जातीय विभेदका घटनामा मिलापत्र गर्ने क्रम बढ्दो

Abhiyanpost Abhiyanpost
|
सोमबार, माघ २१, २०७५
|
|
४३ पटक हेरिएको
Shares
जातीय विभेदका घटनामा मिलापत्र गर्ने क्रम बढ्दो

सारांश

  • अमरगढी, २१ माघ , डडेल्धुराका सदरमुकाम तथा ग्रामीण क्षेत्रका अधिकांश स्थानमा जातीय विभेदका थुप्रै घटना घट्ने गरेका छन् ।
  • तर तीमध्ये धेरै कम घटनाको उजुरी प्रहरीसमक्ष आउने गरेका छन् ।
  • सरकारले विसं २०६३ जेठ २१ गते नेपाललाई छूवाछुत मुक्त राष्ट्र घोषणा गरेको थियो ।

अमरगढी, २१ माघ , डडेल्धुराका सदरमुकाम तथा ग्रामीण क्षेत्रका अधिकांश स्थानमा जातीय विभेदका थुप्रै घटना घट्ने गरेका छन् । तर तीमध्ये धेरै कम घटनाको उजुरी प्रहरीसमक्ष आउने गरेका छन् ।

सरकारले विसं २०६३ जेठ २१ गते नेपाललाई छूवाछुत मुक्त राष्ट्र घोषणा गरेको थियो । छूवाछुत मुक्त राष्ट्र घोषणा भएको १२ वर्ष बितिसक्दा पनि डडेल्धुरामा जातीय विभेदका घटनामा उल्लेखनीय कमी आउन सकेको छैन ।

जातीय विभेद अन्त्यका लागि सरकारले जातीय भेद्भाव कसूर र सजाय ऐन २०६८ समेत लागू गरिसकेको छ । तर ऐन लागू भएको सात वर्ष वितिसक्दा पनि डडेल्धुरामा यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।

जिल्लामा जातीय छुवाछुत तथा विभेद घटनामा खासै कमी आउन नसकेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीको भनाइ छ ।

‘विगत दुई वर्षको तथ्याङ्कलाई हेर्दा जातीय विभेदका उजुरी अत्यन्त न्यून देखिएको छ’, उहाँले भन्नुभयो, ‘सो अवधिमा जातीय विभेद सम्बन्धी जिल्लामा नौ उजुरी र एउटा मुद्दा दर्ता भएको छ ।’

जातीय विभेद सम्बन्धमा आर्थिक वर्ष २०६५÷६६ मा एक, आव २०७०÷७१ मा तीन, २०७१÷७२ मा चार र २०७२÷७३ मा दुई उजूरी परेका छन् भने आव २०७४÷७५ सम्म कुनै पनि जातीय विभेदका उजुरी नपरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका मुद्दा फाँटका प्रमुख तथा प्रहरी नायब निरीक्षक करबीर ऐरले जानकारी दिनुभयो ।

उजूरी आउँछन् तर मिलापत्र गरेर जान्छन् । जातीय विभेद छुवाछुतसम्बन्धी पछिल्लो समय केही उजूरी परेपनि मिलापत्र गरेर जाने गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार २०६५ यता जातीय भेदभावअन्तर्गत १० उजुरी दर्ता भएपनि नौ घटनामा मिलापत्र गरेर टुङ्गोमा पु¥याएको र जातीय छूवाछुतसम्बन्धी एउटा घटना सम्बन्धमा जिल्ला अदालतमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

जल तथा मौसम विज्ञान फिल्ड कार्यालय डडेल्धुराका प्रमुखसमेत रहनुभएका दिगम्बर मिश्रले सञ्चालन गरेको पसलमा चिया खाएपछि अमरगढी नगरपालिका–५ का महावीर सार्कीलाई गिलास माझँ भनेपछि उनले गिलास माझ्न नमानेको र चिया खाएको पैसा तिरेर जानथालेपछि दुबैबीच वादविवाद भएको थियो । विवाद बढेपछि २०६५ चैत २० गते जिल्ला अदालत डडेल्धुरामा जातीय छुवाछुतसम्बन्धी मुद्दा दर्ता भएको थियो ।

कुनै खाले जातीय विभेद तथा छुवाछुत नगरेको भन्दै अदालतले २०६६ सालमा मिश्रलाई निर्दाेष ठहर गरेको थियो । अदालतको फैसलामा चित नबुझेको र आफूमाथि अन्याय भएको भन्दै सार्कीले पुरानावेदन अदालत महेन्द्रनगरमा मुद्दा दर्ता गराएको छ । तर पुनरावेदन अदालतले पनि मुद्दाको कुनै फैसला नगरी पेण्डिङमा राखेको अभियानकर्ता तथा नेपाल दलित सङ्घका केन्द्रीय सदस्य भरत नेपालीले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालको व्यापार वृद्धिका लागि एडिबीको तीस करोड डलर
नेपालको व्यापार वृद्धिका लागि एडिबीको तीस करोड डलर
थप १० जनाको शव कोवाङ ल्याइयो
थप १० जनाको शव कोवाङ ल्याइयो
बूढीगण्डकी जलविद्युत् आयोजना रद्द गरेपछि बेइजिङमा बेचैनी !
बूढीगण्डकी जलविद्युत् आयोजना रद्द गरेपछि बेइजिङमा बेचैनी !
थाई राजाले लगाए ७ किलो सुनको मुकुट
थाई राजाले लगाए ७ किलो सुनको मुकुट
कालीगण्डकीको अस्तित्वलाई बचाउन राम्दी मालुङ्गादेखि पुट्टारघाट सम्म जलयात्रा
कालीगण्डकीको अस्तित्वलाई बचाउन राम्दी मालुङ्गादेखि पुट्टारघाट सम्म जलयात्रा
मतदाताको खुट्टामा हजारको नोट राखेर ढोग्ने उम्मेदवारलाई आयोगले सचेत गरायो
मतदाताको खुट्टामा हजारको नोट राखेर ढोग्ने उम्मेदवारलाई आयोगले सचेत गरायो
पीपीएल क्रिकेटः रोमाञ्चक खेलमा चितवनको जित, काठमाडाैँकाे पहिलाे हार !
पीपीएल क्रिकेटः रोमाञ्चक खेलमा चितवनको जित, काठमाडाैँकाे पहिलाे हार !
पाँच दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
पाँच दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
७४ वर्षीया बृद्धाले पाँच महिनाको बाच्छोसँग विवाह किन गरिन ?
७४ वर्षीया बृद्धाले पाँच महिनाको बाच्छोसँग विवाह किन गरिन ?
साँझ नपर्दै यौनकर्मी खोज्नेको भिड, यसरी हुन्छ रत्नपार्कमा देहव्यापार
साँझ नपर्दै यौनकर्मी खोज्नेको भिड, यसरी हुन्छ रत्नपार्कमा देहव्यापार

तपाईंले छुटाउनुभयो कि?