ट्राफिक कारबाहीबाट मात्रै ५६ लाख राजश्व संकलन !

Abhiyanpost Abhiyanpost
|
बुधबार, श्रावण १६, २०७५
|
|
५२ पटक हेरिएको
Shares
ट्राफिक कारबाहीबाट मात्रै ५६ लाख राजश्व संकलन !

सारांश

  • बेँसीशहर, १६ साउन ।
  • आर्थिक वर्ष २०७४÷७५ मा ट्राफिक कारबाहीबाट रु ५६ लाख नौ हजार राजश्व संकलन भएको छ ।
  • जिल्लाका विभिन्न स्थानमा ट्राफिक नियमविपरीत सवारीसाधन चलाएका चालकलाई कारबाही गरी सो राजश्व संकलन गरिएको हो ।

बेँसीशहर, १६ साउन । आर्थिक वर्ष २०७४÷७५ मा ट्राफिक कारबाहीबाट रु ५६ लाख नौ हजार राजश्व संकलन भएको छ । जिल्लाका विभिन्न स्थानमा ट्राफिक नियमविपरीत सवारीसाधन चलाएका चालकलाई कारबाही गरी सो राजश्व संकलन गरिएको हो । सो अवधिमा जिल्लामा आठ हजार ५५३ सवारीचालकलाई कारबाही गरिएको ट्राफिक प्रहरी प्रमुख नीरबहादुर अधिकारीले जानकारी दिए । ट्राफिक नियम उल्लङ्घन गरी कारबाहीमा पर्नेमा सबैभन्दा धेरै मोटरसाइकल चालक रहेका छन् । यस क्रममा तीन हजार २६५ मोटरसाइकल चालकलाई कारबाही गरिएको छ ।

ट्राफिक प्रहरीका अनुसार जिल्लामा दुई हजार ३२१ जिप÷कार÷भ्यान चालक, एक हजार २२७ ट्याक्टर चालक, एक हजार १३५ ट्रक चालक र ६२३ बस चालक कारबाहीमा परेका छन् । चारपांग्रे साना सवारीसाधनका चालकबाट रु १४ लाख २६ हजार, ट्याक्टर चालकबाट रु नौ लाख २२ हजार, ट्रक चालकबाट रु सात लाख र बस चालकबाट रु तीन लाख ५१ हजार राजश्व संकलन गरिएको छ । गत आवको तुलनामा रु नौ लाख १६ हजारभन्दा बढी राजश्व संकलन भएको छ । गत आवमा सात हजार ५०३ सवारीसाधनका चालकलाई कारबाही गरी रु ४६ लाख ९३ हजार राजश्व संकलन गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रारम्भिक मतपरिणाम सार्वजनिकः एमालले लियो अधिकांश ठाउँमा अग्रता !
प्रारम्भिक मतपरिणाम सार्वजनिकः एमालले लियो अधिकांश ठाउँमा अग्रता !
युरोपेली आयोग, अमेरिकाबीच व्यापारमा सहमतिको खोजी
युरोपेली आयोग, अमेरिकाबीच व्यापारमा सहमतिको खोजी
आलेख : ‘सतखलुवा’को सुन्दरतामा लोभिँदै पर्यटक
आलेख : ‘सतखलुवा’को सुन्दरतामा लोभिँदै पर्यटक
बालबालिकाको अधिकारसम्बन्धी विधेयक बन्नुपर्छ : उपसभामुख राना
बालबालिकाको अधिकारसम्बन्धी विधेयक बन्नुपर्छ : उपसभामुख राना
मादलु घनन सार्वजनिक (भिडिओ सहित)
मादलु घनन सार्वजनिक (भिडिओ सहित)
सरकारकाे एकै निर्णयमा पद गुमाउदै विकासबोर्डकि अध्यक्ष निकिता देखि प्राधिकरणका सीइयाे भुषाल सम्म (हेर्नुहोस अरु को-को)
सरकारकाे एकै निर्णयमा पद गुमाउदै विकासबोर्डकि अध्यक्ष निकिता देखि प्राधिकरणका सीइयाे भुषाल सम्म (हेर्नुहोस अरु को-को)
अर्घाखाँचीमा भेटिए ४० विदेशी पर्यटक नाङ्गै !
अर्घाखाँचीमा भेटिए ४० विदेशी पर्यटक नाङ्गै !
अब २५ स्थानको मात्रै नतिजा आउन बाँकी, कसले कति जिते ?
अब २५ स्थानको मात्रै नतिजा आउन बाँकी, कसले कति जिते ?
उपसचिव कुटेपछि मन्त्रालयमा भागाभाग
उपसचिव कुटेपछि मन्त्रालयमा भागाभाग
यस्तो पो वडा कार्यालय, जसले बाँड्यो ८० नाघेका २० जना बाआमालाई न्यानो कपडा
यस्तो पो वडा कार्यालय, जसले बाँड्यो ८० नाघेका २० जना बाआमालाई न्यानो कपडा

तपाईंले छुटाउनुभयो कि?