जापानको नारिता उडान अनुमति पायो निगमले

Abhiyanpost Abhiyanpost
|
बुधबार, मंसिर १८, २०७६
|
|
३८ पटक हेरिएको
Shares
जापानको नारिता उडान अनुमति पायो निगमले

सारांश

  • निगमले जापानको राजधानी टोकियो नजिकको नारिता अन्तराष्ट्रिय विमानस्थलमा सिधा उडानको अनुमति पाएको छ ।
  • उक्त गन्तव्यमा उडान सञ्चालनका लागि निगमले भूमिस्थ सेवा (ग्राउण्ड ह्याण्डलिङ) सेवा पाएको छ ।
  • ग्राउण्ड ह्याण्डलिङको अनुमति पाएसँगै निगमको नारिता उडान निश्चित भएको सह–प्रवक्ता सुलेख मिश्रले जानकारी दिए।

निगमले जापानको राजधानी टोकियो नजिकको नारिता अन्तराष्ट्रिय विमानस्थलमा सिधा उडानको अनुमति पाएको छ । उक्त गन्तव्यमा उडान सञ्चालनका लागि निगमले भूमिस्थ सेवा (ग्राउण्ड ह्याण्डलिङ) सेवा पाएको छ । ग्राउण्ड ह्याण्डलिङको अनुमति पाएसँगै निगमको नारिता उडान निश्चित भएको सह–प्रवक्ता सुलेख मिश्रले जानकारी दिए। निगमले नारिता उडान गर्न ग्राउण्ड ह्याण्डलिङ, इन्धन र स्लट सेवाको सहमति गरेको छ । नारितामा उडान गर्ने योजना बनाएको निगमले ग्राउण्ड ह्याण्डिलिङ सेवा नपाउँदा नारिता उड्ने योजना अनिश्चित बनेको थियो ।

निगमले अहिले जापान सिभिल एभिएसन ब्यूरो (जेक्याब) अन्तर्गतकै ग्राउण्ड ह्याण्डलिङ सेवा प्रदान गर्ने संस्थासँग सहमति गरिएको जनाएको छ । धेरै व्यस्तताका कारण निगमलाई ग्राउण्ड ह्याण्डलिङ सेवा दिन असमर्थता जनाएको उक्त संस्थाले नेपालस्थित जापानी दूतावासको समन्वय तथा जापानस्थित नेपाली दूतावासको सक्रियतामा यो सेवा दिन सहमत भएको सह–प्रवक्ता मिश्रले बताए। उनले निगम र जेक्याबबीच हालै भएको सम्झौताले निगमले तोकेकै समयमा नारिता उडान गर्ने बताए।

नेपाली समुदायको बाक्लो उपस्थिति तथा अन्य मुलुकबाट समेत पर्यटकलाई सहज हुने भएकाले नारिता उडानलाई निगमले विशेष प्राथमिकता दिएको छ । यो गन्तव्यमा निगमले वाइड बडी ए ३३०–२०० जहाजमार्फत चार्टर्ड उडान गरिसकेको छ । नारितामा साताको तीन दिन उडान गर्ने गरी प्रक्रिया अगाडि बढाइएको निगमले उल्लेख गरेको छ ।

गत भदौ १२ देखि जापानकै ओसाका कन्साई अन्तर्रा्िष्ट्रय विमानस्थलमा सिधा उडान शुरु गरेको थियो तर यात्रुको ‘अकुपेन्सी’ बढ्न नसकेपछि निगमले पनि नारिता उडानका लागि पहल गर्दै आएको थियो । निगमले ओसाका गन्तव्यमा सातामा दुई दिन उडान भर्दै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्डलाई २० हजार मत अन्तरले जिताएर देखाउँछौंः बद्री तिमिल्सिना
प्रचण्डलाई २० हजार मत अन्तरले जिताएर देखाउँछौंः बद्री तिमिल्सिना
आइतवार सर्वाधिक कोरोना संक्रमित थपिए
आइतवार सर्वाधिक कोरोना संक्रमित थपिए
भारतबाट परीक्षणबिनै तरकारी – हाम्रो भान्सामा सिधै भित्रिन्छ विषादी
भारतबाट परीक्षणबिनै तरकारी – हाम्रो भान्सामा सिधै भित्रिन्छ विषादी
अब युवा अरबमा भेडा चराउन धाउनु पर्दैन : मन्त्री विष्ट
अब युवा अरबमा भेडा चराउन धाउनु पर्दैन : मन्त्री विष्ट
दुई वडाका सबै घरधुरी सहकारीमा आबद्ध
दुई वडाका सबै घरधुरी सहकारीमा आबद्ध
नेपालमा लगानी गर्न युएईका लगानीकर्तासमक्ष अध्यक्ष ढकालको आह्वान
नेपालमा लगानी गर्न युएईका लगानीकर्तासमक्ष अध्यक्ष ढकालको आह्वान
दशैंको मुखमा ऋण खोज्न बाध्य हुँदै शिक्षक र विद्यालय कर्मचारी
दशैंको मुखमा ऋण खोज्न बाध्य हुँदै शिक्षक र विद्यालय कर्मचारी
दाङमा नेकपा कार्यदलको पहिलो बैठक, यस्तो भयो निर्णय
दाङमा नेकपा कार्यदलको पहिलो बैठक, यस्तो भयो निर्णय
प्रहरी पक्राउ गर्न आएपछि पेरुका पूर्वराष्ट्रपतिद्वारा आत्महत्या
प्रहरी पक्राउ गर्न आएपछि पेरुका पूर्वराष्ट्रपतिद्वारा आत्महत्या
बिमा संस्थानको जागिरमा नाम निस्क्यो, हेर्नुस् नाम सहित विवरण
बिमा संस्थानको जागिरमा नाम निस्क्यो, हेर्नुस् नाम सहित विवरण