जलेको अवस्थामा मृत फेला

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, माघ १७, २०७६
|
|
४५ पटक हेरिएको
Shares
जलेको अवस्थामा मृत फेला

सारांश

  • बनियानी, १७ माघ स् झापाको बाह्रदशी गाउँपालिकामा आज एक महिला मृतवस्थामा फेला परेकी छन् ।
  • बाह्रदशी–१ की ६० वर्षीया तलामयी मणि आफ्नै घरभित्र बिहान ७ः३० बजे जलेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
  • आफ्नै घरभित्र मृतावस्थामा रहेको भन्ने जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले उनलाई घरभित्र चुल्होको छेउमा जलेको अवस्थामा मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

बनियानी, १७ माघ स् झापाको बाह्रदशी गाउँपालिकामा आज एक महिला मृतवस्थामा फेला परेकी छन् । बाह्रदशी–१ की ६० वर्षीया तलामयी मणि आफ्नै घरभित्र बिहान ७ः३० बजे जलेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आफ्नै घरभित्र मृतावस्थामा रहेको भन्ने जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले उनलाई घरभित्र चुल्होको छेउमा जलेको अवस्थामा मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । घटनास्थलमा खटिएको अनुसन्धान टोलीले मृतकको कानूनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि मेची अस्पताल भद्रपुरमा पठाएको उनले बताए ।

यसैबीच झापाको शिवसताक्षी नगरपालिका–७ लालपानेका कुमार श्रेष्ठको २२ महिने छोरा सिद्धार्थ श्रेष्ठको पैनीमा डुबेर मृत्यु भएको छ । बिहीबार घरदेखि ५० मिटरको दूरीमा रहेको पैनीमा डुबिरहेको अवस्थामा बालककै बाबुले फेला पारी तत्काल उद्धार गरी उपचारका लागि बिएन्डसी अस्पताल लगेकामा उपचारमा संग्लग्न चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पप गायक राजेश राइको सुमधुर स्वरमा “आइतबार” सार्वजनिक (भिडियो सहित)
पप गायक राजेश राइको सुमधुर स्वरमा “आइतबार” सार्वजनिक (भिडियो सहित)
एनआरएन बेल्जियमको अध्यक्षमा सन्तोष जोशीको उम्मेदवारी घोषणा
एनआरएन बेल्जियमको अध्यक्षमा सन्तोष जोशीको उम्मेदवारी घोषणा
कोरोना संक्रमितको संख्या तिव्ररुपमा बढ्दै, १० दिनमा ४५० थपिए
पन्ध्र महिनामा पनि पुलको काम शुरु भएन
पन्ध्र महिनामा पनि पुलको काम शुरु भएन
देश चलाउन सक्षम नेतृत्व चाहिन्छ : महासचिव पोखरेल
देश चलाउन सक्षम नेतृत्व चाहिन्छ : महासचिव पोखरेल
चुनावको मिति नजिकिएसँगै माओवादी केन्द्रमा प्रवेश गर्नेको भीड दिनप्रति दिन बढ्दै
चुनावको मिति नजिकिएसँगै माओवादी केन्द्रमा प्रवेश गर्नेको भीड दिनप्रति दिन बढ्दै
घिमिरेको खुलासा : ओलीलाई भ्रष्टाचारले तान्छ, ज्ञानेन्द्र राजा बन्ने सम्भावना छ
घिमिरेको खुलासा : ओलीलाई भ्रष्टाचारले तान्छ, ज्ञानेन्द्र राजा बन्ने सम्भावना छ
प्रतिनिधिसभा बैठक बस्दै
प्रतिनिधिसभा बैठक बस्दै
भतरपुर महानगरको विवादबारे आज सर्वोच्चमा सुनुवाइ हुँदै, कस्तो आउला निर्णय ?
भतरपुर महानगरको विवादबारे आज सर्वोच्चमा सुनुवाइ हुँदै, कस्तो आउला निर्णय ?
लिदी पहिरोः मृतक संख्या २४ पुग्यो
लिदी पहिरोः मृतक संख्या २४ पुग्यो

तपाईंले छुटाउनुभयो कि?