तनहुँ जलविद्युत् आयोजना तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन

Abhiyanpost Abhiyanpost
|
बुधबार, चैत्र ८, २०७९
|
|
४८ पटक हेरिएको
Shares
तनहुँ जलविद्युत् आयोजना तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन

सारांश

  • काठमाडौँ।
  • तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारस्थित एक सय ४० मेगावट क्षमताको निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको एसियाली विकास बैंक (एडिबी) र नेपाल विद्युत् प्राधिकरणको उच्चस्तरीय टोलीले स्थलगत अनुगमन भ्रमण गरेको छ ।
  • एडिबीका नेपाल आवासीय नियोगका निर्देशक आर्नो कुश्वा, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको उच्चस्तरीय टोलीले आयोजनाका बाँध, भूमिगत विद्युत्गृह, मुख्य सुरुङलगायतका संरचनाको निर्माण कार्यको अनुगमन गरेको हो ।

काठमाडौँ। तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारस्थित एक सय ४० मेगावट क्षमताको निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको एसियाली विकास बैंक (एडिबी) र नेपाल विद्युत् प्राधिकरणको उच्चस्तरीय टोलीले स्थलगत अनुगमन भ्रमण गरेको छ ।

एडिबीका नेपाल आवासीय नियोगका निर्देशक आर्नो कुश्वा, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको उच्चस्तरीय टोलीले आयोजनाका बाँध, भूमिगत विद्युत्गृह, मुख्य सुरुङलगायतका संरचनाको निर्माण कार्यको अनुगमन गरेको हो ।

टोलीले आयोजनाको प्याकेज–१ (बाँध तथा हेडवक्र्स), दोस्रो प्याकेज–२(विद्युत्गृह, मुख्य सुरुङ तथा सम्बन्धित उपकरणहरु) र तेस्रो प्याकेज (दमौली–भरतपुर २२) केभी प्रसारण लाइन० निर्माणमा संलग्न आयोजना व्यवस्थापन, निर्माण व्यवसायी, परामर्शदातासँग छलफल गरी निर्माण प्रगति, निर्माणमा देखिएका समस्या लगायतका विषयमा विस्तृत रुपमा छलफल गरेको थियो ।

निर्माणमा देखिएका समस्या समाधान गर्न आफ्नातर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै टोलीले आयोजनालाई तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिएको छ । आयोजनाको समग्र निर्माण आगामी २०८३ जेठभित्र सक्ने लक्ष्य राखिएको छ ।

आयोजनाको सहुलितपूर्ण ऋण प्रवाह गरेको एडिबीका नेपाल आवासीय नियोग निर्देशक कुश्वाले आयोजनालाई तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने बताए। “मुख्य रुपमा प्याकेज–१ को निर्माण महत्वपूर्ण तथा चुनौतीपूर्ण देखिएकाले निर्माण विधिमा ध्यान दिई उपकरण तथा जनशक्ति थप गर्नुपर्ने आवश्यकता देखिन्छ”, उनले भने ।

प्राधिकरणका कार्यकारी निर्देशक एवम् आयोजनाका प्रवरद्धक तनहुँ हाइड्रोपावरका अध्यक्षसमेत रहनुभएका घिसिङले आयोजनाको निर्माण सम्पन्न गर्न हाल तय गरिएको तालिका नै अन्तिम भएकाले सोही लक्ष्यलाई पूरा गर्ने गरी काम गर्न निर्देशन दिए । तनहुँ हाइड्रोपावरका प्रबन्ध–सञ्चालक किरणकुमार श्रेष्ठले निर्माण कार्यमा भइरहेको प्रगतिबारे जानकारी गराएको थियो ।

(Adipex)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्ववियू निर्वाचन कार्यतालिका सार्वजनिक गर्न माग गर्दै विद्यार्थीले घेरे उपकुलपातिको कार्यालय
स्ववियू निर्वाचन कार्यतालिका सार्वजनिक गर्न माग गर्दै विद्यार्थीले घेरे उपकुलपातिको कार्यालय
साहित्यलाई प्राथमिकता दिनुपर्नेमा जोड
साहित्यलाई प्राथमिकता दिनुपर्नेमा जोड
अदालतको अवहेलना कि मिडिया ट्रायल ?  (सर्वोच्च अदालत—कान्तिपुर प्रकरण)
अदालतको अवहेलना कि मिडिया ट्रायल ? (सर्वोच्च अदालत—कान्तिपुर प्रकरण)
प्रधानमन्त्री ओलीको उद्घोष- दुई वर्ष पुग्नुभन्दा एक साता अघि नै राजीनामा दिन्छु
प्रधानमन्त्री ओलीको उद्घोष- दुई वर्ष पुग्नुभन्दा एक साता अघि नै राजीनामा दिन्छु
करातेमा नेपालका १० स्वर्ण पदक
करातेमा नेपालका १० स्वर्ण पदक
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
मनसुन सक्रिय, २ दिन पश्चिमी क्षेत्रमा भारी वर्षा हुने
मनसुन सक्रिय, २ दिन पश्चिमी क्षेत्रमा भारी वर्षा हुने
कलङ्की–नौबिसे सडकखण्ड एकतर्फी सञ्चालन हुने
कलङ्की–नौबिसे सडकखण्ड एकतर्फी सञ्चालन हुने
‘संसद्मा प्रदीप गिरिले बोल्ने भनेपछि सांसद पर्खिएर बस्थे…’
‘संसद्मा प्रदीप गिरिले बोल्ने भनेपछि सांसद पर्खिएर बस्थे…’
जिल्ला र प्रदेश कमिटीको एकता टुङग्याउन निर्देशन
जिल्ला र प्रदेश कमिटीको एकता टुङग्याउन निर्देशन

तपाईंले छुटाउनुभयो कि?