टर्की र सिरियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एघार हजारभन्दा बढी

Abhiyanpost Abhiyanpost
|
बुधबार, माघ २५, २०७९
|
|
४७ पटक हेरिएको
Shares
टर्की र सिरियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एघार हजारभन्दा बढी

सारांश

  • अङ्कारा ।
  • टर्की र सिरियाको सिमा क्षेत्रमा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एघार हजार नाघेको दुबै देशका सरकारी अधिकारी तथा उद्धारकर्मीले बुधबार अपरान्ह् सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।
  • टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले भूकम्पबाट सबैभन्दा बढी प्रभावित क्षेत्रको भ्रमण गरेका छन् ।

अङ्कारा । टर्की र सिरियाको सिमा क्षेत्रमा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एघार हजार नाघेको दुबै देशका सरकारी अधिकारी तथा उद्धारकर्मीले बुधबार अपरान्ह् सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले भूकम्पबाट सबैभन्दा बढी प्रभावित क्षेत्रको भ्रमण गरेका छन् । राष्ट्रपतिको कार्यालय स्रोतका अनुसार टर्कीमा भूकम्पमा परी आठ हजार ५७४ जनाको मृत्यु भएको छ । यसअघि देशको टर्कीको विपद् व्यवस्थापन निकायले ४० हजारभन्दा बढी मानिस घाइते भएको जनाएको थियो ।

यसैगरी, सिरियामा कम्तीमा एक हजार २५० जनाको मृत्यु हुनुका साथै दुई हजार ५४ जना घाइते भएको सिरियाली स्वास्थ्य मन्त्रालयले जनाएको छ । सिरियामा विपक्षीको कब्जामा रहेको क्षेत्रमा कम्तीमा एक हजार २८० जनाको मृत्यु हुनुका साथै दुई हजार ६०० भन्दा बढी घाइते भएको उद्धारकर्मीलाई उद्धृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् ।

टर्कीको दक्षिणी प्रान्त कहरामनमारसमा स्थानीय समयअनुसार सोमबार बिहान ४ः१७ बजे ७।७ म्याग्निच्यूडको भूकम्प गएको थियो भने त्यसको केही मिनेटपछि देशको दक्षिणी प्रान्त गाजियान्टेपमा ६।४ म्याग्निच्यूडको भूकम्प गएको थियो । त्यस्तै सोही दिन दिउँसो १ः२४ मा ७।६ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

टर्की र सिरियामा सोमबार गएको दुई ठूला र घातक भूकम्पको केन्द्रविन्दु रहेको कहरमानमारासमा उद्धारकर्मीहरू जीवित व्यक्तिहरूको खोजीका लागि समय र कठ्याङ्ग्रिँदो जाडोको सामना गरिरहेका छन् । धेरै देश र विश्वव्यापी सहायता एजेन्सीहरूले भूकम्प प्रभावित क्षेत्रहरूमा उद्धार टोली र राहत सामग्रीहरू प्रदान गरिरहेका छन् ।

यसै क्रममा ८२ सदस्यीय चिनियाँ उद्धार टोली चार्टर्ड विमानबाट आठ हजार किलोमिटरभन्दा बढी उडेर टर्कीको भूकम्प प्रभावित क्षेत्रमा उद्धार कार्यमा सहयोग गर्न बुधबार अदाना विमानस्थलमा आइपुगेको छ ।

चिनियाँ उद्धार टोलीका उपप्रमुख वाङ मोले भन्नुभयो, “टोलीले अडियो र भिडियो लाइफ डिटेक्टर, मेडिकल सामग्री र तालिम प्राप्त कुकुरलाई विपद् क्षेत्रमा ल्याउनेछ र तत्काल खोजी तथा उद्धार कार्य सुरु गर्नेछ ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोदीको चुनावी प्रचार अभियान बिहिबार शुरू हुने
मोदीको चुनावी प्रचार अभियान बिहिबार शुरू हुने
रोकिँदै, शुरु हुँदै विषादी जाँच
रोकिँदै, शुरु हुँदै विषादी जाँच
९ टन हात्तीका दाँत बरामद
९ टन हात्तीका दाँत बरामद
यातायात कार्यालय एकान्तकुनामा देखिएका समस्याहरु तत्काल समाधान गर्न नेपाल अटोमोटिभ व्यावसायी एसोसिएसनको माग
यातायात कार्यालय एकान्तकुनामा देखिएका समस्याहरु तत्काल समाधान गर्न नेपाल अटोमोटिभ व्यावसायी एसोसिएसनको माग
आफू पनि भष्ट्राचार गर्दिन, अरुलाई पनि गर्न दिन्नः रक्षामन्त्री
आफू पनि भष्ट्राचार गर्दिन, अरुलाई पनि गर्न दिन्नः रक्षामन्त्री
प्रभावशाली नेताको प्रभाब आफ्नै गाउँटोलमा कमजोर हेर्नुहोस्/ कहाँ कस्तो अवस्था ..
प्रभावशाली नेताको प्रभाब आफ्नै गाउँटोलमा कमजोर हेर्नुहोस्/ कहाँ कस्तो अवस्था ..
विप्लवका गतिविधि गैरराजनीतिक र अतिवादी : गृहमन्त्री थापा
विप्लवका गतिविधि गैरराजनीतिक र अतिवादी : गृहमन्त्री थापा
महिला साफ च्याम्पियनसिप: नेपाल  समुह चरणकाे विजेता
महिला साफ च्याम्पियनसिप: नेपाल समुह चरणकाे विजेता
प्रेमीले धोकादिएपछि घर बेचेर विश्व घुम्न निस्किइन् यी युवती
प्रेमीले धोकादिएपछि घर बेचेर विश्व घुम्न निस्किइन् यी युवती
रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता ,जोशीको बागी उम्मेदवारी ।
रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता ,जोशीको बागी उम्मेदवारी ।

तपाईंले छुटाउनुभयो कि?