ट्रकसँग मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र १७, २०७५
|
|
३७ पटक हेरिएको
Shares
ट्रकसँग मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

चन्द्रौटा, १७ चैत  शिवराज नगरपालिका–५ चन्द्रौटाको राजश्व चेकप्वाइन्टमा रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवराज नगरपालिका–१ भलुही निवासी २२ वर्षीय सनी थारू रहेका छन् ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना६ख ४१२६ नंको ट्रक चन्द्रौटा खसी बजारस्थित राजश्व चेकप्वाइन्टमा रोकिएको अवस्थामा लु४८प ६९२८ नंको मोटरसाइकलबाट मध्य राति चन्द्रौटाबाट घर फर्किने क्रममा तीव्रगतिमा रहेका थारू चेक गर्न रोकिएको ट्रकको पछाडि ठोक्किएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

दुर्घटनाबाट गम्भीर घाइते भएका थारूको सञ्जीवनी सामुदायिक अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि राति नै शिवराज अस्पताल बहादुरगञ्ज पठाइएको प्रहरी निरीक्षक महेश्वर उपाध्यायले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?