टी-२० विश्वकपः भारतको विजयी सुरूवात, आयरल्याण्ड ८ विकेटले पराजित

Abhiyanpost Abhiyanpost
|
बिहिबार, जेठ २४, २०८१
|
|
५३ पटक हेरिएको
Shares
टी-२० विश्वकपः भारतको विजयी सुरूवात, आयरल्याण्ड ८ विकेटले पराजित

सारांश

  • काठमाडौं।
  • अमेरिका वेष्ट इन्डिजमा संयुक्त रुपमा जारी आइसिसी टी-२० विश्वकप क्रिकेटमा आयरल्याण्डलाई ८ विकेटले हराउँदै भारतले विजयी सुरूवात गरेको छ।
  • समूह ए को खेल अन्तरगत न्युयोर्कमा भएको खेलमा आयरल्याण्डले दिएको ९७ रनको लक्ष्य भारतले १२.

काठमाडौं। अमेरिका वेष्ट इन्डिजमा संयुक्त रुपमा जारी आइसिसी टी-२० विश्वकप क्रिकेटमा आयरल्याण्डलाई ८ विकेटले हराउँदै भारतले विजयी सुरूवात गरेको छ।

समूह ए को खेल अन्तरगत न्युयोर्कमा भएको खेलमा आयरल्याण्डले दिएको ९७ रनको लक्ष्य भारतले १२.२ ओभरमा २ विकेट मात्रै गुमाएर पूरा गर्‍यो। भारतको सहज जितमा कप्तान रोहित शर्माले ५२ रन बनाउँदा चोटका कारण बाहिरिएका थिए। त्यस्तै रिसव पन्तले नट आउट ३६ रन बनाए।

बलिङतर्फ आयरल्याण्डका मार्क एदेर र बेन ह्वाइटले एक/एक विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको आयरल्याण्ड १६ ओभरमा अल आउट हुँदै ९६ रनमा समेटिएको थियो। आयरल्याण्डलाई सस्तोमा समेट्न हार्दिक पाण्ड्याले ३ विकेट लिंदा अर्शदीप सिंह र जसप्रित बुमराहले २/२ विकेट लिए।

समूह एमा अमेरिका, क्यानडा, आयरल्याण्ड र पाकिस्तान छन् । विश्वकप अन्तरगत समूह बी को खेलमा अहिले अष्ट्रेलिया र ओमानबीच ब्रिजटाउनमा जारी छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एक आमाले जन्माइन् तिम्ल्याहा सन्तान, तीनै बच्चाको तौल कम
एक आमाले जन्माइन् तिम्ल्याहा सन्तान, तीनै बच्चाको तौल कम
एमसीसीमा अमेरिकी अडानः सर्त पालना गरेमात्रै शोधभर्ना
एमसीसीमा अमेरिकी अडानः सर्त पालना गरेमात्रै शोधभर्ना
स्थानीय प्रतिनिधिलाई राजीनामा दिन विप्लव समूहकाे धम्की
स्थानीय प्रतिनिधिलाई राजीनामा दिन विप्लव समूहकाे धम्की
नेपाल–चीन सीमा प्रश्नमा सरकारको टिप्पणीबारे ध्यानाकर्षण
नेपाल–चीन सीमा प्रश्नमा सरकारको टिप्पणीबारे ध्यानाकर्षण
कामनपाद्वारा १५ दिनभित्र अनावश्यक तार हटाउन निर्देशन
कामनपाद्वारा १५ दिनभित्र अनावश्यक तार हटाउन निर्देशन
एमाले-माओवादी एकता – ५५ वर्षपछि एउटै ‘नेपाल कम्युनिष्ट पार्टी’
एमाले-माओवादी एकता – ५५ वर्षपछि एउटै ‘नेपाल कम्युनिष्ट पार्टी’
रोशी खोलाले बिपी राजमार्ग बगाएपछि आवागमन ठप्प, बनाउन कम्तीमा एक हप्ता लाग्ने
रोशी खोलाले बिपी राजमार्ग बगाएपछि आवागमन ठप्प, बनाउन कम्तीमा एक हप्ता लाग्ने
एक महिने जागरण अभियान :
एक महिने जागरण अभियान :
चीनको द्रूत आर्थिक विकास नेपालका लागि प्रेरणा : प्रचण्ड
चीनको द्रूत आर्थिक विकास नेपालका लागि प्रेरणा : प्रचण्ड
कालोबजारी गर्नेहरुलाई ठाउँको ठाउँ कारबाही गर्छु : उद्योगमन्त्री भट्ट
कालोबजारी गर्नेहरुलाई ठाउँको ठाउँ कारबाही गर्छु : उद्योगमन्त्री भट्ट

तपाईंले छुटाउनुभयो कि?