जापानमा काम गर्न जाने ढोका खुल्यो, अप्रिलदेखि कामदार लैजान शुरु

Abhiyanpost Abhiyanpost
|
बुधबार, पौष ११, २०७५
|
|
५२ पटक हेरिएको
Shares
जापानमा काम गर्न जाने ढोका खुल्यो, अप्रिलदेखि कामदार लैजान शुरु

सारांश

  • काठमाडौं ।
  • लाखौं खर्च गरेर जापान जाँदै आएका नेपालीलाई खुसीको खबर आएको छ ।
  • जापानले अब सरकारसँगै सम्झौता गरेर नेपाली कामदारलाई कामका लागि जापान लैजाने भएको छ ।

काठमाडौं । लाखौं खर्च गरेर जापान जाँदै आएका नेपालीलाई खुसीको खबर आएको छ । जापानले अब सरकारसँगै सम्झौता गरेर नेपाली कामदारलाई कामका लागि जापान लैजाने भएको छ । यो प्रक्रिया कोरियाको जस्तै हुने अनुमान गरिएको छ ।

आगामी अप्रिल महिनादेखि कामदार लैजान शुरु हुने बताइएको छ । नर्सिङ केयर, रेस्टुरेन्टका लागि भाषा परीक्षा लिने योजना छ। अन्य कामदारलाई सन् २०२० को मार्चसम्म परीक्षा लिइने बताइएको छ।

जापान सरकारले मंगलवारदेखि लागु गरेको नयाँ नीतिमा विदेशी कामदारका लागि ढोका खुला गरेको छ । जापानको नयाँ नीतिअनुसार नेपाल कामदार लैजान उच्च प्राथमिकतामा पर्ने भएको छ ।

जापान सरकारले नेपालबाट जाने कामदारलाई नेपाली भाषामै परामर्श दिने नीति छ । जापानले फरकफरक १४ वटा क्षेत्रका लागि विदेशी कामदार लैजाने नीति ल्याएको हो। नर्सिङ केयर, रेस्टुरेन्ट, निर्माण क्षेत्र, औद्योगिक क्षेत्रमा विदेशी कामदार लैजाने भएको हो । जापानले विभिन्न देशबाट कम्तीमा साढे ३ लाख विदेशी कामदारलाई रोजगार भिषा दिएर जापान लैजाने बताएको छ। नेपाल लगायतका देशबाट त्यहाँ कामदार लगिनेछ ।

जापानले ११ वटा भाषा समावेश गरेको छ त्यसमध्ये नेपाली भाषा समेत राखिएको छ। जापानी, अंग्रेजी, थाई, चिनियाँ, कोरियन, स्पेनिस, भियतनामी, पोर्चुगिज, इण्डोनेसियन, फिलिपिनी भाषा समावेश गरिएको छ । विभिन्न ११ वटा भाषामा विदेशी कामदारलाई परामर्श, आवश्यक प्रशासनिक सहायता दिइने बताइएको छ ।

विदेशी कामदारलाई जापानी भाषा सिकाउन जापान सरकारले तालिम प्राप्त भाषा शिक्षकबाट कक्षा सञ्चालन गर्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले-माओवादी एकता – ५५ वर्षपछि एउटै ‘नेपाल कम्युनिष्ट पार्टी’
एमाले-माओवादी एकता – ५५ वर्षपछि एउटै ‘नेपाल कम्युनिष्ट पार्टी’
भरतपुर भ्यान दुर्घटना, १ काे मृत्यु १० घाइते
आजको राशिफल
आजको राशिफल
बारा र पर्सामा भीषण हावाहुरी : ज्ञानेन्द्रद्धारा जनधनको क्षतिप्रति दुःख व्यक्त
बारा र पर्सामा भीषण हावाहुरी : ज्ञानेन्द्रद्धारा जनधनको क्षतिप्रति दुःख व्यक्त
सरकारले कमल थापाको राजनीति बचाउ गरेको बस्नेतको आरोप
सरकारले कमल थापाको राजनीति बचाउ गरेको बस्नेतको आरोप
भारतको गुजरातमा पुल खस्दा कम्तीमा १४१ जनाको मृत्यु
भारतको गुजरातमा पुल खस्दा कम्तीमा १४१ जनाको मृत्यु
कोरोनाको कहरः जर्मनीको हेस्सी क्षेत्रका अर्थ राज्यमन्त्रीद्वारा आत्महत्या
कोरोनाको कहरः जर्मनीको हेस्सी क्षेत्रका अर्थ राज्यमन्त्रीद्वारा आत्महत्या
आजदेखि एशियाली खेलकूद महाकुम्भ शुरु, नेपालबाट ८० खेलाडी सहभागी
आजदेखि एशियाली खेलकूद महाकुम्भ शुरु, नेपालबाट ८० खेलाडी सहभागी
चीनको सहयोगमा नौतले दरबार पुनःनिर्माण सुरु, चिनियाँ उपप्रधानमन्त्रीले गरे शुभारम्भ
चीनको सहयोगमा नौतले दरबार पुनःनिर्माण सुरु, चिनियाँ उपप्रधानमन्त्रीले गरे शुभारम्भ
गोरखा स्कूल तुलसीपुरमा इन्ट्रयाक्ट क्लव पुनर्गठन
गोरखा स्कूल तुलसीपुरमा इन्ट्रयाक्ट क्लव पुनर्गठन

तपाईंले छुटाउनुभयो कि?