ट्रक दुर्घटना हुँदा चार घाइते ।
सारांश
- दाङ : दाङमा आइतबार बिहान ट्रक दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।
- पोखराबाट दाङको तुलसीपुर जाँदै गरेको ग १ ख ६२४८ नम्बरको ट्रक तुलसीपुर उपमहानगरपालिका ७ पर्सेनीमा दुर्घटना हुँदा चालक सहित ट्रकमा सवार चारै जना घाइते भएको प्रहरीले जनाएको छ ।
- दुर्घटनामा परी घाइते हुनेमा चालक सर्लाही कालिन्चोक नगरपालिका वडा नम्बर १२ का ३४ वर्षीया सन्तोष खड्का, सोही ठाउँ बस्ने बर्ष १९ का सहचालक शंकर खड्का, ट्रकमा सवार तनहु खैरिटार नगरपालिका वडा नम्बर २ बस्ने बर्ष १९ को सुरज विक रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
दाङ : दाङमा आइतबार बिहान ट्रक दुर्घटना हुँदा चार जना घाइते भएका छन् । पोखराबाट दाङको तुलसीपुर जाँदै गरेको ग १ ख ६२४८ नम्बरको ट्रक तुलसीपुर उपमहानगरपालिका ७ पर्सेनीमा दुर्घटना हुँदा चालक सहित ट्रकमा सवार चारै जना घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी घाइते हुनेमा चालक सर्लाही कालिन्चोक नगरपालिका वडा नम्बर १२ का ३४ वर्षीया सन्तोष खड्का, सोही ठाउँ बस्ने बर्ष १९ का सहचालक शंकर खड्का, ट्रकमा सवार तनहु खैरिटार नगरपालिका वडा नम्बर २ बस्ने बर्ष १९ को सुरज विक रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
उनीहरुलाई हात र खुट्टामा चोट लागेको छ । यस्तै नवलपरासी अरुण खोला २ बस्ने बर्ष २० को मोहनलाल देबकोटा घाइते भएका छन् । घाइतेहरुको राप्ती अञ्चल अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि भैरहवा रिफर गरिएको प्रहरीले जनाएको छ । ट्रकमा च्यापिएका घाइतेहरुलाई जेसीबी लगाई उद्दार गरिएको थियो । घाइते मध्य देवकोटाको अवस्था गम्भीर भएको प्रहरी निरिक्षक इन्द्र साउदले बताए ।
ट्रक रुखमा ठोक्किएर नालामा पल्टीएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख राजेन्द्र अर्यालले जानकारी दिए ।
प्रतिक्रिया