झण्डै ४ अर्बको हकप्रद सेयर खुल्दै, कुन कम्पनीको कति (सूचीसहित) ?
सारांश
- काठमाडौँ, ६ कात्तिक ।
- बिभिनन कम्पनिहरूले हकप्रद सेयर निषकाशनका लागि नेपाल धिताेपत्र बाेर्डमा अावेदन दिएपछि करिब ४ अर्ब रूपैयाँ बराबरकाे सेयर निष्काशन हुने भएकाे छ ।
- त्यस्काेलागी बोर्डले अनुमति दिनुपर्ने छ ।
काठमाडौँ, ६ कात्तिक ।बिभिनन कम्पनिहरूले हकप्रद सेयर निषकाशनका लागि नेपाल धिताेपत्र बाेर्डमा अावेदन दिएपछि करिब ४ अर्ब रूपैयाँ बराबरकाे सेयर निष्काशन हुने भएकाे छ ।त्यस्काेलागी बोर्डले अनुमति दिनुपर्ने छ ।
लघुवित्त, जलविद्युत, विमा कम्पनी, फाइनान्स लगायत कम्पनीले ३ अर्ब ८३ करोड २ लाख ७४ हजार ४ सय ५० रुपैयाँ बराबरको ३ करोड ८३ लाख २ हजार ७ सय ४४.५० कित्ता हकप्रद सेयर निष्काशन गर्ने भएकाहुन् । बोर्डमा पाइपलाइनमा रहेका केही कम्पनीले १ बर्षभन्दा पहिलेनै निष्काशनको अनुमति मागेपनि बोर्डले हालसम्म दिएको छैन । यद्यपि, बोर्डले समयमै आवश्यक कागजात पेश नगर्नेको निष्काशन ढिला हुने गरेको बताउँदै आएको छ । 
सबैभन्दा बढी अपि पावर कम्पनीले २ अर्ब १० करोड रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्नेछ। कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले २ अर्ब १० करोड रुपैयाँ बराबरको २ करोड १० लाख कित्ता सेयर जारी गर्न बोर्डसँग अनुमति मागेको छ । १ः२ अनुपातमा आउने अर्थात २०० प्रतिशत यस हकप्रदको बिक्रि प्रबन्धकको व्यवस्था सिद्धार्थ क्यापिटलले गर्नेछ । यसले २०७४ असार ३० गतेनै अनुमतिको माग गरेर बोर्डमा आवेदन दिएको हो । यता, श्रीराम सुगर मिल्सले पनि ८९ करोड ३ लाख ९४ हजार ९ सय ८१ रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्दैछ । कम्पनीले २०७४ बैशाख २८ गते नै बोर्डसँग अनुमति माग गर्दै निवेदन दिएको हो ।
यसले चुक्ता पुँजीको ३०० प्रतिशत हकप्रद जारी गर्नेछ । यसको ८९ लाख ३ हजार ९ सय ४९.८१ कित्ता हकप्रद बोर्डको पाइपलाइनमा छ । यसको पनि बिक्रि प्रबन्धकको काम सिद्धार्थ कयापिटलले नै गर्नेछ । यस्तै बरुण हाइड्रोपावर कम्पनीले पनि २५ करोड ५१ लाख ५० हजार रुपैयाँ बराबरको हकप्रद निष्काशन गर्दैछ ।
प्रतिक्रिया