पोखरामा तेस्रो रेवान कप टेनिस सुरु

Abhiyanpost Abhiyanpost
|
बुधबार, चैत्र १, २०७९
|
|
५७ पटक हेरिएको
Shares
पोखरामा तेस्रो रेवान कप टेनिस सुरु

सारांश

  • गण्डकी ।
  • पोखरामा तेस्रो रेवान कप टेनिस प्रतियोगिता सुरु भएको छ ।
  • कास्की जिल्ला टेनिस सङ्घको आयोजना तथा रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल(रेवान) पोखराको मुख्य प्रायोजनमा प्रतियोगिता सुरु भएको रेवान पोखराका गोपीबहादुर भट्टराईले जानकारी दिए ।

गण्डकी । पोखरामा तेस्रो रेवान कप टेनिस प्रतियोगिता सुरु भएको छ । कास्की जिल्ला टेनिस सङ्घको आयोजना तथा रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल(रेवान) पोखराको मुख्य प्रायोजनमा प्रतियोगिता सुरु भएको रेवान पोखराका गोपीबहादुर भट्टराईले जानकारी दिए ।

आज भट्टराईले प्रतियोगिताका निर्देशक शक्ति शर्मालाई बल हस्तान्तरण गर्दै खेलको उद्घाटन गरे । उद्घाटन खेलमा माधव भण्डारीले नारायण पहारीलाई ६–७, ६–० र सुपरटाईमा १०–२ ले पराजित गरे ।

खेलको पहिलो सेट हारेका भण्डारीले खेलमा कमब्याक गर्र्दै दोस्रोे र तेस्रो सेट आफ्नो पक्षमा पारेका हुन् । अर्को खेलमा आयोजक सङ्घका उपाध्यक्षसमेत रहेका नवीन चालिसेले अक्क्ष थापालाई ६–२, ६–० को सेटमा पराजित गरे ।

त्यस्तै अन्य खेलमा कर्ण तामाङले पदम गुरुङ (लेकसाइड) लाई ६–२, ६–१ ले, पदम गुरुङ (नदीपुर)ले वीरेन्द्र लामालाई ६–४, ५–७ र सुपरटाईमा १०–३ ले, विकाश गुरुङ (हङकङ) ले इन्द्र गुरुङ (चाउथे) लाई ६–०, ६–१ ले तथा लक्ष्मण तामाङले अमृत कार्कीलाई ७–६, ६–३ ले पराजित गरे ।

त्यस्तै विनोद कायस्थले केवि तामाङलाई ६–२, ६–० ले, अनुज कुमार बाँस्तोलाले दुर्गा सुनारलाई ६–१, ६–० ले शरण गुरुङले लोक गुरुङलाई ६–१, ६–४ ले, उज्वल तज्याले सिरोज कोइरालालाई ६–३, ६–१ ले पराजित गर्दै दोस्रोचरणमा स्थान बनाए । यसअघि नवप्रवेशीतर्फको फाइनलमा दुर्गा सुनारले सिरोज कोइरालाई ६–२, ६–२को सेटमा पराजित गर्दै विजेता बनेकी थिइन् ।

प्रतियोगिताको उद्घाटनमा कास्की जिल्ला टेनिस सङ्घका अध्यक्ष लोक गुरुङले कास्कीमा टेनिस गतिविधिलाई चलायमान बनाउन तथा नयाँ खेलाडीलाई टेनिसतर्फ आकर्षित गर्न प्रतियोगिता महत्वपूर्ण रहेको बताए । । रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले पोखरामा खेल पर्यटन विकासका लागि रेवानले वर्षेनि यो प्रतियोगिता गर्दै आएको जानकारी दिए ।

चैत ५ सम्म सञ्चालन हुने प्रतियोगितामा सिङ्गलतर्फ ३२ र डबल्सतर्फ १६ टीमले भाग लिएका छन् । प्रतियोगितामा विजयी हुने खेलाडीले नगद १० हजारसहित ट्रफी तथा द्वितीय हुने खेलाडीले नगद पाँच हजारसहित ट्रफी पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२१ निर्वाचन क्षेत्रको मत गणना हुँदा माओवादी केन्द्रको अग्रता
२१ निर्वाचन क्षेत्रको मत गणना हुँदा माओवादी केन्द्रको अग्रता
कोरोनाभाइरस: अमेरिका र अस्ट्रेलियाद्वारा चीनबाट भित्रिन नदिन यात्रा प्रतिबन्ध
कोरोनाभाइरस: अमेरिका र अस्ट्रेलियाद्वारा चीनबाट भित्रिन नदिन यात्रा प्रतिबन्ध
अफगान शरणार्थी भन्छन् – “घर फर्कन हामीलाई शान्तिपूर्ण वातावरण र जमिन चाहियो”
अफगान शरणार्थी भन्छन् – “घर फर्कन हामीलाई शान्तिपूर्ण वातावरण र जमिन चाहियो”
हिउँले रोकिएका दुई जहाजको उडान
हिउँले रोकिएका दुई जहाजको उडान
तीन महिनामा थप एक लाखलाई सामाजिक सुरक्षामा सहभागी गराइने
तीन महिनामा थप एक लाखलाई सामाजिक सुरक्षामा सहभागी गराइने
न्यायाधीश शर्माका विरुद्ध गंगामायाको उजुरी
न्यायाधीश शर्माका विरुद्ध गंगामायाको उजुरी
भूकम्पमा २२ घण्टापछि उद्धार गरिएका सोनिश स्कुल जान थाले
भूकम्पमा २२ घण्टापछि उद्धार गरिएका सोनिश स्कुल जान थाले
शिक्षण अस्पताललाई पाकिस्तानी दूतावासद्वारा एम्बुलेन्स प्रदान
शिक्षण अस्पताललाई पाकिस्तानी दूतावासद्वारा एम्बुलेन्स प्रदान
कास्कीमा पहिरोमा परेर एकैपरिवारका ७ जनाको मृत्यु
कास्कीमा पहिरोमा परेर एकैपरिवारका ७ जनाको मृत्यु
प्रचण्ड पूर्वलडाकु लेनिन बिष्टसँग किन त्रसित ?
प्रचण्ड पूर्वलडाकु लेनिन बिष्टसँग किन त्रसित ?

तपाईंले छुटाउनुभयो कि?