जेठो पुस्तकालयको भवन निर्माणका लागि सहयोग

Abhiyanpost Abhiyanpost
|
आइतबार, मंसिर १६, २०७५
|
|
५६ पटक हेरिएको
Shares
जेठो पुस्तकालयको भवन निर्माणका लागि सहयोग

सारांश

  • तौलिहवा, १६ मङ्सिर ।
  • समुदाय स्तरबाट स्थापित नेपालकै जेठो पुस्तकालयको रूपमा परिचित पशुपति प्रताप पुस्तकालयको निर्माणाधीन भवनको सहयोगका लागि स्थानीय समाजसेवी हरिराज शर्माले रु ५१ हजार ११५ सहयोग गर्नुभएको छ ।
  • शनिबार पुस्तकालय परिसरमा आयोजित एक कार्यक्रममा समाजसेवी शर्माले पुस्तकालयका अध्यक्ष राजेशकुमार पाण्डेयलाई सो रकम हस्तान्तरण गर्नुभएको हो ।

तौलिहवा, १६ मङ्सिर । समुदाय स्तरबाट स्थापित नेपालकै जेठो पुस्तकालयको रूपमा परिचित पशुपति प्रताप पुस्तकालयको निर्माणाधीन भवनको सहयोगका लागि स्थानीय समाजसेवी हरिराज शर्माले रु ५१ हजार ११५ सहयोग गर्नुभएको छ । शनिबार पुस्तकालय परिसरमा आयोजित एक कार्यक्रममा समाजसेवी शर्माले पुस्तकालयका अध्यक्ष राजेशकुमार पाण्डेयलाई सो रकम हस्तान्तरण गर्नुभएको हो ।

आफ्ना हजुरबुबा स्व पण्डित रश्मीराज शर्मा सो पुस्तकालयको संस्थापक रहनुभएको र पिता स्व देवराज शर्मा पुस्तकालयको प्रवद्र्धकको रूपमा रहनुभएको स्मरण गर्दै आफूले पनि पुस्तकालय भवन निर्माणका लागि सहयोग गरेको शर्माले बताउनुभयो । राणाकालीन अवस्थामा विसं १९९३ मा समुदायबाट स्वतःस्फूर्त रूपमा लुकीछिपी स्थापित यस पुस्तकालयमा प्रजातन्त्र स्थापनाका लागि अभियान सञ्चालन हुने गरेको समाजसेवी शर्माले बताउनुभयो ।

पुस्तकालय भवन निर्माणका लागि हालसम्म रु ३० लाख ९१ हजार ६०२ सहयोग प्राप्त भइसकेको अध्यक्ष पाण्डेयले जानकारी दिनुभयो । दुईतले पुस्तकालय भवन निर्माणकार्यमा हालसम्म रु ७० लाख १४ हजार २२९ खर्च भएको छ ।

रकम हस्तान्तरण कार्यक्रममा पुस्तकालय समितिका पूर्वअध्यक्ष अमृतचन्द्र ठाकुर, समाजसेवी पशुपतिमणि त्रिपाठी, जयप्रकाश पाण्डेयलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिक्टा आयोजनामा ठेकेदारको बदमासी : छानविन समिति गठन
सिक्टा आयोजनामा ठेकेदारको बदमासी : छानविन समिति गठन
पोखरामा तीन दिने ‘चलचित्र पत्रकारिता कार्यशाला’ सुरू…
पोखरामा तीन दिने ‘चलचित्र पत्रकारिता कार्यशाला’ सुरू…
आगामी २४ घण्टाको मौसम पूर्वानुमान : देशभर बदली रहने, यी प्रदेशहरूमा भारी वर्षाको सम्भावना
आगामी २४ घण्टाको मौसम पूर्वानुमान : देशभर बदली रहने, यी प्रदेशहरूमा भारी वर्षाको सम्भावना
नुवाकोटमा मिस एण्ड मिसेस प्रतियोगिता
नुवाकोटमा मिस एण्ड मिसेस प्रतियोगिता
अध्यक्ष प्रचण्ड, उपराष्ट्रपति पुन र मुख्यमन्त्री शाहीको चीनतिर किन लर्को ?
अध्यक्ष प्रचण्ड, उपराष्ट्रपति पुन र मुख्यमन्त्री शाहीको चीनतिर किन लर्को ?
एमालेको सङ्गठन सृदृढीकरण अभियानको अनुगमनका लागि नेताहरू तोकिए
एमालेको सङ्गठन सृदृढीकरण अभियानको अनुगमनका लागि नेताहरू तोकिए
जेठ २८ गते मंगलबारको राशीफल यस्तो छ, आज कसलाई के उत्तम ?
झापामा एक १७ बर्षीया किशोरी बलाकृत, एक जना युवा पक्राउ
झापामा एक १७ बर्षीया किशोरी बलाकृत, एक जना युवा पक्राउ
टोपबहादुर सहित १४ जनालाई हिरासतमा राख्न अदालतको अनुमति
टोपबहादुर सहित १४ जनालाई हिरासतमा राख्न अदालतको अनुमति
घडियाल गोहीको संरक्षणमा चुनौती
घडियाल गोहीको संरक्षणमा चुनौती

तपाईंले छुटाउनुभयो कि?