक्षण कोष ?
सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिकामा हालसम्मको परिणाम 
सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिकामा हालसम्मको परिणाम 
नेकपा मिलाउन सडक मार्गबाट गोप्य रुपमा छिरेका तीन चिनियाँ को को
नेकपा मिलाउन सडक मार्गबाट गोप्य रुपमा छिरेका तीन चिनियाँ को को
गाउँपालिका अध्यक्षलाई लक्षित गरी गोली प्रहार
गाउँपालिका अध्यक्षलाई लक्षित गरी गोली प्रहार
आगामी आर्थिक वर्ष इतिहासकै तीव्र विकासको वर्ष हुने

तपाईंले छुटाउनुभयो कि?