ट्राफिक कार्यालय भवनको शिलान्यास

Abhiyanpost Abhiyanpost
|
बिहिबार, कार्तिक ३०, २०७४
|
|
६९ पटक हेरिएको
Shares
ट्राफिक कार्यालय भवनको शिलान्यास

सारांश

  • भक्तपुर, ३० कात्तिक : सूर्यविनायक नगरपालिका कटुञ्जे वडा नं ६ मा महानगरीय ट्राफिक कार्यालय भवन निर्माण गरिने भएको छ ।
  • महानगरीय ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालले आज यहाँ सो भवन शिलान्यास गर्दै नियमसंगतरूपमा काम गरेर ट्राफिक नियमलाई कडाइका साथ कार्यान्वयन गर्न र दुर्घटना न्यूनीकरण गर्न चनाखो भएर काम गर्न निर्देशन दिनुभयो ।
  • दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीलाई स्थानीय समुदाय, चालक र सर्वसाधारणको सहयोग आवश्यक पर्नेमा पनि उहाँले जोड दिनुभयो ।

भक्तपुर, ३० कात्तिक : सूर्यविनायक नगरपालिका कटुञ्जे वडा नं ६ मा महानगरीय ट्राफिक कार्यालय भवन निर्माण गरिने भएको छ ।
महानगरीय ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालले आज यहाँ सो भवन शिलान्यास गर्दै नियमसंगतरूपमा काम गरेर ट्राफिक नियमलाई कडाइका साथ कार्यान्वयन गर्न र दुर्घटना न्यूनीकरण गर्न चनाखो भएर काम गर्न निर्देशन दिनुभयो ।
दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीलाई स्थानीय समुदाय, चालक र सर्वसाधारणको सहयोग आवश्यक पर्नेमा पनि उहाँले जोड दिनुभयो ।
उक्त भवन निर्माण समितिका अध्यक्ष नवीन प्रजापतिले कूल रू एक करोड ४१ लाख ८८ हजार ६५० को लागतमा भूकम्प प्रतिरोधी भवन निर्माण हुने बताउनुभयो ।
उहाँले यातायात सेवा केन्द्र तथा यातायात कार्यालयले भक्तपुरमा सेवा शुरु गर्दा सवारी चालक अनुमति पत्र लिनका लागि राजश्व तिर्न सहज भएको चर्चा गर्दै यो कार्यालय भवन निर्माण पछि सवारी साधनको नामसारीलगायत जनताका लागि आवश्यक सम्पूर्ण सेवा सञ्चालन गर्न सुझाव दिनुभयो ।
भवन निर्माण समितिका संयोजक एवं ट्राफिक प्रहरी निरीक्षक सीताराम हाछेतुले कटुञ्जेको कित्ता नं २३३३ रहेको १३ आना क्षेत्रफलमा आगामी एक वर्षभित्र सुविधासम्पन्न अत्याधुनिक भवन निर्माण गर्ने लक्ष्य रहेको बताउनुभयो ।
आफ्नै संयोजनमा कोटेश्वर, दरबारमार्ग कालीमाटी र सातदोबाटोमा ट्राफिक प्रहरी कार्यालय भवन निर्माण भइसकेको चर्चा गर्दै उहाँले भक्तपुरको भवन पनि निर्धारित समयमै सम्पन्न हुनेमा जोड दिनुभयो । संयोजक हाछेतुले भवन निर्माणमा सहयोग गर्न दातालाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरी अस्पतालमा छ हजार सर्वसाधारणको उपचार
प्रहरी अस्पतालमा छ हजार सर्वसाधारणको उपचार
आज १२४६ कोरोना संक्रमित थपिए, १२४३ जना डिस्चार्ज
आज १२४६ कोरोना संक्रमित थपिए, १२४३ जना डिस्चार्ज
प्रधानमन्त्री ओलीको तेस्रो डायलसिस गरिने
प्रधानमन्त्री ओलीको तेस्रो डायलसिस गरिने
कोरोना अपडेटः शुक्रवार ३७ सय ५० संक्रमित पुष्टि, ६७ जनाको मृत्यु
कोरोना अपडेटः शुक्रवार ३७ सय ५० संक्रमित पुष्टि, ६७ जनाको मृत्यु
प्रचण्डको व्यवहारबाट माधव नेपाल असन्तुष्ट, गठबन्धन धरापमा पर्ने चेतावनी
प्रचण्डको व्यवहारबाट माधव नेपाल असन्तुष्ट, गठबन्धन धरापमा पर्ने चेतावनी
कांग्रेसले सकिन लागेपछि डा. गोविन्द केसीलाई च्याप्याे:  योगेश भट्टराई
कांग्रेसले सकिन लागेपछि डा. गोविन्द केसीलाई च्याप्याे: योगेश भट्टराई
अर्जुन रामपाललाई अविबाहित प्रेमिकाबाट दोस्रो सन्तान प्राप्त हुदैँ
अर्जुन रामपाललाई अविबाहित प्रेमिकाबाट दोस्रो सन्तान प्राप्त हुदैँ
नेकपा एमाले र नेपाली कांग्रेसबीच कडा प्रतिस्पर्धा
नेकपा एमाले र नेपाली कांग्रेसबीच कडा प्रतिस्पर्धा
दुई सयभन्दा बढी महिला तथा बालबालिकाहरुको उद्धार
दुई सयभन्दा बढी महिला तथा बालबालिकाहरुको उद्धार
राजनीतिक शुद्धिकरणका लागि युवा सक्रिय हुनुपर्छ : अध्यक्ष तिमिल्सिना
राजनीतिक शुद्धिकरणका लागि युवा सक्रिय हुनुपर्छ : अध्यक्ष तिमिल्सिना

तपाईंले छुटाउनुभयो कि?