डिपिएल : काठमाडौँद्वारा धनगढीसामु १२८ रनको लक्ष्य

Abhiyanpost Abhiyanpost
|
मंगलबार, चैत्र २७, २०७४
|
|
६१ पटक हेरिएको
Shares
डिपिएल : काठमाडौँद्वारा धनगढीसामु १२८ रनको लक्ष्य

सारांश

  • धनगढी, २७ चैत , धनगढी प्रिमियर लिग९डिपिएल० क्रिकेट प्रतियोगिताअन्तर्गत अहिले भइरहेको खेलमा काठमाडौँ गोल्डेन्सले टिम चौराह धनगढीसामु एक सय २८ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ ।
  • प्रतियोगिताको फाइनल प्रवेशका लागि भइरहेको खेलमा टस हारेर ब्याटिङ गरेको काठमाडौँ गोल्डेन्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय २७ रन बनायो ।
  • काठमाडौँका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३८ रनको योगदान दिए ।

धनगढी, २७ चैत , धनगढी प्रिमियर लिग९डिपिएल० क्रिकेट प्रतियोगिताअन्तर्गत अहिले भइरहेको खेलमा काठमाडौँ गोल्डेन्सले टिम चौराह धनगढीसामु एक सय २८ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ ।

प्रतियोगिताको फाइनल प्रवेशका लागि भइरहेको खेलमा टस हारेर ब्याटिङ गरेको काठमाडौँ गोल्डेन्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय २७ रन बनायो ।

काठमाडौँका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३८ रनको योगदान दिए । उनले २३ बलमा दुई छक्का र तीन चौका प्रहार गरे । प्रारम्भिक ब्याट्सम्यान अमित श्रेष्ठले ३८ बलमा एक छक्का र दुई चौकासहित ३६ रन बनाए । पुष्प थापाले अविजित १६ तथा भूपेन्द्र थापाले १० रन बनाए ।

बलिङतर्फ धनगढीका लागि सोमपाल कामी र ललितसिंह भण्डारीले दुई÷दुई तथा रोहन मुस्तफा, सुनिल धमला र सम्साद शेखले एक÷एक विकेट लिए ।

अहिले धनगढीले जवाफी ब्याटिङ गरिरहेको छ । धनगढीले १३ ओभरमा पाँच विकेट गुमाउँदै ९१ रन बनाएको छ । रोहन मुस्तफा ३३ र सुनिल धमला १३ रन बनाएर आउट भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जिल्ला अस्पतालमै छैन टेलिफाेन सेवा !
जिल्ला अस्पतालमै छैन टेलिफाेन सेवा !
समाचार संकलनमा रोक, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप: महासचिव विष्ट
समाचार संकलनमा रोक, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप: महासचिव विष्ट
विश्वव्यापी पानी सङ्कट : वर्षात्को पानी सदुपयोग गर्ने वैज्ञानिक उपायको खोजी
विश्वव्यापी पानी सङ्कट : वर्षात्को पानी सदुपयोग गर्ने वैज्ञानिक उपायको खोजी
देशभर विद्यार्थी भर्ना अभियान शुरु
देशभर विद्यार्थी भर्ना अभियान शुरु
सभामुखको निर्वाचन हुँदै, संसद बैठक सुरु (लाईभ)
सभामुखको निर्वाचन हुँदै, संसद बैठक सुरु (लाईभ)
“एउटा सबल र समुन्नत नेपाल निर्माण गर्न कटिबद्ध रहौँ”, राष्ट्रपति
“एउटा सबल र समुन्नत नेपाल निर्माण गर्न कटिबद्ध रहौँ”, राष्ट्रपति
ट्रम्पले आप्रवासीलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउँदै
ट्रम्पले आप्रवासीलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउँदै
सरुवापछि रमाना नलिने र नदिने कर्मचारीलाई विभागीय कारबाही हुने
सरुवापछि रमाना नलिने र नदिने कर्मचारीलाई विभागीय कारबाही हुने
भक्तपुरमा एकैदिन १७ जना कोरोना संक्रमित थपिए
यसरी झपारे प्रधानमन्त्री ओलीले  मुख्यसचिव रेग्मीलाई
यसरी झपारे प्रधानमन्त्री ओलीले मुख्यसचिव रेग्मीलाई

तपाईंले छुटाउनुभयो कि?