ट्वाक्क टुक्क संगै भुनियाको कम्ब्याक

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, माघ २८, २०७३
|
|
३३९ पटक हेरिएको
Shares
ट्वाक्क टुक्क संगै भुनियाको कम्ब्याक

सारांश

  • दुई दशक पहिले, अहिलेका चर्चित कलाकार निर्माण गरेको ट्वाक्क टुक्कले फेरी नयाँ कलाकार निर्माण गर्न थालेको छ ।
  • कमेडी सिरियल धमाधम बन्द भइरहेको यो अवस्थामा ट्वाक्क टुक्क रिटर्न्स राष्ट्रिय ख्याति प्राप्त हाँस्य कलाकारहरुको घर बनेको छ ।
  • ट्वाक्क टुक्कले जसरी लोकप्रियता पाएको थियो  त्यसैगरी ट्वाक्क टुक्क रिटर्न्सले आफ्नो लोकप्रियता बढाउँदै गर्दा कलाकारहरू पनि थपिदै छन् ।

दुई दशक पहिले, अहिलेका चर्चित कलाकार निर्माण गरेको ट्वाक्क टुक्कले फेरी नयाँ कलाकार निर्माण गर्न थालेको छ । कमेडी सिरियल धमाधम बन्द भइरहेको यो अवस्थामा ट्वाक्क टुक्क रिटर्न्स राष्ट्रिय ख्याति प्राप्त हाँस्य कलाकारहरुको घर बनेको छ ।

ट्वाक्क टुक्कले जसरी लोकप्रियता पाएको थियो  त्यसैगरी ट्वाक्क टुक्क रिटर्न्सले आफ्नो लोकप्रियता बढाउँदै गर्दा कलाकारहरू पनि थपिदै छन् । यसैक्रममा यो साताबाट चर्चित हाँस्य टेलिश्रृंखला मेरी बास्सैकी भुनियाँ अर्थात हरिशा बानियाँ पनि ट्वाक्क टुक्कको अर्की पात्र बनेकी छन् ।

आवाजको दुनियाँको साथी भनेर चिनिने सञ्चारकर्मी तथा निर्देशक दिनेश डिसीको निर्देशनमा सञ्चालित ट्वाक्क टुक्क रिटर्न्समा भुनियाँका साथै सुरेन्द्र केसी, शिवशंकर रिजाल, महादेव त्रिपाठी, गोपाल ढकाल, शुशिला निरौला, अञ्जु थापा, गिरी राज, जुंगे भट्टराई, माधव पण्डित, शंकर पाण्डे, सुरेश असिम आदि कलाकारको अभिनय देख्न पाइन्छ । यसैसाताबाट थपिन लागेकी हरिशा पनि यसमा कथाको माग अनुसार विभिन्न भूमिकामा देखिने भएकी हुन् । कान्तिपुर टेलिभिजनबाट हरेक शुक्रबार राती ७ः३० बजे प्रशारण हुने यस कार्यक्रमलाई एड रिलिजले निर्माण गरेको हो भने दिनेश डिसी प्रोडक्सनको ऊपहार भनिएको छ ।

कार्यक्रमको बारे बोल्दै सञ्चालक तथा निर्देशक डिसी भन्छन्, “बिस वर्ष पहिले पनि नेपाली टेलिभिजनबाट दर्शकको चाहना र रोजाइमा परेको ट्वाक्क टुक्कले अहिलेका कलाकारहरु दिपकराज गिरी, जितु नेपाल, गोपाल नेपाल फिस्टे, नारद खतिवडा, नारायण त्रिपाठी, रबी लामीछाने, महादेब त्रिपाठी, राजन घिमीरे लगायतको ऊत्पादन गरेको थि़यो, दर्शकको चाहनाअनुसार अपडेट गर्ने क्रममा अब नयाँ स्वरुपबाट निर्माण गरिने छ ्र पहिले जस्तै दर्शकमाझ लोकप्रिय बनेको यस कार्यक्रममा फेरी नयॉ कलाकारको खोजी समेत भैरहेको छ ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अभिनेत्री श्वेता खड्काको विहे मंसिर २२ गते
अभिनेत्री श्वेता खड्काको विहे मंसिर २२ गते
चीनसँग व्यापारः बङ्गुरको मासु चीनतर्फ निर्यात गर्न नेपाल इच्छुक
चीनसँग व्यापारः बङ्गुरको मासु चीनतर्फ निर्यात गर्न नेपाल इच्छुक
बलिउडको सबैभन्दा धेरै बजेटमा बन्न लागेको फिल्ममा दीपिकाको ठाउँमा श्रद्धा कपूर
बलिउडको सबैभन्दा धेरै बजेटमा बन्न लागेको फिल्ममा दीपिकाको ठाउँमा श्रद्धा कपूर
प्रधानमन्त्री ओलीलाई शान्ति विश्वविद्यालयद्वारा मानार्थ विद्यावारिधिको उपाधि !
प्रधानमन्त्री ओलीलाई शान्ति विश्वविद्यालयद्वारा मानार्थ विद्यावारिधिको उपाधि !
पेरिस डाँडामा श्रद्धाञ्जलीपछि प्रकाशको आजै अन्त्येष्टि गरिने !
पेरिस डाँडामा श्रद्धाञ्जलीपछि प्रकाशको आजै अन्त्येष्टि गरिने !
गठबन्धन खुकुलोः सत्तारूढ दलमै असन्तुष्टि
गठबन्धन खुकुलोः सत्तारूढ दलमै असन्तुष्टि
काठमाडौँमा ‘शून्य’ बनेको माओवादीले कसरी गर्दैछ संगठन पुनरुत्थानको तयारी ? संगठनको मोडालिटी परम्परागत भयो, अब बदल्नुपर्छ : प्रदेश अध्यक्ष
काठमाडौँमा ‘शून्य’ बनेको माओवादीले कसरी गर्दैछ संगठन पुनरुत्थानको तयारी ? संगठनको मोडालिटी परम्परागत भयो, अब बदल्नुपर्छ : प्रदेश अध्यक्ष
यस्ता छन् प्रधानमन्त्री देउवाको भारत भ्रमणको बेला हुन लागेका सम्झौता
यस्ता छन् प्रधानमन्त्री देउवाको भारत भ्रमणको बेला हुन लागेका सम्झौता
एकीकरणकै कारण मुलुक विश्वका पुराना स्वतन्त्र राष्ट्रमा पर्छ: पूर्वराष्ट्रपति भण्डारी
एकीकरणकै कारण मुलुक विश्वका पुराना स्वतन्त्र राष्ट्रमा पर्छ: पूर्वराष्ट्रपति भण्डारी
सरकारले गाउँपालिका, नगरपालिकामा सिधै पैसा पठाउने व्यवस्था खारेज गर्दै
सरकारले गाउँपालिका, नगरपालिकामा सिधै पैसा पठाउने व्यवस्था खारेज गर्दै

तपाईंले छुटाउनुभयो कि?