जुलिअन असान्जलाई बलात्कारको मुद्दामा पक्राउ गर्न स्वीडेनद्वार अस्वीकार

Abhiyanpost Abhiyanpost
|
बुधबार, जेठ २२, २०७६
|
|
५० पटक हेरिएको
Shares
जुलिअन असान्जलाई बलात्कारको मुद्दामा पक्राउ गर्न स्वीडेनद्वार अस्वीकार

सारांश

  • स्वीडनको एउटा अदालतले जुलिअन असान्जलाई पक्राउ गर्न गरिएको अनुरोध अस्वीकार गरिदिएको छ ।
  • यो निर्णयसँगै विकिलिक्सका संस्थापकलाई ब्रिटेनबाट सुपुर्दगी गर्ने विषय थप जटिल बनेको छ ।
  • सन् २०१० मा लागेको बलात्कारसम्बन्धी अभियोगको छानबिनमा सहयोग नगरेका कारण उनीसँग थप सोधपुछ गर्नुपर्ने माग अभियोजनकर्ताहरूको थियो ।

स्वीडनको एउटा अदालतले जुलिअन असान्जलाई पक्राउ गर्न गरिएको अनुरोध अस्वीकार गरिदिएको छ । यो निर्णयसँगै विकिलिक्सका संस्थापकलाई ब्रिटेनबाट सुपुर्दगी गर्ने विषय थप जटिल बनेको छ । सन् २०१० मा लागेको बलात्कारसम्बन्धी अभियोगको छानबिनमा सहयोग नगरेका कारण उनीसँग थप सोधपुछ गर्नुपर्ने माग अभियोजनकर्ताहरूको थियो ।

अभियोजनकर्ताहरूको पक्षमा निर्णय गरिएको भए यूकेबाट असान्जलाई सुपुर्दगी गराउने प्रक्रिया अघि बढ्ने थियो ।

तर स्वीडनका एक न्यायाधीशले असान्ज हाल ब्रिटेनको हिरासतमा रहेको बताउँदै उक्त प्रस्ताव अस्वीकार गरिदिएका थिए । स्वीडेनको कानुनअनुसार कुनै व्यक्ति विदेशमा भएको वा लुकेको भए उनको अनुपस्थितिमा पक्राउका लागि आदेश जारी हुन सक्छ ।

यसलाई एउटा सामान्य प्रक्रियाका रूपमा हेरिन्छ र यसले अभियोजनकर्ताहरूलाई ’युरोपियन एरेस्ट वारेन्ट’ जारी गरेर अर्थात् युरोपमा पक्राउ गर्ने अधिकार दिएर स्वीडन ल्याउने अधिकार दिन्छ।

अदालतको फैसलापछि स्वीडनकी सार्वजनिक अभियोजन निकायकी उपनिर्देशक इभा(मारी पेर्सनले बलात्कारबारे अनुसन्धान जारी रहने बताएकी छन् ।

उनले असान्जसँग थप सोधपुछ गर्न युरोपभरि मान्य हुने अनुसन्धानसम्बन्धी आदेश जारी गर्ने बताएकी छन् । बिबिसीबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोटरसाइकल दुर्घटनामा परी एक  महिलाको मृत्यु ।
मोटरसाइकल दुर्घटनामा परी एक महिलाको मृत्यु ।
नेप्से परिसूचक छ दशमलव ९० अङ्कले घट्यो
नेप्से परिसूचक छ दशमलव ९० अङ्कले घट्यो
बिरामी बिदा लिएर प्रेमिका भेट्न विदेशमा उपसचिव !
बिरामी बिदा लिएर प्रेमिका भेट्न विदेशमा उपसचिव !
कामदारले पाएनन ज्याला
कामदारले पाएनन ज्याला
१५ वर्षीया बालिकालाई बलात्कार गरेका अभियुक्त कोइराला जेल चलान, श्रेष्ठ र सुवाल जमानीमा छुटे
१५ वर्षीया बालिकालाई बलात्कार गरेका अभियुक्त कोइराला जेल चलान, श्रेष्ठ र सुवाल जमानीमा छुटे
काठमाडौंमा आइतबारदेखि सर्वसाधारणलाई कोभिड १९ को खोप दिँदै, कुन क्षेत्रका नागरिक कहाँ जाने (सुचनासहित)
काठमाडौंमा आइतबारदेखि सर्वसाधारणलाई कोभिड १९ को खोप दिँदै, कुन क्षेत्रका नागरिक कहाँ जाने (सुचनासहित)
मिति सकिएका औषधि पसलमा छ्यापछ्याप्ती
मिति सकिएका औषधि पसलमा छ्यापछ्याप्ती
आत्तिएका यादव र नडगमगिएका प्रचण्ड
आत्तिएका यादव र नडगमगिएका प्रचण्ड
शनिबार रातिदेखि मनसुन थप शक्तिशाली हुने महाशाखाको प्रक्षेपण: पहाडी क्षेत्रमा पहिरोको जोखिम बढेकाले लामो दूरीको यात्रा गर्दा सतर्कता अपनाउन आह्वान
शनिबार रातिदेखि मनसुन थप शक्तिशाली हुने महाशाखाको प्रक्षेपण: पहाडी क्षेत्रमा पहिरोको जोखिम बढेकाले लामो दूरीको यात्रा गर्दा सतर्कता अपनाउन आह्वान
बाह्र कम्पनीको पाँच अर्ब ७१ करोडको हकप्रद शेयर आउँदै
बाह्र कम्पनीको पाँच अर्ब ७१ करोडको हकप्रद शेयर आउँदै

तपाईंले छुटाउनुभयो कि?